इलाका प्रहरी कार्यालय, गणेशपुरको नागरिक सुनवाई कार्यक्रम सम्पन्न
कपिलवस्तु, असोज २१
कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं ७ मा रहेको राम लौटन द्रोपदी माध्यमिक विद्यालयमा आज इलाका प्रहरी कार्यालय गणेशपुरको नागरिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ।
इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक हर्ष बहादुर चन्दको अध्यक्षता विशिष्ट अतिथामा विजयनगर गाउँपालिका प्रवक्ता तथा वडा नं ७ का वडाध्यक्ष दिनेश कुमार चौधरी तथा वडा नं ५ का वडाध्यक्ष अनवार अहमद रहेका थिए।
कार्यक्रममा उपस्थित माझ जानकारी गराउदै प्रहरी निरिक्षक चन्दले आर्थिक बर्ष २०८०/८१ मा १८ ओटा मुद्दा दर्ता भएको चार वटा मुद्दा किनारा लागि सकेको १४ वटा अझै फैसला हुन बाकी रहेको, ५१ वटा ठाडो निवेदन परेको जस्मा ४५ वटा किनारा लागि सकेको तथा ६ वटा अझै बाकी रहेको, विभिन्न समयमा नागरिक प्रहरी सहकार्य कार्यक्रम मार्फत जनचेतना मूलक कार्यक्रम गर्दै आएको
जानकारी गराउदै उपस्थित जन समुदाय माझ प्रहरीले...









