Friday, April 26
Shadow

दुई वर्षपछि मैदानमा आमने–सामने हुँदै मेस्सी र रोनाल्डो


  • -इ
  • इ+

काठमाडौ, मंसिर २३
विश्वका दुई फुटबल स्टार लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो मंगलबार राति आमने–सामने हुँदै छन्।बेग्र प्रतिक्षापछि दुई वर्षमा पहिलोपटक यी दुई स्टारलाई एकै मैदानमा हेर्न पाइने भएको हो।

च्याम्पियन्स लिगको समूह जीको अन्तिम ग्रुप स्टेज खेलमा बार्सिलोना र युभेन्ट्सबीच आज राति प्रतिस्पर्धा हुन लागेको हो।खेल नेपाली समयअनुसार आजराति १ बजेर ४५ मिनेटमा बार्साको घरेलु मैदान क्याम्प नाउँमा सुरुवात हुनेछ।

बार्साको तर्फबाट मेस्सी र युभेन्ट्सको तर्फबाट रोनाल्डोलाई फुटबल मैदानमा लोमो समयपछि आज देख्न पाइनेछ।समूह जीको अंक तालिका अनुसार बार्सिलोनाले ५ खेलबाट १५ अंक जोडेको छ भने युभेन्ट्सले समान खेलमा १२ अंक बनाएको छ।

डाइनामो किभ र फेरेन्कभारोसको समान एक–एक अंक छ। अन्तिम खेल मात्र बाँकी भएकाले अब बार्सा र युभेनट्स प्रि–क्वार्टर फाइनलमा प्रवेश गर्नेछन्।सन् २०१८ मा रोनाल्डो युभेन्ट्समा आवद्ध भएका थिए। त्यसयता मेस्सी र रोनाल्डोलाई एकै मैदानमा देख्न पाइएको थिएन।

अबभने विश्वकै दुई स्टारलाई एकै मैदानमा देख्ने फुटबल समर्थकको धोको पुरा हुन लागेको हो। मेस्सी ६ पटकका बालुन डि’ओर विजेता हुनभने रोनाल्डोले यस अवार्ड पाँचपटक जितेका छन्।

च्याम्पियन्स लिगमा रोनाल्डो सर्वाधिक गोलकर्ता हुन्। रोनाल्डोको १३२ गोल छ भने दोस्रो सर्वाधिक गोलकर्ता मेस्सीले यस लिगमा ११८ गोल गरेका छन्।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares