Thursday, April 25
Shadow

रहेनन् अब गायक जगतमर्दन थापा


  • -इ
  • इ+

काठमाडौं, मंसिर २२
गायक जगतमर्दन थापाको निधन भएको छ । उपचारको क्रममा रहेका ८२ वर्षीय गायक थापाको सोमबार बिहान निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

श्वासप्रश्वास सम्बन्धी समस्याका कारण उनलाई केही दिनदेखि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । त्यसअघि गायक थापा कोरोना भाइरसको संक्रमण जित्न सफल भएका थिए ।

१९९५ असार १७ मा जन्मिएका थापा २०२० देखि गायनमा सक्रिय रहँदै आएका थिए । उनको नयाँ एल्बमको तयारी भइरहेको थियो । उनका ‘भन लौ तिमी नढाँटी’, ‘आशाको दियो बालेर’, ‘माया लुकाइ लुक्दैन’ सहितका दर्जनौं गीत चर्चित छन् ।

उनको सोमबार नै अन्त्येष्टि गरिने परिवारले जनाएको छ

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares