Friday, March 13
Shadow

समाचार

जर्जिया राज्यमा तेस्रो पटक भएको मतगणनामा पनि जो बाइडेन विजयी

जर्जिया राज्यमा तेस्रो पटक भएको मतगणनामा पनि जो बाइडेन विजयी

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, राजनिती, समाचार
काठमाडौ,मंसिर २३ अमेरिकाको जर्जिया राज्यमा तेस्रो पटक भएको मतगणनामा पनि जो बाइडेन विजयी हुनुभएको छ । गएको नोभेम्बर ३ मा भएको चुनावमा धाँधली भएको आफूबाट नतिजा खोसिएको आरोप बिना प्रमाण लगाउँदै आएका राष्ट्रपति डोनाल्ड ट्रम्पको आग्रहमा जर्जियामा तेस्रोपटकसम्म मतगणना हुँदा बाइडेन नै विजयी घोषित हुनुभएको हो । सुरुका दुई चरण जस्तै तेस्रो चरणको मत गणनामा पनि ट्रम्प बाइडेन भन्दा पछाडी पर्नुभएको छ । रिपब्लिकनहरुको पकड रहँदै आएको राज्य जर्जियामा बाइडेनले ट्रम्पलाई १२ हजार मतले पछि पार्नुभएको हो । रिपब्लिकन ब्राडले राष्ट्रपति ट्रम्प र उनको टिमबाट लगातार बिना प्रमाण आधारहिन चुनावी धाँधलीको आरोप लगाइरहँदा त्यसले राज्यलाई असर गरिरहेको समेत बताइएको छ । यता ट्रम्पले भने अझै पनि बिना प्रमाण धाँधलीको आरोप लगाउँदै हार स्वीकार गरिसक्नुभएको छैन । राष्ट्रपतिमा निर्वाचित बाइडेनले आउँदो जनवरी २० मा अमे...
दुई वर्षपछि मैदानमा आमने–सामने हुँदै मेस्सी र रोनाल्डो

दुई वर्षपछि मैदानमा आमने–सामने हुँदै मेस्सी र रोनाल्डो

अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
काठमाडौ, मंसिर २३ विश्वका दुई फुटबल स्टार लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो मंगलबार राति आमने–सामने हुँदै छन्।बेग्र प्रतिक्षापछि दुई वर्षमा पहिलोपटक यी दुई स्टारलाई एकै मैदानमा हेर्न पाइने भएको हो। च्याम्पियन्स लिगको समूह जीको अन्तिम ग्रुप स्टेज खेलमा बार्सिलोना र युभेन्ट्सबीच आज राति प्रतिस्पर्धा हुन लागेको हो।खेल नेपाली समयअनुसार आजराति १ बजेर ४५ मिनेटमा बार्साको घरेलु मैदान क्याम्प नाउँमा सुरुवात हुनेछ। बार्साको तर्फबाट मेस्सी र युभेन्ट्सको तर्फबाट रोनाल्डोलाई फुटबल मैदानमा लोमो समयपछि आज देख्न पाइनेछ।समूह जीको अंक तालिका अनुसार बार्सिलोनाले ५ खेलबाट १५ अंक जोडेको छ भने युभेन्ट्सले समान खेलमा १२ अंक बनाएको छ। डाइनामो किभ र फेरेन्कभारोसको समान एक–एक अंक छ। अन्तिम खेल मात्र बाँकी भएकाले अब बार्सा र युभेनट्स प्रि–क्वार्टर फाइनलमा प्रवेश गर्नेछन्।सन् २०१८ मा रोनाल्डो य...
मह उत्पादनमा  कमी, मूल्य वृद्धि

मह उत्पादनमा कमी, मूल्य वृद्धि

आर्थिक, कृर्षि, समाचार, स्थानिय तह
काठमाण्डौँ, मंसिर २३ दाङ जिल्लामा मह उत्पादनमा गत वर्षको भन्दा कमी आएको छ भने मूल्यमा वृद्धि भएको छ । गत वर्ष हाल सम्म करिव ३ – ४ पटकसम्म मह काडेका कृषकहरुले यस वर्ष २ पटक पनि मह काड्न नपाएकोमा चिन्तित बनेका छन् । यस वर्ष पानी नपरेपछि तोरी पनि छिटो सुकेको र चिउरीको फूलमा पनि किरा देखा परेको कारण मह उत्पादनमा कमी भएको कृषकहरुको भनाइ छ । उत्पादन लिन नसकिने भएपछि अहिले जिल्लामा रहेका माहुरी कृषकहरुले चरणका लागि बाहिरी जिल्लामा लैजान थालेका छन् । जिल्लाबाट कैलाली, बर्दिया, कपिलवस्तु लगायतका स्थानमा माहुरी चराउनको लागि लगिएको छ । यता कृषि ज्ञान केन्द्रले जिल्लामा समग्र रुपमा मह उत्पादनमा कमी नहुने जनाएको छ । यस बर्ष हालसम्म जिल्लामा करिव साढे ३ सय मेट्रिक टन मह उत्पादन भएको छ । भने यस वर्ष ६ सय मेट्रिक टन उत्पादन हुने लक्ष्य रहेको छ । गत वर्ष जिल्लामा साढे ४ सय मेट्रिक टन मह उत्पादन भए...
मलेखुको माछा बजारमा चहल पहल

मलेखुको माछा बजारमा चहल पहल

आर्थिक, कृर्षि, समाचार
काठमाण्डौँ, मंसिर २३ लामो समयदेखी कोरोना संक्रमणको त्रासका कारण सुनसान बनेको धादिङको मलेखुको माछा बजारमा पर्यटकीय चहल पहल बढ्न थालेको छ । राजमार्गमा सवारी साधनहरुको चापसँगै निजी सवारीका साधनहरु दैनिक जसो वृद्धि हुन थालेपछि मलेखु बजारमा आन्तरीक पर्यटकहरुको चहलपहल बढेको हो । मलेखु मात्र नभई सुनसान बनेको धादिङको अन्य बजारहरुमा पनि केही दिन यता मानिसहरुको चाप वृद्धि भएको छ । झण्डै आठ महिनापछि पृथ्वी राजमार्गमा साविकको जस्तै सवारी सञ्चालनमा आएसगै राजमार्गहरुमा रहेका व्यापार ब्यवसायहरुमा सकारात्मक असर देखा पर्न थालेको छ ।...
मोरङमा शिक्षकको गोली हानी हत्या

मोरङमा शिक्षकको गोली हानी हत्या

अपराध, जिवनसैली, समाचार, समाज
  काठमाडौ,मंसिर २३ मोरङमा एक शिक्षकको गोली हानी हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक लोक दर्शन थापाले  मिक्लाजुङ गाउँपालिकाका वडा नम्बर १ का शिक्षकको हत्या भएको जानकारी दिए । उनले घटनाबारे थप विवरण आउन बाँकी रहेको भन्दै प्रहरी टोली घटनास्थलमा जाँदै गरेको बताए । प्रारम्भिक जानकारी अनुसार ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा विप्लव समूहको संलग्नता आशंका गरिएको उनले बताए ।  श्रेष्ठ स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक रहेको बताइएको छ । प्रहरीका अनुसार मंगलबार बिहान साढे ५ बजेतिर उनी अपहरणमा परेको खबर प्रहरीमा पुगेको थियो  । लगत्तै उनको खोजी कार्यमा प्रहरी परिचालन भएकोमा  शव जंगलमा फेला परेको प्रहरीले जनाएको छ ।...
बञ्चरेडाँडामा पुस पहिलो साताबाट काठमाडौँको फोहर विसर्जन गरिने

बञ्चरेडाँडामा पुस पहिलो साताबाट काठमाडौँको फोहर विसर्जन गरिने

ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, मंसिर २३ बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्याण्डफिल साइटमा पुस पहिलो साताबाट फोहर व्यवस्थापन गर्न सकिने शहरी विकास मन्त्रालयले जानकारी गराएको छ । निर्माणले गति लिएको भन्दै मन्त्रालयले पुस पहिलो सातादेखि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्न सकिने बताएको हो । केही समय कोरोना भाइरस सङ्क्रमणका कारण काम हुन नसकेको र निर्माण कम्पनीको आलटालका कारण काम नभए पनि अहिले काम तीव्र गतिमा भइरहेको मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीले जानकारी दिए । उनका अनुसार ल्याण्डफिल साइट निर्माणको कामअन्तर्गत अहिले माटो मिलाउने काम भइरहेको छ । दुई हप्ताअघि शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले स्थलगत अवलोकनका क्रममा यही मङ्सिर १५ गतेदेखि फोहर व्यवस्थापन गर्न मिल्ने गरी काम गर्न निर्माण कम्पनीलाई निर्देशन दिए । हाल निर्माण भइरहेको दीर्घकालीन ल्याण्डफिल साइट नुवाकोट र धादिङको सी...
नेपालमा थप १०१४ जनामा कोरोना भाइरसको संक्रमण, ६ हजार २२० जनाको पिसिआर परीक्षण

नेपालमा थप १०१४ जनामा कोरोना भाइरसको संक्रमण, ६ हजार २२० जनाको पिसिआर परीक्षण

ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाण्डौँ, मंसिर २२ पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १४ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। सोमबार थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। पछिल्लो २४ घण्टामा ६ हजार २२० जनाको पिसिआर परीक्षण भएको छ। नेपालमा हालसम्म १७ लाख ९० हजार ७३९ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ५२७ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये १२ हजार ९४८ जना सक्रिय संक्रमित छन्। आज १६२८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख २७ हजार ४३३ पुगेको छ।...
बुधसिंघाट कृषि  सहकारी संस्थाको ९औं बार्षिक साधारण सभा सम्पन्न

बुधसिंघाट कृषि सहकारी संस्थाको ९औं बार्षिक साधारण सभा सम्पन्न

आर्थिक, समाचार, स्थानिय तह
काठमाण्डौँ, मंसिर २२ नुवाकोटको विदुर नगरपालिका वडा नं ३ मैरिटर स्थित बर्तमानमा बचत भबिस्यमा सुरक्षा उद्देश्यको साथ शनिवार श्री बुधसिंघाट कृषि सहकारी सं लि को ९ औं बार्षिक साधारणसभामा वडा अध्यक्ष बद्री प्र रिमालको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । कार्यक्रममा सहकारीका कोषाध्यक्ष बिष्णुलाल श्रेष्ठले आ.ब २०७७र७८ को आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । गत बर्ष रु १२,६९,०६६.३३ बर्तमान पुजीं रु १७,५९,४२७.६८ रहेको यो बर्ष रु ४,९०,३६१.३३ मुनाफा गर्न सफल रहेको छ । जुन मासिक रु ५०० बचत रकमलाई आफ्नो सदस्यहरुलाई ऋण प्रवाह गर्दै व्याज र यन्त्र उपकरण ,मल को सानो सानो रकमलाई संकलन गर्दै आएको अध्यक्ष हरि प्रसाद वस्तीले बताउनु भएको छ । कार्यक्रममा वडा नं ३ सदस्य प्रदिप घिमिरे,कृस्न प्रसाद धिताल, शुसिला वस्ती नारायण प्र वस्ती,दीपक ठकुरी ,ज्ञान ब. राई तारेकेश्वर भेटफर्माका दीपक अधिकारीले स...
रहेनन् अब गायक जगतमर्दन थापा

रहेनन् अब गायक जगतमर्दन थापा

समाचार, स्वास्थ्य
काठमाडौं, मंसिर २२ गायक जगतमर्दन थापाको निधन भएको छ । उपचारको क्रममा रहेका ८२ वर्षीय गायक थापाको सोमबार बिहान निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । श्वासप्रश्वास सम्बन्धी समस्याका कारण उनलाई केही दिनदेखि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । त्यसअघि गायक थापा कोरोना भाइरसको संक्रमण जित्न सफल भएका थिए । १९९५ असार १७ मा जन्मिएका थापा २०२० देखि गायनमा सक्रिय रहँदै आएका थिए । उनको नयाँ एल्बमको तयारी भइरहेको थियो । उनका ‘भन लौ तिमी नढाँटी’, ‘आशाको दियो बालेर’, ‘माया लुकाइ लुक्दैन’ सहितका दर्जनौं गीत चर्चित छन् । उनको सोमबार नै अन्त्येष्टि गरिने परिवारले जनाएको छ...
नेपाल र चीनले भोलि संयुक्तरुपमा सगरमाथाको उचाइ घोषणा गर्ने

नेपाल र चीनले भोलि संयुक्तरुपमा सगरमाथाको उचाइ घोषणा गर्ने

ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौँ, मंसिर २२ नेपाल र चीनले भोलि संयुक्तरुपमा भोलि सगरमाथाको उचाइ सार्वजनिक गर्ने भएका छन् । नापी विभागले आज पत्रकार सम्मेलन गरेर यस्तो जानकारी गराएको हो । नेपालका तर्फबाट पनि यसअघि सगरमाथाको उचाइ मापन गरिएको थियो । दुवै तर्फका अधिकारीहरुले भोलि संयुक्तरुपमा उचाइ सार्वजनिक गर्ने भएका हुन् । नापी विभागका महानिर्देशक प्रकाश जोशीले फिल्ड सर्वेबाट प्राप्त तथ्यांकसमेत नापी विभागकै जनशक्तिबाट आफ्नै प्रयोगशालामा प्रशोधन गरेको तथ्यांक र चीनको समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल गरेर संयुक्तरुपमा सगरमाथाको उचाइ घोषणा गरिन लागेको जानकारी गराए । चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणका बेलामा नेपाल र चीनले संयुक्तरुपमा उचाइ घोषणा गर्ने सहमति भएको थियो ।...