Friday, April 26
Shadow

तीन बुदेँ माग सहित नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघ आन्दोलनमा


  • -इ
  • इ+

काठमाण्डौं- उद्योगले रोजगारी सिर्जना गर्ने, राज्यलाई कर तिर्ने, उपभोग्य बस्त्तुमा परनिर्भरता कम गर्दै निर्यात प्रबर्द्धन गर्ने , राज्यले उद्योग सञ्चालनमा सहजीकरण गर्ने र उद्योगमैत्री वातावरण तयार गरेमा मात्रै देशमा औद्योगिक बिकास संभव छ तर सरकार भने उद्योगलाई करको भारी बोकाउने, उद्योगलाई सहयोग पुग्ने नीति निर्माण गर्ने भन्दा पनि स्वेच्छाचारी नीति लागू गर्दै जादा उद्योगी हरु आन्दोलनमा उत्रेका छन ।

सरकारले औद्योगिक क्षेत्र भित्र सञ्चालित उद्योगको भाडा वृद्धि फिर्ता नगरेको भन्दै तीन बुदे माग सहित नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले विरोध प्रदर्शन गरेको छ ।

आज (आइतवार) बालाजु औद्योगिक क्षेत्र भित्र उद्योगीहरुले पैदल र्याली गरि बिरोध को नारा लाउनुको साथै औद्योगिक क्षेत्र व्यवस्थापनको कार्यालयमा कालो ब्यानर र झण्डा राखि बिरोध जनाएको छ । यसैगरी देशका १० वटै औद्योगिक क्षेत्रमा आज एक साथ विरोध प्रदर्शन गर्नुका साथै महाप्रबन्धकको कार्यकक्षमा एक दिने तालाबन्दी गरेको महासंघका प्रवक्ता देवराज तामाङले बताए । असमान, अन्यायकारी तथा विभेदकारी भाडा वृद्धि खारेज गर, सबै उद्योगमा एकल भाडा दर कायम गर, वार्ता र सहमतिमा नयाँ भाडा दर कायम गर भन्ने तीन बुदे माग सहितको कालो ब्यानर र कालो झण्डा मार्फत महासंघका अध्यक्ष रामहिरा पाठकको नेतृत्वमा विरोध प्रदर्शन गरीएको प्रवक्ता तामाङले बताए । सरकारले एकै औद्योगिक क्षेत्रमा राज्यलाई समान कर तिरेका सबै उद्योगले समान सेवा सुविधा पाउनु पर्ने र सबै खालका उद्योगमा एकै समानले भाडा दर कायम गर्नु पर्ने माग महासंघको रहेको प्रवक्ता तामाङले बताए । औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन नियमावली, २०७१ जारी भए पश्चात भाडावृद्धिको मापदण्ड बनाएर प्रत्येक ५/५ वर्षमा भाडा वृद्धि गर्नुपर्नेमा नियम विपरित २०७२ र ०७४ सालमा १५/१५ प्रतिशतका दरले गर्ने र २०७२ सालमा एकै पटक ७०० प्रतिशत सम्म वृद्धि गर्ने कार्य भए पश्चात त्यसको विरुद्धमा महासंघले निरन्तर बिरोध गर्दा समेत भाडा वृद्धि फिर्ता नगरेकोले आफूहरु बिरोध प्रदर्शनमा उत्रिनु परेको उनले बताए । साथै माग सम्बोधन नभए चरणवद्ध रुपमा बिरोध जनाई रहने प्रवक्ता तामाङले बताए । साथै प्रबक्ताले भने राज्य लोककल्याणकारी हुनुपर्छ स्वेच्छाचारी होइन ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares