Saturday, May 18
Shadow

समाचार

यस्तो छ आज बुधबारको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

यस्तो छ आज बुधबारको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

अन्तर्राष्ट्रिय, आर्थिक, ब्यानर समाचार, मुख्य समाचार, समाचार
काठमाडौं,२७ असार । नेपाल राष्ट्र बैंकले आज असार २७ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ४९ पैसा र बिक्री दर १३२ रुपैयाँ ०९ पैसा पुगेको छ। युरो एकको खरिद दर ११४४ रुपैयाँ ६९ पैसा र बिक्री दर १४५ रुपैयाँ ३५ पैसा रहेको छ, यस्तै बेलायती पाउण्ड एकको खरिद दर ११६९ रुपैयाँ ७७ पैसा र बिक्री दर १७० रुपैयाँ ५४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०८ पैसा र बिक्री दर ३६ रुपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।...
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

ब्यानर समाचार, मुख्य समाचार, समाचार
काठमाडौं,२७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । प्रधानमन्त्री प्रचण्डको निजी चिकित्सक प्रा. डा. युवराज शर्माले आज बिहान८ बजेर ३३ मिनेटमा सीता दाहालको निधन भएको जानकारी दिए । सीता दाहाल लामो समयदेखि दुर्लभ मानिएको पीएसपी रोगबाट ग्रस्त थिइन् । यसले मानिसको स्नायु प्रणालीमा असर गर्छ । रोगका कारण उनी हिँडडुल गर्न पनि असमर्थ थिइन् । दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने तथा २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।...
रेखा थापा बनिन् राप्रपा महिला विभागको उप-प्रमुख

रेखा थापा बनिन् राप्रपा महिला विभागको उप-प्रमुख

ब्यानर समाचार, मुख्य समाचार, राजनिती, समाचार
काठमाडौँ, असार २६ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नायिका रेखा थापालाई महिला विभाग उप-प्रमुख पदमा मनोनयन गरेको छ । मंगलबार पार्टी अध्‍यक्ष राजेन्द्र लिङ्गदेनले पार्टीको विधान बमोजिम नायिका थापालाई महिला विभाग उप(प्रमुख पदमा मनोनित गरेका हुन् । हेर्नुहोस् पत्र:
अतिक्रमण नियन्त्रण र नयाँ बिरुवा उत्पादनमा जोड दिने :- अध्यक्ष पोख्रेल

अतिक्रमण नियन्त्रण र नयाँ बिरुवा उत्पादनमा जोड दिने :- अध्यक्ष पोख्रेल

कृर्षि, ब्यानर समाचार, मुख्य समाचार, समाचार
कपिलवस्तु,असार २६ । कपिलवस्तुको शिवराज साझेदारी वन‌ व्यवस्थापन समितिका पदाधिकारी तथा पत्रकार हरूले शिवराज साझेदारी बन अनुगमन गरेका छन्। शिवराज साझेदारी बन व्यवस्थापन समिति कपिलवस्तुले आर्थिक वर्ष ०७९/८० मा १ लाख ३० हजार बिरुवा उत्पादन गरेको छ । नागरिकहरूलाई वितरण गर्ने उद्देश्यले उत्पादन गरेको बिरुवा वितरण सुरु गरेको शिवराज साझेदारी बन व्यवस्थापन समिति अध्यक्ष हरि पोख्रेलले बताउनुभयो । साझेदारीले प्रत्येक वर्ष बिरुवा उत्पादन गरि वृक्षारोपणको लागि सबै नागरिकहरूलाई निशुल्क वितरण गर्ने गरेको पोख्रेलले बताउनुभयो । मङ्गलवार साझेदारी बनका विभिन्न क्षेत्रहरूको अनुगमन गर्दै अतिक्रमण नियन्त्रण र नयाँ बिरुवा उत्पादनमा जोड दिने पोख्रेलले बताउनुभयो । साझेदारीले उत्पादन गरेका बिरुवा मध्ये टिक १ लाख २ हजार,सिमल ६ हजार, खयर ६ हजार ५सय मसला १५ हजार ७ सय बिरुवा रहेको सहायक बन अधिकृत प्रेम शङ्कर गुप्त...
मनाङ हेलिकोप्टर दुर्घटनामा सवार सबै ६ जनाकै मृत्यु

मनाङ हेलिकोप्टर दुर्घटनामा सवार सबै ६ जनाकै मृत्यु

दुर्घटना, ब्यानर समाचार, मुख्य समाचार, समाचार
काठमाडौँ, असार २६ । मनाङ एयरको एक हेलिकोप्टर दुर्घटनामा परी सवार सबै ६ जनाकै मृत्यु भएको छ । काठमाडौँ फर्किँदै गरेको हेलिकोप्टर दुर्घटनामा पर्दा सवार सबै ६ जनाकै मृत्यु भएको हो । जसमा एक जना पाइलट र बाँकी सबै पाँच जना मेक्सिकोका यात्रु थिए । हेलिकोप्टर क्याप्टेन सीबी गुरुङले उडाएका थिए । उनी हेलिकोप्टर पाइलटमध्ये अनुभवी मानिन्थे । मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । मंगलबार बिहान सोलुखुम्बुबाट काठमाडौँका लागि उडान भरेको हेलिकोप्टर सर्केबाट सम्पर्कविहीन भएको थियो । उक्त हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले जानकारी दिए । दुर्घटनास्थल सोलुखुम्बुको लिखुपिके र रामेछापको उमाकुण्ड गाउँपालिकाको सीमानामा पर्छ । सोलुखुम्बुको सुर्केबाट बिहान ९ः५२ बजे काठमाडौँ उडेको कल साइन ९ए...
ललिता निवास प्रकरणमा थप २ जना पक्राउ

ललिता निवास प्रकरणमा थप २ जना पक्राउ

ब्यानर समाचार, मुख्य समाचार, राजनिती, समाचार
काठमाडौँ, असार २६ । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा थप २ जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मंगलबार आज मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन नायव सुब्बा (नासु) योगराज पौडेल र खरिदार नारायणदास मिश्रलाई काठमाडौँबाट पक्राउ गरेको हो । यो सँगै सरकारी लिखित किर्ते गरेर ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गराएको आरोपमा पक्राउ पर्नेको संख्या १४ पुगेको छ । प्रहरीले पछिल्लो समय ललिता निवास जग्गा प्रकरणमा संलग्नहरुलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।...
सर्जक शम्भु नेपालको शब्दमा संगम थापा, शारदा रसाइली, कोपिला तामाङको “एउटै मुटु” सार्वजनिक

सर्जक शम्भु नेपालको शब्दमा संगम थापा, शारदा रसाइली, कोपिला तामाङको “एउटै मुटु” सार्वजनिक

ब्यानर समाचार, मनोरञ्जन, मुख्य समाचार, समाचार
महेन्द्र अधिकारी काठमाडौं, असार २६ । लोक तथा दोहोरी गीत संगीतका प्यासि मनहरुका लागि प्रतिभाका खानि शम्भु नेपालको शब्दमा “एउटै मुटु” बोलको गीत बजारमा सार्बजनिक भएको छ । उनले यस अगि पनि थुप्रै मौलिक गीतहरु आफ्ना श्रोता तथा दर्शकहरु माझ पस्कि सकेका छन् । कुनै पनि नेपालि लोक तथा दोहोरी गीतहरु सार्बजनिक गरिरहंदा मौलिकतालाई ख्याल गरिएन भने उस्को सांगितिक यात्रा गन्तब्य बिहिन हुने सर्जक नेपालको धारणा रहेको छ । उक्त सार्वजनिक भएको गीतमा गायक संगम थापा, गायिका शारदा रसाइली, कोपिला तामाङ वाईबाको सुमधुर स्वरमा सुन्न सकिन्छ र “एउटै मुटु” बोलको गीतमा एरेन्ज नारायण द्ङ्गालको छ भने सो गीत म्युजिक प्लस रेकर्डिङ स्टुडियोमा गरिएको गीतलाई मनोज परियारले मिक्सिङ्ग गरेका हुन् । उमेश कार्कीको निर्देशन रहेको “एउटै मुटु” म्यूजिक भिडियोमा अनु पराजुली उमेश भट्ट ,अभिषेक सुनार लगायत अन्यको अभिनय देख्न सकीन...
सुनचाँदीको भाउ आज स्थिर,कतिमा हुँदैछ कारोबार?

सुनचाँदीको भाउ आज स्थिर,कतिमा हुँदैछ कारोबार?

आर्थिक, ब्यानर समाचार, मुख्य समाचार, समाचार
काठमाडौँ, असार २६ । नेपाली बजारमा आज मंगलबार पनि सुनचाँदीको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ३०० सय रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको भाउ पनि स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ३९० रुपैयाँ कायम भएको छ।  ...
पाइलटसहित ६ जना सवार मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन

पाइलटसहित ६ जना सवार मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन

दुर्घटना, ब्यानर समाचार, मुख्य समाचार, समाचार
काठमाडौँ, असार २६ । मनाङ एयरको 9N–AMV कलसाइन भएको हेलिकोप्टर सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि बिहान १० बजे उडेको हेलिकोप्टर उडेको केही समयमैबाट सम्पर्कविहीन भएको छ । त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार हेलिकोप्टरमा सवार ५ जना विदेशी नागरिक हुन् । उक्त हेलिकोप्टरमा पाइलटसहित ६ जना सवार थिए। अहिले वेपत्ता हेलिकप्टरको खोजि कार्य भइरहेको प्रवक्ता सिटौलाले जानकारी दिए ।...
बाग्लुङ बडिगाडमा जेसिबीको ठक्करबाट बालकको मृत्यु

बाग्लुङ बडिगाडमा जेसिबीको ठक्करबाट बालकको मृत्यु

दुर्घटना, मुख्य समाचार, समाचार
असार २६ . बाग्लुङ जिल्लाको बडिगाड गाउँपालिकामा सडक खन्ने क्रममा जेसिबीको (सडक निर्माण डोजर) ठक्करबाट एक बालकको मृत्यु भएको छ । बडिगाड गाउँपालिका–७ भत्रेनीबाट सोइरेनीसम्मको कच्ची सडक खन्ने क्रममा जेसिबीको ठक्करबाट स्थानीय भानबहादुर घर्तीका १४ वर्षीय छोरा सुनिलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । जेसीबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको जनाइएको छ ।...