Saturday, April 27
Shadow

बेल्कोटगढी नगरपालिका : पर्यटकिय सम्भावना र ऐतिहासिक महत्व


  • -इ
  • इ+


काठमाण्डौँ, पुष १०
बेल्कोटगढी नगरपालिका प्राकृतिक सौन्दर्यताले भरिपूर्ण रहेको छ । यहाका मानिसका मुख्य पेसा भनेको कृषि हो । यस क्षेत्रमा गहुं, मकै, धान,जौ, फापर, तथा अन्य धैरै खाद्यान्न बाली तथा नगदे बालीको रुपमा आलु, गोलभेडा, सिमी, जस्ता थुप्रै बालीहरु लगाइन्छ ।

प्राकृतिक हिसाबले सम्पन्न भएपनि यस क्षेत्रमा उचित सेवा सुविधाका कारणले किसानहरुले आफुले सोचेजस्तो लाभ लिन सकेका छैनन् । दुइपिपल, रातमाटे,कुमरी, जिलिङ, बेल्कोट,मदानपुर यस नगरपालिकाको मुख्य कृषि क्षेत्रमा पर्दछ । धेरै क्षेत्रफल ओगटेको यस नगरमा बिभिन्न क्षेत्रमा बिभिन्न प्रकारका खाद्य बाली तथा नगदे बाली उत्पादन हुन्छ । नगरपालिकाको कुल क्षेत्रफल १५५.६ बर्ग किलोमिटर रहेको छ, भने कुल जनसंख्या ३ लाख ९ हजार ८ सय ८८ रहेको छ । १३ वटा वडामा बिभाजन गरिएको यस नगरको पूर्बमा ककनी गाउपालिका छ भने पश्चिममा धादिङ जिल्ला रहेको छ।

चिम्टेश्वर महादेबको मन्दिर यस नगरको प्रमुख पर्यटकीय स्थल हो । समुन्द्री सतहबाट करिब दुइहजार मिटरको उचाइमा रहेको बेल्कोटगढीलाई राजनितिक,सामाजिक एवम् ऐतिहासिक दृष्टिकोणको हिसाबले पनि महत्वपूर्ण मानिन्छ । बेल्कोटमा निरञ्जना भगवती माई मन्दिर स्थापना गरिएको छ जहा चारैतिर ढुङ्गाको पर्खाल लगाइएको छ र बिचमा एउटा खम्बा गाडिएको छ । उक्त खम्बामा दशैको नवमीमा बलि दिनुका साथै मेला पनि लाग्ने गर्दछ । निरञ्जना भगवती माई मन्दिरमा प्रत्येक वर्षको विजया दशमीमा सामुहिक जमरा राख्ने प्रचलन समेत रहदैँ आएको छ ।

१८०१ मा नुवाकोटमा पृथ्बी नारायण शाह र उनका सैन्य बल अत्यन्तै बलिया र बहादुर थिए, उनीहरु आफूले चाहेका कुरा जसरी पनि हात पार्थे । यसैको ज्वलन्त उदाहरण एक रातमा निर्माण गरिएको बेल्कोट गढीलाई मान्न सकिन्छ । पृथ्बीनारायण शाहले चिम्टेश्वर क्षेत्रमा पुजा आराधना गरेपछि नुवाकोट माथि विजय प्राप्त गरेको भन्ने भनाई रहेको छ । यो नगर ऐतिहासिक तथा सांस्कृतिक रुपमा सम्पन्न क्षेत्र भएपनि यस क्षेत्रमा बिभिन्न सेवा सुबिधाका कमिका कारणले बिकसित हुन भने सकेको छैन ।

खानेपानी, स्वास्थ्य सुबिधा, उचित शिक्षा, तथा बाटोको भने बिकास हुन सकेको छैन । अहिलेको समयमा यस क्षेत्रमा अस्पतालको निर्माण हुनु एकदमै आवश्यकताको बिषय हो । यस क्षेत्रमा अस्पतालको बिकास भएमा यहाका मानिसहरुले उचित स्वास्थ्य सेवा सुबिधा पाउने छन्, र यातायतका कारणले समयमा बिरामी अस्पताल लान नसक्ने समस्याबाट मुक्त हुने छन् ।

ऐतहासिक तथा सांस्कृतिक क्षेत्र भएतापनि पूर्ण रुपमा बिकसित नभएको कारण जनताको जिवनस्तरमा सुधार हुन सकेको छैन । जिल्लाकै चर्चित ऐतिहासिक बेल्कोटगढी पर्यटकीय क्षेत्रको दृष्टिकोणले समेत महत्तवपूर्ण मानिन्छ । यसकारण यस क्षेत्रलाई पर्यटकीय स्थलका रुपमा समेत बिकास गर्न सकिने सम्भाबना रहेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares