Sunday, May 5
Shadow

समाचार

कृष्णनगरमा मानव बेचबिखन तथा ओसारपसार विरूद्धको १७ औं राष्ट्रीय दिवस

कृष्णनगरमा मानव बेचबिखन तथा ओसारपसार विरूद्धको १७ औं राष्ट्रीय दिवस

ब्यानर समाचार 2, समाचार
अजय मिश्र, कपिलवस्तु भाद्र १९ कपिलवस्तु जिल्लाको कृष्णनगरमा आज रैली गरि मानव बेचबिखन तथा ओसारपसार विरूद्धको १७ औं राष्ट्रीय दिवस मनाइएको छ। कृष्णनगर नगरपालिका, शान्ति पुनर्स्थापना गृह,आफन्त नेपाल,इलाका प्रहरी कार्यलय कृष्णनगर, सशस्त्र प्रहरी बल कृष्णनगर, साना हातहरु, नेपाल आशिष सामाजिक सेवा केन्द्र लगायतको आयोजना तथा महेन्द्र माध्यमिक विद्यालय, सेन्टज्यूड्स इंग्लिश बोर्डिंग स्कूल, होटल व्यवसायी संघ कृष्णनगरको सहकार्यमा मानव बेचबिखन तथा ओसारपसार विरूद्धको १७ औं राष्ट्रीय दिवस नगरपालिकाको कार्यालय देखि बजार भ्रमण गर्दै कृष्णनगरको गोलघर रैली समाप्त गरियो। गोलघरमा मानव बेचबिखन तथा ओसारपसार विरूद्धको १७ औं राष्ट्रीय दिवस कार्यक्रम कृष्णनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश गौतमको अध्यक्षता तथा प्रमुख अतिथिमा कृष्णनगर नगरपालिका वडा नं २ का वडाध्यक्ष कृष्ण कुमार गुप्ता, अतिथि हरूमा ...
जनताको हक अधिकार दिलाउन तथा भेदभाव हटाउन माओबादी केन्द्रको भूमिका अविस्मरणीय :- मौलाना मशहूद

जनताको हक अधिकार दिलाउन तथा भेदभाव हटाउन माओबादी केन्द्रको भूमिका अविस्मरणीय :- मौलाना मशहूद

ब्यानर समाचार 2, समाचार
- अजय मिश्र , कपिलवस्तु  -  नेकपा माओबादी केन्द्रका राष्ट्रीय अध्यक्ष पुष्प कमल दहाल (प्रचण्ड) ले वडा स्तरमा जनता संग विशेष रूपांतरण अभियानको देश भरि एकै पटक उद्घाटन गरे संग कपिलवस्तु को विजयनगरको वडा नं ३ मा आज नेकपा माओबादी केन्द्र प्रदेश समिति सदस्य मौलाना मशहूद खां नेपाली ले अभियानको उद्घाटन गरेका छन्। विजयनगर गाँउ पालिका वडा नं ३ बाट अभियानको साहिद खानको अध्यक्षता, प्रमुख अतिथिमा नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश समिति सदस्य तथा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली, विशिष्ट अतिथिमा नुरुल कमर खान, सरिता अर्याल लगायत रहेका थिए। जनता संग विशेष रूपांतरण अभियानमा बोल्दै प्रमुख अतिथि प्रदेश सदस्य मौलाना मशहूद खां नेपालीले नेकपा माओबादी केन्द्रले दलित, जनजाति, मुस्लिम, महिला, अल्पसंख्यक, मुस्लिम लगायतको हक अधिकार दिलाएको बताउदै १० बर्षे जनयुद्धमा...
राष्ट्रिय योजना आयोग प्रति राष्ट्रिय सभा अध्यक्ष को कटाक्ष

राष्ट्रिय योजना आयोग प्रति राष्ट्रिय सभा अध्यक्ष को कटाक्ष

ब्यानर समाचार 2, समाचार
काठमाडौ - काठमाडौंमा मङ्गलवार आयोजित कार्यक्रममा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारले निर्धारण गरेका लक्ष्य प्राप्तीका लागि आयोगले गर्नुपर्ने योगदान र समन्वयमा प्रश्न उठाउनुभएको थियो । उहाँले राष्ट्रिय योजना आयोगले राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिसँग पनि आवश्यक समन्वय नगरेकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले योजनावद्ध विकासले मात्रै मुलुकले समग्र विकासमा फड्को मार्नसक्ने उल्लेख गर्दै त्यसतर्फ आयोगको ध्यान जान नसकेको बिसयमा कुरा गर्नुभयो । उहाँले खाद्य सम्प्रभुता, कृषि उत्पादनमा आत्मनिर्भर तथा जलवायु परिवर्तनको असरबाट बच्चका लागि क्षेत्रगत आवश्यकता तथा सम्भाव्यताका आधारमा स्पष्ट योजनासहित बजेटको तादम्यता मिल्नुपर्ने बताउनु भयो । उहाँले योजना आयोगले मुलुकको आवश्यकता अनुसार सरकारलाई एकिकृत योजनाहरु सुझाउन नसकेको आरोप लगाउनु भयो । उहाँले संसदीय समिति...
कुन कुन मन्त्रीको साँठगाँठमा विद्युत महसुल उठेन ! – सांसद प्रेम सुवाल

कुन कुन मन्त्रीको साँठगाँठमा विद्युत महसुल उठेन ! – सांसद प्रेम सुवाल

समाचार
काठमाडौं - नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विद्युत महसुल उठाउन आनाकानी गरेकोमा संसदमा सरकार संग प्रस्न गरेका छन । मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले विद्युत महसुल असुली गर्न नसकेकाले प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङलाई निलम्बन गरी कारबाही गर्न माग गरेका हुन् । ‘डेडिकेटेड ट्रंक लाइनबाट बिजुली लिएर अर्बौं रुपैयाँ महसुल नबुझाउनेहरुसँग कुन-कुन मन्त्रीको साँठगाँठ छ ? छानबिन गरी कारबाही हुन जरुरी छ । सांसद प्रेम सुवालले भने कुलमान घिसिङले बिजुली महशुल १० अर्ब किन उठाउन सकेनन ?...
छानबिन गर आफै जेल जाऊ – पुर्व प्रधानमन्त्री केपी ओलि

छानबिन गर आफै जेल जाऊ – पुर्व प्रधानमन्त्री केपी ओलि

ब्यानर समाचार 2, समाचार
काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गिरिबन्धु टिस्टेटको जग्गाका विषयमा जवाफ दिएका छन् । सोमवार राजधानीमा आयोजित जनप्रतिनिधिसँग केपी ओली कार्यक्रममा बोल्दै ओलीले गिरिबन्धु टिस्टेटको नाममा रहेको जग्गा पटक पटक गैरकानुनी रुपमा बेचबिखन गरिएको र त्यसलाई रोक्न र व्यवस्थित बनाउन आफुले कानुन बनाएको दावी गरेका छन् । उनले भनेका छन्, ‘बिना छानबिन, विना कानुन ०५३ सालमा १९ विघा जमिन बेच्न दिइएको थियो कमिसन खाएर, त्यसको छानबिन गर । ०६० कि कति सालमा बिना कानुन ५१ बिघा जमिन बेच्न दिइएको थियो, कमिसन खाएर । छानबिन गर जेल जाऊ ।’ ओलीले यति होल्डिंग्स, वाइडबडी र गिरिबन्धु सबैको छानवीन गर्न सरकारलाई चुनौति दिएका छन् । ओलीलाई केही समयदेखि गिरिबन्धु टिस्टेटमा माफियालाई जग्गा बेच्न सहजिकरण गरेको आरोप लागिरहेका बेला उनले त्यसको खण्डन गरेका हुन् । ...
नेकपा माओबादी भ्रष्टाचारको बिरूद्धमा लाग्ने :- मौलाना मशहूद

नेकपा माओबादी भ्रष्टाचारको बिरूद्धमा लाग्ने :- मौलाना मशहूद

ब्यानर समाचार 2, समाचार
- अजय मिश्र ,   कपिलवस्तु, भाद्र १० कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकाको सभा हाल खडैचामा जनता संग माओबादी विशेष रूपान्तरण अभियान शनिवार नेकपा माओबादी केन्द्र विजयनगर कमिटीको आयोजनामा कार्यक्रम सम्पन्न भएको छ। नेकपा माओबादी केन्द्र विजयनगर गाँउ कमिटीका अध्यक्ष नुरुल खांको अध्यक्षता, प्रमुख अतिथिमा नेकपा माओबादी केन्द्रका केन्द्रीय सल्लाहकार एहसान अहमद खान, विशिष्ट अतिथिमा नेकपा माओबादी केन्द्र प्रदेश सचिवालय सदस्य सुकई थारु, नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश सदस्य तथा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली, लुम्बिनी प्रदेश कमिटी सदस्य राजेन्द्र अचार्य नेकपा माओबादी केन्द्र जिल्ला संयोजक बिष्णु वेलवासे, , सरिता अर्याल रहनुभयो ।   कार्यक्रममा बोल्दै प्रमुख अतिथि एहसान खानले माओबादीले सबैलाई अधिकार संविधानमा दिलायो तर पूर्ण कार्यनवयनमा ...
विद्यार्थी लाई सम्मान गर्दै फरकपत्र मिडिया द्वारा आफ्नो ११ औं वार्षिकोत्सव सम्पन्न

विद्यार्थी लाई सम्मान गर्दै फरकपत्र मिडिया द्वारा आफ्नो ११ औं वार्षिकोत्सव सम्पन्न

ब्यानर समाचार 2, समाचार
१० भदौ, काठमाडौं । फरकपत्र मिडियाले आफ्नो ११ औं वार्षिकोत्सव सम्पन्न गरेको छ । भाद्र ९ गते शनिबार गरिएको औपचारिक कार्यक्रममा पूर्व शिक्षा मन्त्री तथा प्रतिनिधिसभा सदस्य माननीय शिशिर खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट वक्तका रूपमा बागमती प्रदेशसभा सदस्य माननीय अमन मास्के रहेका थिए । कार्यक्रममा अतिथिहरुमा नागरिक सचेतना समाज नेपालका सल्लाहकार प्रा.डा. प्रदिपचन्द्र गौतम, अध्यक्ष प्रा. श्यामकृष्ण विष्ट, ग्रामिण आदर्श बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख डा. घनश्याम पुडासैनी, साउथवेस्टन स्टेट क्याम्पसका सहायक क्याम्पस प्रमुख हरिसिंह केसी, विकासप्रेमी पत्रकार तथा सामाजिक अभियान्ता श्रीराम फुटुङ्गे, राप्रपाका केन्द्रीय सदस्य उद्धवराज भेटुवाल, ग्रामसेवा मा.वि.का पूर्व प्रधानाध्यापक विष्णु पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीका तारकेश्वर नगर कार्यवाहक सभाप...
३ महिने अभियानमा माओबादी केन्द्र जनताको घरघरमा पुग्ने छ :- उपाध्यक्ष मौलाना मशहूद

३ महिने अभियानमा माओबादी केन्द्र जनताको घरघरमा पुग्ने छ :- उपाध्यक्ष मौलाना मशहूद

ब्यानर समाचार 2, समाचार
- अजय मिश्र , कपिलवस्तु, भाद्र ७ कपिलवस्तु जिल्लाको कृष्णनगरको मुस्लिम कमिटी हालमा जनता संग माओबादी विशेष रूपान्तरण अभियान अनतर्गत आज नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटीको पूर्ण बैठक बसेको छ। नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटी अध्यक्ष जाबेद आलम खांको अध्यक्षता, प्रमुख अतिथिमा पूर्व मंत्री तथा नेकपा माओबादी केन्द्र कपिलवस्तु जिल्ला इन्चार्ज (स्थायी कमिटी सदस्य) महेश्वर गहतराज अथक, विशिष्ट अतिथिमा पुर्व मंत्री तथा नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य वकिल मुसलमान, नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेशका कोषाध्यक्ष निर्दोष अली, कपिलवस्तु जिल्ला संयोजक (विष्णु बेल्वासे) अतिथिमा नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश सदस्य तथा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली, नेकपा माओबादी केन्द्रका जिल्ला समान्वय समिति सदस्य तोफेल अहमद खां रहेका ...
कृष्णनगर ईलाका प्रहरी कार्यालय द्वारा १८ लाख ६० हजार बराबरको सामान बरामद

कृष्णनगर ईलाका प्रहरी कार्यालय द्वारा १८ लाख ६० हजार बराबरको सामान बरामद

ब्यानर समाचार 2, समाचार
अजय मिश्र , कपिलवस्तु, भाद्र, ३ ईलाका प्रहरी कार्यालय कृष्णनगरले तीन लाख साठी हजार बराबरको भन्सार छलिको सामान गाडी सहित नियन्त्रणमा लिएको छ । पुरुषले प्रयोग गर्ने भित्री बस्त्र (कट्टु) थान २४०० (चौबीस सय) अन्दाजी मुल्य रू ३,६०,०००/ (तीन लाख साठी हजार ) बराबरको सामान भन्सार छली गरि भारतबाट नेपाल भित्र्याई काठमाडौ तर्फ लैजादै गरेको भन्ने गोप्य सूचनाको आधारमा ईप्रका कृष्णनगरका प्र. नि. लक्ष्मण ओलीको कमान्डमा खटिएको प्रहरी गस्ति टोलिले महाराज गन्ज नगरपालिका वडा न. ५ कन्चनिया बाट नियन्त्रणमा लिएको हो । काठमाडौ जिल्ला काठमाडौ महानगरपालिका वडा न. २ बस्ने बर्ष २३ को अनुप पन्तले चलाएको बा ४ च १५२३ नम्बर को निसान कम्पनीको डबल क्याप गाडीमा (गाडीको अन्दाजी मुल्य १५,००,००० ।- पन्ध्र लाख) समेतलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कपिलवस्तुका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक शैलेश्वरी बोहराले...
कृष्णनगर वितरण केन्द्र द्वारा विद्युतीय सुरक्षा तथा सचेतना कार्यक्रम सम्पन्न

कृष्णनगर वितरण केन्द्र द्वारा विद्युतीय सुरक्षा तथा सचेतना कार्यक्रम सम्पन्न

ब्यानर समाचार 2, समाचार
अजय मिश्र, कपिलवस्तु, भाद्र १ नेपाल विद्युत प्राधिकरणको ३८ औं बार्षिकोत्सवको उपलक्ष्यमा कृष्णनगर वितरण केन्द्रले विद्युतीय सुरक्षा तथा सचेतना सम्बन्धमा प्रभातफेरी कार्यक्रम गरेर मनाएको छ। आज विद्युत सम्बंधि सचेतनामूलक प्लेकार्ड, पोष्टर, हातमा लिएर तथा गाडिमा साउनडको सहायताले सचेतनामूलक सूचना प्रसारण गर्दै नेपाल विद्युत प्राधिकरण कृष्णनगर वितरण केन्द्रको कार्यालय बाट प्रभातफेरी कार्यक्रम सुरूवात गरि कृष्णनगर बजार परिक्रमा गरि पुनः कार्यालयमा आएर कार्यक्रम समापन गरिएको थियो। कृष्णनगर वितरण केन्द्र बाट कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका, कृष्णनगर नगरपालिका, शिवराज नगरपालिका, बुद्धभूमी नगरपालिका, विजयनगर गाउँपालिका तथा अर्घाखाँची जिल्लाको शिवगंगा नगरपालिका वडा नं ११ यस क्षेत्रमा विद्युत लाइन निर्माण, विस्तार, मर्मत तथा आपूर्ति सम्बंधी सम्पूर्ण कार्यगर्दै आएको छ। कृष्णनगर वितरण केन्...