Saturday, July 19
Shadow

बाल विवाह रोक्न कृष्णनगरका धर्मगुरु हरूको साझा प्रतिबद्धता 


  • -इ
  • इ+

कपिलवस्तु, अषाढ २

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ८ बहादुरगंजमा आज बाल विवाह अन्त्यका लागि बाल संरक्षण प्रवर्धन कार्यक्रम अन्तर्गत एक दिने बाल विवाह अन्त्यका लागि धर्मगुरु हरूको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजना, यूनिसेफ को सहयोग तथा नेपाल सरकारको समान्वयमा बाल विवाह रोक्न धर्मगुरु हरू संग अन्तर क्रिया गरिएको छ।

अन्तर्क्रिया कार्यक्रममा सिद्धार्थ सामाजिक विकास केन्द्रका मनो सामाजिक कार्यकर्ता तापस कुमार मिश्रले बाल विवाह रोक्न धर्मगुरु हरूको भूमिका तथा बाल विवाह रोक्न कानुनी प्रक्रियाको बारेमा प्रष्ट पारेका थिए।

कार्यक्रममा बोल्दै धर्मगुरु मौलाना मशहूद खां नेपालीले बाल विवाह गर्नु कसैका लागि हितकर नरहेको बताउदै धर्मगुरु हरू समेत यसकार्य लाई रोक्न हरेक सम्भव प्रयास गर्नुपर्ने बताए।

कार्यक्रममा बोल्दै धर्मगुरु विरेंद्र शास्त्रीले बाल विवाह रोक्न हामी धर्मगुरु हरू आज सामुहिक प्रतिबद्धता समेत जनाएको र बाल विवाह गराउने कार्यमा हाम्रो संलग्नता नरहने समेत प्रष्ट पारेका थिए।

उपस्थित हिन्दू, मुस्लिम लगायतका धर्मगुरु हरूले बाल विवाह रोक्न आफू हरू सधै प्रतिबद्ध रहने वाचाका साथ साझा प्रतिबद्धता खाकामा हस्ताक्षर समेत गरेका थिए।

कार्यक्रममा अन्य व्यवस्थापकको भूमिका सिद्धार्थ सामाजिक विकास केन्द्रका मनो सामाजिक कार्यकर्ता प्रदिप गिरीको रहेको थियो।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares