Friday, June 5
Shadow

आफन्त नेपालको ४१८३ जनालाई परामर्श तथा १०५ जनाको उद्धार


  • -इ
  • इ+

 

कपिलवस्तु, जेष्ठ २२

जिल्लाको कृष्णनगरमा रहेको आफन्त नेपाल कपिलवस्तु
शाखाले स्थानीय निकायहरू संगको समान्वय बैठक तथा अन्तरक्रिया कार्यक्रम आफन्त नेपालको शभाहलमा सम्पन्न भएको छ।
आयोजित कार्यक्रममा शाखाले आर्थिक वर्ष २०८२/०८३ को बैशाख महिना सम्मको शाखाले परामर्श, उद्धार, पारिवारिक पुनर्मिलन, अकास्मिक आवाश गृह सेवा, सिपमुलक तालिम, फ्लोअप तथा विभिन्न अभियानहरुबारे जानकारी गराएको थियो ।

आर्थिक वर्ष २०८२/०८३ मा आफन्त नेपाल कपिलवस्तु
शाखाले कृष्णानगर नाका बाट ११७०४ जनामा सूचना सम्प्रेषण, उद्धार तथा अवरोध १०५ जना, परामर्श ४११८, आकस्मिक आवाश गृह सेवा ६७, पारिवारिक पुर्न मिलन ६९ जना, सिपमूलक तालिम १७ जना, फलोअप १०९ रहेको आफन्त नेपाल कपिलवस्तु संयोजक माधुरी लिम्बुले जानकारी दिइन्।

खुला सिमाना हुँदै हुने मानवबेचविखनलाई न्यनीकरण गर्न सरोकारवाला संस्थाले निर्णायक भूमिका खेल्दै जानुपर्ने इलाका प्रहरी कार्यालय कृष्णानगरका प्रहरी निरीक्षक कृष्ण बहादुर कुवरले सुझाउनुभएको थियो ।

कार्यक्रममा बोल्दै कृष्णानगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले संस्थाहरूको काम सराहनीय रहेको बताउदै स्थानीय निकाय तपाईहरू संग समान्वय गरिरहने बताए।
कार्यक्रममा उठेका सवालको आफन्त नेपालका रूपन्देही संयोजक उषा गुरुङले सहजीकरण गर्नुभएको थियो।

कार्यक्रममा कृष्णानगर नगरपालिका उप प्रमुख आरती देवी चौधरी, सशस्त्र प्रहरी बल कृष्णानगरका सशस्त्र प्रहरी नायब उपरिक्ष यज्ञ मान साउद, कृष्णानगर नगरपालिका वडा नं २ की कार्यवाहक अध्यक्ष रेनु शर्मा, वडा सदस्य राहुल मोदनवाल, नारायण कनोडिया,लिंकगेट अस्थायी प्रहरी पोष्टका प्रहरी नायब निरिक्षक खिम बहादुर जिसी, शान्ति पुर्नस्थापना गृहका कपिलवस्तु संयोजक दिनेश तिमिल्सिना, साना हातहरू संस्थाकी भिमा परियार, आशिष सामाजिक सेवा नेपालकी कपिलवस्तु संयोजक सविता बिक लगायत जनप्रतिनिधि, समाजसेवी, सुरक्षा निकाय पत्रकार लगायत सरोकारवालाको उपस्थिति थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares