Friday, April 26
Shadow

शैक्षिक सुधारका लागि तारकेश्वर नगर शिक्षा समिति द्वारा सामुदायिक बिद्यालयमा अनुगमन


  • -इ
  • इ+

काठमाडौ – तारकेश्वर नगरपालिकाको नगर शिक्षा समितिले सामुदायिक विद्यालयको शैक्षिक स्थिति कस्तो रहेछ भनेर आकस्मिक रुपमा शिक्षा साखा प्रमुख पदम बहादुर केसि, शिक्षा समिति सदस्य तथा तानपा – ३ का वडा अध्यक्ष परशुराम अर्याल , शिक्षा समिति सदस्य हरिकृष्ण अर्याल र तारकेश्वर नपा ५ का वडा अध्यक्ष शम्भु फुयालले तारकेश्वर नपा – ५ स्थिति नागार्जुन माबी को आकस्मिक अनुगमन गरि अनुगमनको क्रममा शिक्षक, विद्यार्थी र प्रधानाध्यापक संग छलफल गरि सुचक सहितको तथ्यांक प्रतिबेदन पनि तयार पारेको छ ।

No description available.

सदस्य परशुराम अर्यालले भन्नुभयो हामी आकस्मिक रुपमा नगर भित्रका सबै सामुदायिक बिद्यालय आकस्मिक अनुगमन सकेपछि आउने प्रतिबेदनले शिक्षामा गर्नुपर्ने नितिगत सुधार वा अन्य सुधार के गर्ने हो त्यो नगरपालिकाले गर्नेछ र नगर भित्रको शैक्षिक स्तरमा गुणात्मक फड्को मार्नेछ ।

अर्का सदस्य हरिकृष्ण अर्याल भन्नुहुन्छ हामिले सुचक सहितको जमिनमा गएर सम्बन्धित पक्ष संग बसेर मसिनो गरि समस्या , सुझाव हरु लिएर बस्तुगत यथार्थ अवस्था बिद्यालय हरुबाट लिएपछि समितिमा बसि सुक्ष्म अध्यन गरि नगर शिक्षा समितिले नगरपालिकालाई निति निर्माण गर्न उचित सुझाव दिनेछ र हाम्रो सुझावले नगर भित्रका सामुदायिक बिधालयको तुलनात्मक रुपमा शैक्षिक सुधार हुनेछ ।

शिक्षा शाखा प्रमुख पदम बहादुर केसिले भन्नुभयो समग्र अनुगमनको उद्देश्य भनेको नगर भित्रका सामुदायिक बिधालय को शैक्षिक गुणस्तर लाई राम्रो बनाइराख्न यस्तो आकस्मिक अनुगमनको आवश्यकता सबै बिधालयमा गर्नुपर्छ र यो सुचक सहितको तथ्यांकले गर्दा आगामी बर्षमा पक्कै पनि नतिजा राम्रो आउने बिश्वास छ भन्नुभयो ।

No description available.No description available.

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares