Monday, June 29
Shadow

समाचार

फिफा विश्वकप : अर्जेन्टिना सेमिफाइनलमा

खेलकुद, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
अर्जेन्टिना फिफा विश्वकप फुटबल २०२२ को सेमिफाइनलमा पुगेको छ । कतारमा आज भएको क्वाटरफाइनलमा नेदरल्याण्डस्लाई पराजित गर्दै अन्तिम चारमा आफनो स्थान सुरक्षित गरेको हो । खेलको ३५औं मिनेटमा अर्जेन्टिनाका लागि नहुएल मोनिलाले गोल गर्दै अग्रता दिलाएका थिए भने ७३औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दैअग्रता दोब्बर बनाए । तर नेदरल्याण्डस्का लागि वोउट वेग्होरस्टले खेलको ८३औं र इञ्जुरी समयमा गोल गर्दै खेल बराबरीमा ल्याएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । त्यसपछि दुवै टोलीबाट गोल नभएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा अर्जेन्टिनाले खेल ४–३ गोल अन्तरले विजयी भयो । ...
नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै

नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै

निर्वाचन विशेष, ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती, समाचार
एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बिहान ११ बजे ललितपुरस्थित पार्टी मुख्यालयमा बैठक बस्न लागेको जानकारी दिनुभयो । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । उहाँका अनुसार बैठक समानुपातिक सांसद छनोट, आमनिर्वाचन समीक्षा गर्न बोलाइएको छ । शुक्रबार डाकिएको बैठक तयारी नपुगेको भन्दै आजको लागि सारिएको थियो । ...
पैदलयात्रामा वन्यजन्तुबाट जोखिम

पैदलयात्रामा वन्यजन्तुबाट जोखिम

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
उच्च भागमा चिसो बढ्दै गएका कारण तातो क्षेत्र खोज्दै हिँड्ने वन्यजन्तुबाट पैदलयात्रामा मानिसलाई जोखिम बढ्न थालेको छ । जङ्गली भालु मानव बस्तीको नजिक आउन थालेको र हालै एक व्यक्तिलाई घाइतेसमेत बनाएपछि जोखिम महसुस भएको हो । मानिस आक्रमणको साथै आयआर्जनका लागि किसानले पालन गरेका बङ्गुरको पाठासमेत जङ्गली भालुले आक्रमण गर्ने गरेको पाइएपछि साँझ बिहान नेपाली सेनाको सुरक्षा गस्ती खटाउने व्यवस्था मिलाइएको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ । जङ्गली भालुले धुञ्चेको इमरुङ तथा केबु, भार्खु क्षेत्रमा बढी दुःख दिन थालेको स्थानीय बासिन्दाले बताएका छन् । धुञ्चेस्थित मत्स्य अनुसन्धान केन्द्रको गोदाममा राखिएको माछाको दानासमेत केही समय अगाडि भालुले नोक्सान गरेको थियो । पोखरीमा पालिएको माछालाई खुवाउन गोदाममा राखिएको दाना हराएपछि पत्ता लगाउन भोलिपल्ट सिसीटिभी हेर्दा जङ्गली भालुको टाउकाले झ्यालको सिसा फो...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

आर्थिक, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
सांसद चयन गर्न कार्यसम्पादन समिति बैठक : राप्रपा

सांसद चयन गर्न कार्यसम्पादन समिति बैठक : राप्रपा

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा र प्रदेशसभातर्फ समानुपातिक सांसद चयन गर्न कार्यसम्पादन समिति बैठक बोलाएको छ। राप्रपाले प्रतिनिधिसभातर्फ समानुपातिकमा ७ र प्रदेश सभातर्फ समानुपातिकमा १७ सिट जितेको छ। राप्रपाले प्रतिनिधिसभा प्रत्यक्षतर्फ ७ सिट जितेको छ । बैठक भोलि बिहान ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। निर्वाचन आयोगले दलहरुलाई समानुपातिक सिट बाँडफाँड गरेर नाम बुझाउन पत्राचार गरेसँगै दलहरु आन्तरिक छलफलमा जुटेका हुन्। निर्वाचन आयोगले भोलि दिउँसोसम्मको समय दिएर सांसदहरूको क्लष्टर पेस गर्न पत्राचार गरेपछि दलहरु समानुपातिक सांसद छान्न छलफलमा जुटेका हुन्। बैठकले चुनावी समीक्षासमेत गर्ने बताइएको छ।...
विश्वकप फुटबल : क्वार्टरफाइनलको पहिलो खेल ब्राजिल र क्रोएसियाबीच  हुने

विश्वकप फुटबल : क्वार्टरफाइनलको पहिलो खेल ब्राजिल र क्रोएसियाबीच हुने

खेलकुद, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
क्वार्टरफाइनलको पहिलो खेल ब्राजिल र क्रोएसियाबीच हुने खेल नेपाली समयअनुसार शुक्रबार राति पौने ९ बजे सुरु हुनेछ । त्यसैगरी दोस्रो क्वाटरफाइनलमा मोरक्को र पोर्चुगल शनिबार राति पौने ९ बजे तथा तेस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्स शनिबार राति पौने १ बजे हुनेछ । क्वाटरफाइनलको अन्तिम खेलमा आइतबार राति पौने १ बजे फ्रान्स र इंग्ल्यान्डबीच खेल हुनेछ । विश्वकप फुटबलको पहिलो क्वाटरफाइनल खेलमामा ब्राजिल र क्रोएसियाबीच शुक्रबार प्रतिस्पर्धा हुने भएको छ ।...
राजधानीमा आजदेखि मेलम्चीको पानी वितरण सुरु

राजधानीमा आजदेखि मेलम्चीको पानी वितरण सुरु

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित मेलम्चीको खोलाको मुहान अम्बाथानस्थित सुरुङ्मार्गबाट एक हप्ताअघि हालेको पानी आजदेखि राजधानीमा वितरण गरिँदै छ । गोकर्णेश्वर नगरपालिका–१ स्थित सुरुङ्को अन्तिम विन्दुमा यही मङ्सिर १८ गते आइपुगेको पानी सुरुमा सुरुङ सफा गर्न वाग्मतीमा बगाइएको थियो । गत जेठ अन्तिम साता बन्द गरिएको सुरुङ्मा जम्मा भएको फोहर सफा गर्न सुरुको पानी वाग्मतीमा बगाइएको मेलम्ची खानेपानी आयोजनाका इञ्जिनीयर रामचन्द्र पौडेलले जानकारी दिनुभयो । यही मङ्सिर १९ गतेदेखि नै सुरुङमा पानी भर्न थालिएको थियो । केही दिन सुरुङमा भरिएको पानी बिहीबारदेखि महाँकालचौर शाखामा पठाइएको उहाँले बताउनुभयो । वर्षाले भत्काएको प्रवेशमार्गको सुधारपछि गत हप्ता मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मुहानबाट सुरुङमा पानी पठाएको थियो । असारदेखि सुरुङ ब...

नगरपालिकाले अतिक्रमण गरेका संरचना हटाउदैँ

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
कपिलवस्तुको शिवराज नगरपालिकाले सडक अतिक्रमण गरेका संरचना हटाउन थालेको छ । नगरप्रमुख अजय थापाले यस क्षेत्रमा सडक अतिक्रमण गरेका संरचना र सामग्री हटाउन थालेको बताउनुभयो । नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, नेपाल प्रहरी, ट्राफिक प्रहरीसहितको टोली अतिक्रमण भएको स्थानको पहिचान गरी सो कार्यमा खटिएका छन् । नगरपालिकाले पूर्व पश्चिम राजमार्ग र चन्द्रौटा कृष्णनगर सडक खण्ड मिचेर राखिएका ठेला गाडा हटाएको हो । एक दशकदेखि गरिएको अतिक्रमण हटाएको नगरप्रमुख थापाले बताउनुभयो ।मुख्य सडक र पेटी मिचेर राखिएका पसलका सामग्री ठेला गाडा तथा सडकमा पार्किङ गरी सवारीसाधन मर्मत गर्दा नगरको सुन्दरता बिग्रँदै गएको र सवारी दुर्घटनाको जोखिम बढेकाले अतिक्रमण गरीएका संरचना हटाइएको नगरप्रमुख थापाले बताउनुभयो । बजार क्षेत्रमा जथाभाबी सवारी साधन पार्किङ गर्न समेत प्रतिबन्ध गरिएको छ । चन्द्रौटा बजारमा सडकमा सवारीस...
कालीकोटमा नुनको अभाव

कालीकोटमा नुनको अभाव

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
कालीकोटमा आयोडिनयुक्त नुनको अभाव भएको छ । जिल्लामा आयोडिनयुक्त नुन वितरण गर्ने साल्ट ट्रेडिङ कर्पोरेशन शाखा कार्यालय मान्ममा आयोडिनयुक्त नुन सकिएका कारणले नुनको अभाव भएको हो । कालीकोटमा साल्ट ट्रेडिङ कर्पोरेशनले आयोडिनयुक्त नुन बिक्री गर्दै आएकोमा ठेकेदारले नुन ढुवानी नगर्दा अभाव भएको हो । चालु आर्थिक वर्षमा आयोडिनयुक्त नुन ढुवानीको जिम्मा लिएको नमूना ढुवानी सेवाले तीन हजार पाँच सय क्विन्टल आयोडिनयुक्त नुन ढुवानी गर्नुपर्नेमा हालसम्म तीन सय ५५ क्विन्टल मात्र ढुवानी गरेको साल्ट ट्रेडिङ कर्पोरेशन शाखा कार्यालय कालीकोटका कर्मचारी लालबहादुर बमले जानकारी दिनुभयो । “अहिले डिपोमा आयोडिनयुक्त नुन पनि सकिएको छ”, उहाँले भन्नुभयो, “हामीले बिक्री गर्दै आएको सहुलियतको नुन ढुवानीको जिम्मा लिएको ठेकेदार कम्पनीले ढुवानी नगर्दा नुनको अभाव भएको हो ।” साल्ट ट्रेडिङ कर्पोरेशन शाखा कार्यालय कालिक...
चार सयले बढ्यो सुनको मूल्य

चार सयले बढ्यो सुनको मूल्य

आर्थिक, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अधिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु चार सयले बढेको छ । अघिल्लो दिन प्रतितोला रु ९९ हजार तीन सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९९ हजार सात सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार दुई सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९८ हजार आठ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो दिनका तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार तीन सय ६० तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ । ...