Thursday, April 25
Shadow

संसद्‍ विघटनविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ आज, देला त निकास ?


  • -इ
  • इ+

काठमाडौं , पुस १० । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका सबै रिटको सुनुवाइ शुक्रबार संवैधानिक इजलासमा हुँदैछ । सर्वोच्चमा बुधबार भएको सुनुवाइपछि यी सबै मुद्दा संवैधानिक इजलासमा पठाइएको थियो ।

बुधबार रिट निवेदकको तर्फबाट भएको बहसपछि यी रिट संवैधानिक इजलासमा लैजाने निर्णय प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले गरेको हो ।एकसाथ शुक्रबार १३ रिटमाथि संवैधानिक इजलाशमा सुनुवाइ सुरु हुनेछ ।

संसद् भंग गर्ने निर्णय सम्बन्धी मुद्दा अदालतमा विचाराधिन भएकाले शुक्रबारको संवैधानिक इजलासमा हुने सुनुवाइलाई महत्वका साथ हेरिएको छ । आज प्रधानन्यायाधीश राणासहित पाँच न्यायाधीशको संवैधानिक इजलासले सुनुवाइ गर्नेछ ।बुधबार रिट निवेदकका तर्फबाट कृष्णप्रसाद भण्डारी, अधिवक्ता गोविन्द बन्दी, शम्भू थापा, हरिहर दाहाल, दिनेश त्रिपाठी, टीकाराम भट्टराई, कञ्चन कृष्ण न्यौपाने बसह गरेका थिए ।

प्रधानमन्त्री केपी ओलीले पुस ५ गते हठात रुपमा संसद विघटनको निर्णय गरे लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेकी थिइन् । संसद भंग भए लगत्तै सर्वोच्च अदालतमा त्यसका विरुद्ध १३ वटा रिट परेका हुन् ।

सुनुवाइमा विपक्षीसँग लिखित जवाफसमेत माग्नुपर्ने भएकाले आदेश आउन केही साता लाग्न सक्ने अनुमान छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares