Sunday, June 28
Shadow

समाचार

प्राण प्रतिष्ठा महोत्सवको शोभायात्रा कृष्णनगरमा समपन्न

प्राण प्रतिष्ठा महोत्सवको शोभायात्रा कृष्णनगरमा समपन्न

समाचार
कपिलवस्तु, अषाढ २२ कपिलवस्तु जिल्लाको कृष्णनगरमा आज प्राण प्रतिष्ठा महोत्सवको शोभा यात्रा कृष्णनगरमा सम्पन्न भएको छ। मारवाड़ी सेवा समितिको आयोजना तथा श्याम भक्त मंडलको संयोजकमा शोभायात्रा निकालिएको जानकारी आशु कंछलले दिए। भव्य प्राण प्रतिष्ठा महोत्सव ६,७,८ जुलाईमा श्री श्याम बाबा एवम् नव निर्मित मंदिर माँ काली जी, श्री लक्ष्मी नारायण भगवान्, श्री हनुमान जी, लगामतको मूर्ति हरूको प्राण प्रतिष्ठा हुने जानकारी गराइएको छ। राणी सती मंन्दिर( पडाव) बढ्नी बाट निकालिएको शोभा यात्रा गोलाबजार, मालगोदाम रोड हुदै कृष्णनगर बजार नगर परिक्रमा गरि लक्ष्मी नारायण मन्दिरमा शोभायात्रा समापन भएको थियो। मनोज कानोडिया,राजकुमार टिबडेवाल, मनीष सिंघल, विक्रम सिंघल, राम अवतार अग्रवाल, अरबिंद अग्रवाल, हिमांशु अग्रवाल, आशिष अग्रवाल, चेयरमैन उमा अग्रवाल प्रतिनिधि रवि अग्रवाल, बढ्नी चेयरमैन सुनील कुमार अग्रहरि, लगा...
परिवर्तन अभियान नेपालद्वारा एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान

परिवर्तन अभियान नेपालद्वारा एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान

ब्यानर समाचार 2, समाचार
काठमाडौँ । परिवर्तन अभियान नेपालले शुक्रबार राजधानीको तारकेश्वर नगरपालिकाबाट एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरेको छ । प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमबाट विद्यार्थीहरूलाई सम्मान गरिएको अध्यक्ष सुशील भट्टले जानकारी दिए । उनका अनुसार तारकेश्वरबाट ४ जीपीए ल्याएर ६ जना उत्तीर्ण भएका छन् । उनीहरूलाई प्रमाणपत्रसहित सम्मानित गरिएको भट्टले जानकारी दिए । यस्तै सोही कार्यक्रमबाट नगरपालिकाका उपस्थित अन्य एसईई विद्यार्थीमा सफललाई पनि बधाईसहित प्रमाणपत्र प्रदान गरिएको थियो । २०८० को एसईईमा तारकेश्वरबाट सरकारीबाट ५२९ र निजीबाट ११७७ जना विद्यार्थी उत्तीर्ण भएका थिए । उनीहरु सबैलाई सम्बन्धित विद्यालयमार्फत परिवर्तन अभियान नेपालले प्रमाणपत्र हस्तान्तरण गर्ने भट्टले जानकारी दिए । यस्तै अभियानले विद्यालयहरुलाई पनि सोही अवसरमा सम...
कृष्णनगरमा मनाइयो अन्तर्राष्ट्रीय योग दिवस

कृष्णनगरमा मनाइयो अन्तर्राष्ट्रीय योग दिवस

समाचार
कपिलवस्तु, अषाढ ७ अन्तर्राष्ट्रीय योग दिवसको अवसरमा कृष्णनागर् नागरपालिक नागरिक आरोग्य सेवा केंद्र कृष्णनागर् ले आफु र आफ्नो समाजका लागि योग मूल नाराका साथ राम जानकी मन्दिरमा बिधिवत योगाभ्यास को कर्यक्रम आयोजना गरि अंतर्राष्ट्रीय योग दिवस मनाएको छ। कृष्णनगर नगरपालिका वडा नं २ को वाडाध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षता प्रमुख प्रशासकीय अधिकृत खेम राज देवकोटाको प्रमुख अतिथ्यतामा संचालित कर्यक्रममा कपिलवस्तु आयुर्वेद स्वस्थ केंद्रका बरिष्ठ कबीराज हरि लाल उपाध्यायले बिधिवत योग अभ्यास गराएका थिए। प्रमुख प्रसकीय अधिकृत देवकोटाले शिर्षासन गरि कर्यक्रमको समुद्घाटन गर्नुभयो उक्त अवसरमा आफ्नो जीवनमा योगको अपरिहार्यता र आफ्नो समाजको स्वस्थता का लागि योग अति अवस्यक रहेको कुरामा जोड़ दिनुभयो। वडा नं ४ का वडाध्यक्ष घनश्याम बनिया, ११ का वडा अध्यक्ष जीवन श्रीवास्तव आयुर्वेद नगर अभियंता संजय ...
निर्जला एकादशीको अवसरमा  कृष्णनगरको हनुमान मन्दिरमा प्रसाद वितरण

निर्जला एकादशीको अवसरमा कृष्णनगरको हनुमान मन्दिरमा प्रसाद वितरण

समाचार
कपिलवस्तु, अषाढ ४ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ हनुमान टोलमा रहेको यस क्षेत्रकै हनुमानको ठूलो प्रतिमा भएको हनुमान मन्दिरमा आज एक कार्यक्रम बिच प्रसाद वितरण गरिएको छ। आज कृष्णनगरका स्थानीय युवाहरु निर्जला एकादशी तथा जेष्ठ महिनाको अन्तिम मंगलवारको अवसर पारेर भक्तजन हरूमा प्रसाद वितरण गरिएको छ। यस क्षेत्रको आस्थाको केन्द्रका रूपमा रहेको हनुमान मन्दिर प्रति स्थानीय हरूको ठूलो आस्था रहेको तथा मंगलवार हनुमान चालिसाको पाठ संगै मंगलवारका दिन प्रायजसो प्रसाद वितरण गर्दै आएको स्थानीयले बताएका छन्। स्थानीय युवा आषिस कौशल, आशिष अग्रवाल, हिमांशु श्रीवास्तव, वृजेश कुमार गुप्ता, बजरंगी गुप्ता, विकाश श्रीवास्तव, विकास चतुर्वेदी, जीवन श्रीवास्तव,लगायत स्थानीय युवा हरूको सक्रियतामा प्रसाद वितरण गरिएको जानकारी गराइएको छ। स्थानीय युवा, समाजसेवी, भक्तजन, लगायत प्रसाद वितरण मा वृहत...
उपाध्यक्ष मशहूद तथा अल्कूफीले दिए बकर ईदको शुभकामना

उपाध्यक्ष मशहूद तथा अल्कूफीले दिए बकर ईदको शुभकामना

ब्यानर समाचार 2, समाचार
कपिलवस्तु , अषाढ २ लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली तथा राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कूफीले स्लाम धर्मावलम्वीहरुको ठुलो पर्व बकर ईद (इद–उल–जोहा) को अवसरमा सम्पूर्ण मुस्लिम समुदायलाई शुभकामना व्यक्त गर्दै शुभकामना दिएका छन् । शुभकामना सन्देश दिँदै खाले  नेपाल बहु जातीय, बहुभाषिक, बहु सांस्कृतिक र बहु धार्मिक देश भएको भन्दै विविधता हाम्रो आकर्षण र विविधता भित्रको एकता नै नेपालको पहिचान भएको बताउनुभएको छ । अल्कूफीले शुभकामना संदेश दिदै बताएकी बहु धर्म र बहुसँस्कृतिले हाम्रो समाजलाई पारस्परिक सम्मान सहित अघि बढ्न अभिप्रेरित गरिरहेका छन् ।  लामो सङ्घर्षपछि हामीले संविधानसभाबाट नयाँ संविधान निर्माण गर्ने महत्त्वपूर्ण उपलब्धि हासिल गर्नुका साथै समाजका विविध क्षेत्रमा उठेका मागहरूको सम्बोधन तथा नयाँपनलाई समेत अवलम्...
शैक्षिक गुणस्तर बढाउन हरेक सम्भव प्रयास गरिने:- नगर प्रमुख शाह, कृष्णनगर नगरपालिका

शैक्षिक गुणस्तर बढाउन हरेक सम्भव प्रयास गरिने:- नगर प्रमुख शाह, कृष्णनगर नगरपालिका

ब्यानर समाचार 2, समाचार
कपिलवस्तु, अषाढ २ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १० मा रहेको श्री नेत्र ज्योति (०-१२) माध्यमिक विद्यालय सौनहवामा एक कार्यक्रमका बिच ६ कोठे भवनको नगर प्रमुख रजत प्रताप शाह द्वारा समुद्घाटन गरिएको छ। कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर शाहले नगर भित्रका विद्यालयको शैक्षिक गुणस्तरमा सबै सरोकारवाला ले ध्यान दिनुपर्ने बताउदै आफू तथा नगरपालिका बाट शैक्षिक गुणस्तर बढाउन हरेक सम्भव प्रयास गरिने बताए। कार्यक्रममा बोल्दै कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृ खेमराज देवकोटाले नगर भित्रका विद्यालयको भौतिक, शैक्षिक अवस्था सुधार गर्न हरेक व्यक्तिले आ आफ्नो स्तर बाट पहल गर्नु पर्ने बताए। समुद्घाटन कार्यक्रममा बोल्दै वडाध्यक्ष हरिपाल चतुर्वेदीले यो स्कूल निर्माण गर्न हाम्रा पूर्खा हरूको ठूलो योगदान रहेको तथा यस विद्यालयको आफू सधैं उन्नति र प्रगतिमा हातेमालो गर्दै आएको बताए। ...
मेरो स्वास्थ्य मेरो जिम्मेवारी अभियानले कृष्णनगरका नागरिक लाभान्वित

मेरो स्वास्थ्य मेरो जिम्मेवारी अभियानले कृष्णनगरका नागरिक लाभान्वित

ब्यानर समाचार 2, समाचार
कृष्णनगर, जेष्ठ २४ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा रहेको नागरिक आरोग्य सेवा केन्द्रले नागरिक सचेतन मूलक कर्यक्रम अभियान लाई तिब्रता दिदै आएको छ। नगर क्षेत्रका प्रत्येक वार्डका जन समुदाय लाई मेरो स्वस्थ मेरो जिम्मेवारीको बोध गराउने उदेश्यका साथ अगुवा हरु लाई तालीमका मध्यम द्वारा सचेत गराउदै समुदायका व्यक्ति हरूलाई समेत समय समयमा आग्रह गर्दै आएको छ। बढ्दो दीर्घ कालीन न सर्ने रोग बाट बच्नका लागि आहार बिहार दिनचर्यामा आमूल परिवर्तनको खाचो रहेको जनकारी कबीराज डॉ नागेश्वर मिश्रले दिनुभयो । वार्ड नं ५ को पुरुषोत्तमपुर बाट शुरू भएको अभियानको दोस्रो दिन वार्ड न ११ मा वार्ड अध्यक्ष जीवन श्रीवास्तवको अध्यक्षता मा संचालन भएको कार्यक्रममा बोल्दै कर्यक्रमका प्रमुख अतिथि नगर प्रमुख रजत प्रताप शाहले आफ्नो नगर का नागरिक लाई स्वस्थमा समृद्ध बनाउन आफु सदैव तत्पर रहेको र गाउँ घर क्लिनिक, न...
एघारौं अधिवेशन तथा व्यापारी हरूको समस्या बारे कृष्णनगरमा वृहत छलफल

एघारौं अधिवेशन तथा व्यापारी हरूको समस्या बारे कृष्णनगरमा वृहत छलफल

समाचार
कृष्णनगर , जेठ २० । उद्योग वाणिज्य संघ कृष्णनगरले आज राखेकाे अनाैपचरिक भेलामा आउंदाे एघारौं अधिवेसन सर्वसम्मत मै गर्ने वक्ताहरुले जाेड दिएका छन । कृष्णनगर क्षेत्रका स्थानीय व्यापारी, जनप्रतिनिधि , समाजसेवीकाे अनौपचारिक भेलाले उद्योग वाणिज्य संघ कृष्णनगरकाे अधिवेसन सहमतिमा गर्ने जाेड दिएका हुन । छलफलका क्रममा अधिकांश वक्ताले नया कार्यसमिति चयन सहमति मै गर्न सुझाव दिएका थिए । देशको आर्थिक अवस्था स्थिर नरहेकाेले सटरभाडा समेत तिर्न नसकेकाे अवस्था देशै भरि रहेकाेले अनावश्यक खर्चबाट बच्न संघकाे कार्यसमिति चयन निर्वाचनमा जानुभन्दा भन्दा सहमति मै जांदा बेस हुने नेपाली कांग्रेसका नेता एवं पुर्व सांसद अभिषेक प्रताप शाहकाे भनाई थियाे । कार्यक्रममा बाेल्दै पुर्व सांसद शाहले व्यापारी वर्ग संघलाई राजनीतिकरण गर्नुभन्दा कृष्णनगर बजारलाई सजिव बनाउनेतिर लाग्नुपर्ने सुझाव दिएका थिए । दुई बर्ष काेराेना लक...
रेखा जोशी र रुपेश बोहराको स्वर रहेको गीत “रुप्स्या माया” सार्वजनिक

रेखा जोशी र रुपेश बोहराको स्वर रहेको गीत “रुप्स्या माया” सार्वजनिक

समाचार
काठमाडौँ । रेखा जोशी र रुपेश बोहराको स्वर रहेको गीत "रुप्स्या माया" सार्वजनिक भएको छ । रुपेश सिंह बोहराको लय, शब्द र प्रतिमा बम्मको अभिनयमा रहेको देउडा गीत "रुप्स्या माया" हाम्रो नेपाली आवाज युट्युब च्यानलबाट सार्बजनिक भएको छ। यो सूदुर तथा कर्णाली प्रदेशमा प्रचलित देउडा भाका अन्तर्गत पर्दछ। मारुनी डिजिटलमा रेकर्ड भएको यस गीतको कोरस आवाजमा संगीता बडुवाल, कल्पना मल्ल, महेश भट्ट र रेबन सुबेधीले साथ दिएका छन् भने यस गीतलाई केशब बडूले एरेन्ज गरेका हुन् । गीतको रेकर्डिङ सुमन राना अनि मिक्सिङ कुमार रानाले गरेका छन् । महेश महाराले छायांकन गरेको उक्त गीतलाई लामो समयदेखि देउडा गीत संगीत निर्देशन गर्दै आएका भिम थापाले भिडियो निर्देशन गरेका छन् भने प्रबिन रेश्मी मगरले सम्पादन गरेका छन् ।...
प्रेस सेन्टर ककनी गाउँपालिका कमिटि गठन

प्रेस सेन्टर ककनी गाउँपालिका कमिटि गठन

समाचार, समाज
ककनी- प्रेस सेन्टर नेपालको गाउँपालिका स्तरीय प्रथम भेलाले नुवाकोटको ककनी गाउँपालिका अध्यक्षमा दिपेश न्यौपाने चयन भएका छन् । शुक्रवार रानीपौवामा बसेको भेलाले उनलाई अध्यक्षमा चयन गरेको हो । प्रेस सेन्टर नेपालको पालिका स्तारीय कमिटि गठन गर्ने क्रममा शुक्रवार नुवाकोटका अध्यक्ष रामहरि गजुरेलको अध्यक्षतामा बसेको भेलाले न्यौपानेसहित ६ सदस्यीय समिति गठन गरेको हो । कमिटिको सचिवमा पुण्यप्रभा ढुंगाना, कोषध्यक्षमा शंकर नेपाली सदस्यहरुमा सागर ढुंगाना, रमित बलामी र सुस्मिता घिमिरे चयन भएका छन् भने बाकीँ सदस्य कमिटिले आगामी दिनमा चयन गर्ने छ । आयोजित भेलाका प्रमुख अतिथि ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ सज्जनले गाउँपालिकामा गठन भएको कमिटिलाई बधाई दिदैँ गाउँपालिकाले गरेका कामहरुको प्रचारप्रसार लगाएत गाउँपालिका भित्र हुने गतिविधिलाई संचारका माध्ययमका मार्फत आम मानिससम्म पुर्याउन सहयोग गर्ने आश...