Saturday, July 19
Shadow

तारकेश्वर नगरपालिकामावार्षिक नीति निर्माण, योजना तथा बजेट तर्जुमा सम्बन्धमा सरोकारवालाहरुसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न


  • -इ
  • इ+

– किरण लामा

काठमाडौं – तारकेश्वर नगरपालिका सभाहलमा आर्थिक वर्ष २०८२/०८३ का लागि वार्षिक नीति निर्माण, योजना तथा बजेट तर्जुमा सम्बन्धमा सरोकारवालाहरुसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रमको अध्यक्षता नगरप्रमुख श्री कृष्णहरि महर्जनले गरेका थिए । प्रमुख अतिथि पूर्वरक्षा मन्त्री श्री भीमसेनदास प्रधानको उपस्थिति थियो ।

कार्यक्रमका विशेष अतिथिका रूपमा सामाजिक विकास मन्त्रालय, बागमती प्रदेशको माननिय मन्त्री श्रीमती हरिप्रभा खड्गीको उपस्थिति रहेको थियो । साथै, उपप्रमुख श्रीमती श्रृजना बुर्लाकोटी, प्रमुख प्रशासकीय अधिकृत श्री ईश्वर प्रसाद आचार्य, सम्पूर्ण वडाध्यक्षहरू, नेपाल प्रहरी, बालाजु वृत्तका नायव उपरीक्षक, सशस्त्र प्रहरी निरीक्षक, विभिन्न सरकारी निकायका प्रतिनिधिहरू तथा स्थानीय सरोकारवाला व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

वडा नं. १ का वडाध्यक्ष श्री विदुर सापकोटाद्वारा स्वागत मन्तव्यका साथ कार्यक्रम सञ्चालन भएको थियो। तत्पश्चात् प्रमुख प्रशासकीय अधिकृत श्री ईश्वर प्रसाद आचार्यले वार्षिक नीति निर्माण तथा बजेट तर्जुमा सम्बन्धी कार्यक्रमका विषयमा विस्तृत जानकारी प्रस्तुत गरेका थिए।

कार्यक्रमको सञ्चालन तथा उद्घोषण तारकेश्वर नगरपालिकाका प्रवक्ता श्री राधाकृष्ण खड्गीले गरेका थिए ।

अन्तर्क्रिया कार्यक्रमको मुख्य उद्देश्य आगामी आर्थिक वर्षको बजेट तथा योजनाहरू सरोकारवाला निकायहरूसँग परामर्श गरी समावेशी र जनमुखी बनाउनको लागि सहभागीहरूबाट बहस, सुझाव र सल्लाहको आदानप्रदान भई नगरको भावी कार्यदिशा निर्माणमा महत्वपूर्ण आधार तयार हुने आयोजकको भनाइ थियो।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares