अब्बल कपिलवस्तु प्राविधिक प्रतिष्ठानः एच.ए.मा ९७.४४%, ल्याबमा ९३.३३% र फार्मेसीमा ९० प्रतिशत विद्यार्थी उत्तीर्ण
कपिलवस्तु , बैशाख ८
शिक्षा र स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रलाई सँगसँगै अघि बढाउँदै आएको कपिलवस्तु प्राविधिक प्रतिष्ठानले आफ्नो उत्कृष्टता प्रमाणित गर्दै लुम्बिनी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ। बाणगंगा नगरपालिका–२, पिपरामा अवस्थित प्रतिष्ठानले शैक्षिक सत्र २०८१।०८२ को नतिजामा उत्कृष्ट नतिजा प्राप्त गरी संस्थालाई स्वास्थ्य प्राविधिक शिक्षाको भरोसायोग्य केन्द्रको रूपमा स्थापित गरेको छ ।
हालै सार्वजनिक नतिजाअनुसार प्रतिषठनको एच.ए. कार्यक्रमतर्फ ९७.४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्, जुन प्रतिशत आफैंमा उत्कृष्टताको बलियो प्रमाण हो। त्यसैगरी, ल्याब टेक्निसियनतर्फ ९३.३३ प्रतिशत र फार्मेसीतर्फ ९० प्रतिशत विद्यार्थी सफल भएका छन्।
प्रतिष्ठानका निर्देशक अरुण कुमार पाण्डेयले यस सफलतालाई निरन्तर मेहनत, प्रतिबद्धता र योजनाबद्ध कार्यको परिणामले हामीले सुरुदेखि नै गुणस्तर...









