तालिबानले गत अगस्टमा अफगानिस्तानमा सत्तापलट गरेपछि पहिलो पटक मृत्युदण्ड दिएको छ । ताजमिर नाम गरेका एक व्यक्तिले आफूले हत्या गरेको स्वीकार गरेपछि उनलाई दक्षिणपश्चिमी फराह प्रान्तको एक स्टेडियममा मृत्युदण्ड दिइएको तालिबानका प्रवक्ताले बताए।
न्यायाधीशहरूलाई शरिया कानुनलाई पूर्ण रूपमा लागू गर्न निर्देशन दिइएको केही हप्तापछि यो आदेश आएको हो ।
तालिबान सरकारका अधिकांश शीर्ष मन्त्रीहरूसहित समूहका दर्जनौं नेताहरू फाँसीमा सहभागी भएका थिए ।
तालिबानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादाले गत महिना उक्त आदेश जारी गर्दै न्यायाधीशहरूलाई सार्वजनिक मृत्युदण्ड, सार्वजनिक अंगविच्छेदन र ढुङ्गाले हानेर सजाय तोक्न आदेश दिएका थिए । यद्यपि, तालिबानले आधिकारिक रूपमा वास्तविक अपराध र सम्बन्धित सजायहरू परिभाषित गरेका छैनन्।
तालिबानले इस्लामिक कानूनको कडा व्याख्याको जिम्मा पाएका मोहम्मद खालिद हनाफी पनि...
आज एक सूचना जारी गर्दै महानगरले आफ्नो मातहतमा रहेका सरकारी तथा सार्वजनिक कार्यालय, संस्थान, विभिन्न प्रतिष्ठान, स्वास्थ्य तथा शैक्षिक संस्था, गैह्रसरकारी संस्था, कम्पनी तथा अन्य प्रकृतिका निजी कार्यालयको परिसरलाई नियमित सरसफाइ गर्न महानगरले निर्देशन दिएको हो ।
सबै सरकारी तथा निजी कार्यालयहरूले आफ्नो परिसरको फोहोर ३५ दिनभित्र आफैँ व्यवस्थापन नगरे प्रचलित कानुन बमोजिम दण्ड जरिबाना गर्ने महानगरको चेतावनी छ ।
...
मेटाले अमेरिकामा फेसबुकबाट समाचार सामग्री हटाउने धम्की दिएको छ । मेटाले नयाँ कानुनप्रति आपत्ति जनाएको छ, जसले समाचार संस्थाहरूलाई फेसबुकमा सेयर गरिएको सामग्रीको लागि शुल्क लिनेसम्बन्धी विषयमा वार्ता गर्न थप शक्ति दिनेछ ।
तिनीहरूको प्लेटफर्मले संघर्षरत समाचार आउटलेटहरूमा बढ्दो गतिविधिलाई सहयोग गर्ने मेटाको दाबी छ । ‘फेसबुकले प्रकाशकहरुको बटम लाइनलाई फाइदा गर्ने भएकाले’ आफ्ना सामग्री फेसबुकमा राख्ने गरेको मेटाले जनाएको छ ।
पत्रकारिता प्रतिस्पर्धा र संरक्षण ऐन ९जीसीपीए० भनेर चिनिने यो विद्येयक मिनेसोटाका सिनेटर एमी क्लोबुचरले कंग्रेसमा पेस गरेका थिए र यसमा द्विपक्षीय समर्थन छ । यसले प्रकाशक र प्रसारकहरूलाई विज्ञापन राजस्वको ठूलो हिस्साको लागि सामाजिक मिडिया कम्पनीहरूसँग सामूहिक रूपमा बार्गेनिङ गर्न ठूलो शक्ति दिनेछ ।...
झापाको दमक नगरपालिकामा गरिएको माटो जाँच शिविरमा कृषकको जमिन जाँच्दा उत्पादनमा समस्या देखिने गरी खेतीयोग्य जमिनमा अम्लियपनको मात्रा अत्यधिक पाइएको छ । नगरपालिका कृषि शाखाकी प्रमुख चन्द्रकला भट्टराईले माटो अमिलोपना धेरै देखिएको बताउनुभयो ।
उहाँका अनुसार यसलाई नियन्त्रणका लागि कृषि चुनको प्रयोग गर्न सुझाव दिइएको छ । शिविरमा जाँच गरिएको एक सय ५४ किसानको जमिनमा सबैजसोमा समस्या देखिएको थियो । शाखा प्रमुख भट्टराईले नगरपालिकाले निःशुल्करूपमा कृषि चुनको वितरण गर्ने गरेको बताउनुभयो ।
दमक नगरपालिकाले माटो परीक्षण गराउन चहाने कृषकका लागि निःशुल्क परीक्षणको व्यवस्था गर्ने गरेको छ । माटोको गुणस्तर सुधार र उत्पादकत्व वृद्धिका लागि नगरपालिकाले सहयोग गर्ने दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराईले जानकारी गराउनुभयो ।
उहाँले माटोको गुणस्तर सुधार कृषकलाई उन्नत बीउबिजन उत्पादनका लगि सहयोग गरिरहेक...
कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश गरेको छ । कतारको लुसइल रङ्शालामा आज भएको प्रि-क्वार्टरफाइनलको अन्तिम खेलमा स्वीट्जरल्याण्डलाई ६-१ गोलअन्तरले पराजित गर्दै पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश गरेको हो । पोर्चुगलका लागि गोन्कालो रामोसले ह्याट्रिक गरे ।
उनले खेलको १७औँ, ५१औँ र ६७औँ मिनेटमा गोल गरे । त्यसैगरी खेलको ३३औँ मिनेटमा पेपे, ५५औँ मिनेटमा राफेल गुरेरियो र राफेल लियोले खेलको अतिरिक्त समयमा गोल गरेका थिए । स्वीट्जरल्याण्डका लागि ५८औंँ मिनेटमा म्यानुअल अकाञ्जीले एक मात्रै गोल फर्काएका थिए । अन्तिम आठमा पुगेको पोर्चुगलले मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ ।
...
काठमाडौ २०७९ मंसिर १९ गते तारकेश्वर नगरपालिकाको उप प्रमुख सृजना बुर्लाकोटिले तारकेश्वर - १ मा अबस्थित कुन्चिप्वाकल माबी को आकस्मिक अनुगमन गर्नुभएको थियो । उक्त अनुगमनका क्रममा नर्सरी देखि दसौं कक्षाका विद्यार्थीसँग शिक्षकले पढाइरहेको अबस्थामा विद्यार्थीहरु संग पढाइको अवस्थाको बारेमा विद्यार्थी संग सोधपुछ गरेको समस्याको बारेमा जानकारी लिएको र शिक्षक संग पनि पढाई मा केही समस्या छ कि ! प्रशासनले गर्नु पर्ने सहयोगमा कमि छ कि ! भन्ने जानकारी लिनुभएको थियोे ।
।
विद्यार्थी हरु पनि संतुष्ट र शिक्षक हरु पनि संतुष्ट नै भएको उपप्रमुखले हाम्रो अन्लाईन कर्मिलाइ जानकारी गराउनुभयो । उपप्रमुख बुर्लाकोटिले बिद्यालयमा रहेको बिज्ञान प्रयोगशाला र कम्प्युटर ल्याबको पनि निरीक्षण गर्नुभएको थियो ।
निरीक्षण भैरहदा कुन्चिप्वाकल माबी का प्रअ राजु नेपाल आफैले उपप्रमुख लाई अबलोकनमा सहयोग गर्नु भएको थि...
धेरैले यसलाई हरियो काउली समेत भन्छन् । ब्रोकली शरीरका लागि निकै फाइदाजनक हुन्छ । जाडो याममा बजारमा ब्रोकली धेरै मात्रामा पाइन्छ । जाडोमा ब्रोकली खाँदा शरीरलाई मिल्छ यी फाइदा :
ब्रोकलीमा आइरन, फाइबर, पोटासियम प्रचुर मात्रामा पाइन्छ । यससमा सोडियम र भिटामिन सी आदि पाइन्छ ।
ब्रोकलीले शरीरबाट विषाक्त पदार्थ बाहिर निकालेर शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । ब्रोकली खाँदा कलेजोसँग सम्बन्धित रोगको जोखिम कम हुन्छ ।
यसको सेवनले हड्डी मजबुत हुनुका साथै हड्डीसँग सम्बन्धित समस्या पनि हट्छ । ब्रोकलीमा क्याल्सियम प्रचुर मात्रामा पाइन्छ ।
ब्रोकलीमा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ, जसले रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउँछ । रोग प्रतिरोधात्मक क्षमता बलियो भएकाले शरीरमा मौसमी रोगको जोखिम हुँदैन ।
ब्रोकलीले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । यसमा प्रशस्त मात्रामा फाइबर पाइन्छ, जसले प...
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारले निर्वाचनमा गरेको खर्च विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाउन थालेका छन् । एक सङ्घीयसभा सदस्य निर्वाचन क्षेत्र र दुईवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको जुम्लामा जम्मा १३ जना उम्मेदवारमध्ये १० जनाले निर्वाचन खर्चको विवरण बुझाएको निर्वाचन कार्यालयका सूचना अधिकारी अभिनन्द्र चौलागाईंले जानकारी दिनुभयो ।
प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का गोमा कुँवर (गौतम), राप्रपाका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) नेमकिपाका डिल्लीप्रसाद काफ्ले र स्वतन्त्र उम्मेदवार डाक्टर कलबहादुर रोकायाले निर्वाचन खर्च विवरण बुझाएको निर्वाचन कार्यालयका सूचना अधिकारी चौलागाईंले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ज्ञानबहादुरले रु १३ लाख तीन सय, डिल्लीप्रसाद काफ्लेले रु चार लाख ३८ हजार, गोमा कुँवर ...
आमनिर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएसंगै नेपाली कांग्रेसमा संसदीय दलको नेता को बन्ने भन्ने चासो बढेको छ । संसदको सबैभन्दा ठूलो पार्टी बनेको कांग्रेस संसदीय दलको नेतालाई प्रधानमन्त्रीका रुपमा हेर्ने गरिन्छ । यति मात्र नभएर संसदीय दलको निर्वाचनमा प्रतिष्पर्धा गर्ने व्यक्तिलाई वैकल्पिक नेताका रुपमा समेत हेरिने भएकाले पनि संसदीय दलको निर्वाचनको चर्चा बढेको छ । अहिलेसम्म कांग्रेसमा प्रधानमन्त्रीका लागि सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, १४ औं महाधिवेशनमा सभापति प्रतिष्पर्धी डा. शेखर कोइराला, महामन्त्री गगन थापा र पूर्वमहामन्त्री शशांक कोइरालाले दावी गरेका छन् । प्रधानमन्त्रीमा दावी गर्ने नेताहरुमध्ये सवैभन्दा बढी सांसद सभापति देउवाको पक्षमा देखिएका छन् । देउवाको पक्षमा ५१ जना सांसद हुने देखिएको छ । यस्तै डा. शेखरको पक्षमा २१, वरिष्ठ नेता पौडेलको पक्षमा आठ जना सांसद देखिए...