Tuesday, April 30
Shadow

समाचार

सरकारले निजी अस्पताललाई कोरोनाको सूचीबाट हटायो

सरकारले निजी अस्पताललाई कोरोनाको सूचीबाट हटायो

मुख्य समाचार, समाचार, समाज, स्वास्थ्य
काठमाडौं, पुस १३। सरकारले कोरोना बिरामीका लागि शय्या, आईसीयू, भेन्टिलेटर अभाव नभएको भन्दै निजी अस्पताललाई कोभिड अस्पतालको सूचीबाट हटाएको छ । अब सरकारी अस्पताल र प्रयोगशालामा मात्रै कोभिडको निःशुल्क उपचार र परीक्षण गरिनेछ । निजीअन्तर्गतका मेडिकल कलेजमा भने कारोनाको उपचार हुने छ । समाचारअनुसार ‘हाललाई सरकारी अस्पतालमै कोरोना बिरामीका लागि जनरल बेड, आईसीयू र भेन्टिलेटर पर्याप्त उपलब्ध रहेकाले थप आवश्यक नभएसम्म निजी अस्पतालबाट दिइने निःशुल्क कोभिड उपचार परीक्षण सेवा स्थगन गरिएको छ, ’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले भने । उनका अनुसार आगामी दिनमा आवश्यक देखिए पुनः निजी अस्पतालहरूलाई निःशुल्क कोरोना उपचार केन्द्रका रूपमा परिणत गर्न सकिनेछ । स्वास्थ्य मन्त्रालयले आइतबार १२ बजेसम्म कोभिडमा सूचीकृत निजी अस्पतालहरूमा भर्ना भएर १० दिनसम्म उपचार गराउने संक्रमितहरूक...
कोरोनाबाट विदेशमा ३ सय १२ नेपालीहरुको मृत्यु , यस्तो छ पछिल्लो विवरण

कोरोनाबाट विदेशमा ३ सय १२ नेपालीहरुको मृत्यु , यस्तो छ पछिल्लो विवरण

मुख्य समाचार, समाचार, समाज
काठमाण्डौ, पुस १३ । पछिल्लो समय विदेशमा कोरोना भाइरस संक्रमणमुक्त हुने नेपालीको संख्या बढेको पाइएको छ । गैरआवासीय नेपाली संघले दिएको जानकारी अनुसार विदेशमा कोरोना संक्रमित मध्ये ९४ दशमलव ५ प्रतिशत नेपाली संक्रमण मुक्त भएका छन् । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिको तथ्यांक अनुसार शनिवार साँझसम्म विदेशमा ५२ हजार ८ सय ७२ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । ती मध्ये ४९ हजार ८ सय ९२ जना कोरोना मुक्त भएका छन् । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा।सन्जिव सापकोटाका अनुसार यो साता विदेशमा कोरोना भाइरसबाट कुनै मानवीय क्षति नभएको बताए । उनका अनुसार यो साता नाइजेरिया, इजिप्स, साउदी अबर, कुवेतमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको हो । कोरोना भाइरसका कारण नेपालमा एक एक हजार ८ सय १९ जनाको निधन भएको छ भने विदेशमा २१ देशमा ३ सय १२ जना नेपालीको कोरोना स...
जनकपुर–जयनगर रेल माघभित्र सञ्चालनमा आउने

जनकपुर–जयनगर रेल माघभित्र सञ्चालनमा आउने

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, पुस १३ । सरकारले दुई महिना पहिले भारतबाट ल्याएको रेल आउँदो माघभित्र सञ्चालनमा ल्याइने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जयनगर–कुर्था रेलमार्गमा सञ्चालनका लागि आवश्यक तयारी अघि बढाएको छ । अबको एकदेखि डेढ महीनाभित्रमा रेल सञ्चालन गर्न सकिने रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताए । उनका अनुसार आवश्यक मर्मत, तालीम र सफ्टवेयरको काम सकिएसँगै रेल सञ्चालन गरिनेछ । रेल सञ्चालनका लागि कर्मचारीलाई एकरदुई साताको तालीम आवश्यकपर्ने उनले जानकारी दिए। उनले भने, “त्यो सकिएपछि ढिलोमा माघको अन्तिमसम्ममा गर्ने लक्ष्य रहेको छ ।” भारतले निर्माण गरेको संरचना १५ देखि २० दिनमा तयारी हुने महानिर्देशक भट्टराईले बताए । उनका अनुसार भारतीय पक्षले यसमा काम गरिरहेका छन् । उनीहरुले गर्नुपर्ने काममध्ये थोरै काम बाँकी रहे पनि सञ्चालनमा समस्या नहुने उनको भनाइ छ । कम्प्युटरबाट नियन्त...
चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलले भेट्यो राष्ट्रपतिसँग , फुटिसकेको नेकपा मिलाउन सक्रिय

चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलले भेट्यो राष्ट्रपतिसँग , फुटिसकेको नेकपा मिलाउन सक्रिय

ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौ, पुस १३ । चिनियाँ कम्युनिस्ट पार्टीको एक प्रतिनिधिमण्डलले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौकोको नेतृत्वको टोलीले बेलुका ५ बजे शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेको हो । भेटमा समसामयिक राजनीतिक​ लगायतका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति भण्डारीसँगको भेटपछि चिनियाँ टोलीले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेट गर्ने बताइए पनि समय अभावका कारण आज भेटघाट हुने बताइएको छ । टोलीले नेकपाका शीर्ष नेताहरूसँग भेटघाट गर्ने स्रोतले जनाएको छ । तर यसबारे परराष्ट्र मन्त्रालयले कुनै पनि औपचारिक जानकारी दिएको छैन । बेइजिङबाट छङ्तुको बाटो हुँदै टोली दिउँसो सवा एक बजे काठमाण्डौ आइपुगेका हो । नेपालको पछिल्लो राजनीतिक घटनाक्रम बुझ्न चिनियाँ उच्च...
जसपाद्वारा कृष्णनगरमा बिरोध प्रदर्शन

जसपाद्वारा कृष्णनगरमा बिरोध प्रदर्शन

राजनिती, समाचार, स्थानिय तह
कृष्णनगर, पुस १२ जनता समाजबादी पार्टी (जसपा)ले आइतवार कपिलवस्तुको कृष्णनगरमा प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरित संसद विघटन गरेको भन्दै चरणवद्ध आन्दोलनमा उत्रिएको जसपाले आइतवार कृष्णनगरमा प्रदर्शन गरेको हो । यसैक्रममा कृष्णनगर नगरपालिकामा पनि प्रदर्शन भएको छ । जसपाका नेता र कार्यकर्ताले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमको बिरोध स्वरूप कृष्णनगरको लिंकगेटमा भेला भएका थिए । जसपाका नेता अकरम पठानले प्रधानमंत्री केपी ओलीले संसद विघटन गरेर संविधान विपरित काम गरेको बताए । संविधानको रक्षाका लागी जसपा को प्रत्येक कार्यकर्ता तत्पर रहेको समेत बताउनुभयो।साथै जसपाको बिरोध कार्यक्रममा सहभागी हुन समेत आग्रह गरे। विरोध प्रदर्शनमा बृजेश गुप्ता,अकिल अहमद, बजरंगी गुप्ता ,इंद्रदेव चौधरी जीवन श्रीवास्तव, गोपाल प्यारे चंदेल , छेदी प्र...
राष्ट्रपतिद्वारा पुस १७ गतेका लागि राष्ट्रिय सभा अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा पुस १७ गतेका लागि राष्ट्रिय सभा अधिवेशन आह्वान

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष १२ राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस १७ गतेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्यवान गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालकाे स‌ंविधानकाे धारा ९३ काे उपधारा १ बमाेजिम पुस १७ गते शुक्रबार दिउँसो ४ बजेका लागि राष्ट्रिय सभा अधिवेशन आह्यवान गरेको आइतबार राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जनाएका छन् । मन्त्रिपरिषद्को शुक्रबार राति बसेको बैठकले संघीय संसद् राष्ट्रिय सभाको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियाे । संघीय संसदको प्रतिनिधिसभा भने प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले विघटन गरेकी छन् । पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएको थियो । यसअघिको संसद् अधिवेशन असार तेस्रो साता अन्त्य भएको थियो । ...
नेकपा विवाद : धादिङका अध्यक्षद्वारा राजनीतिक सन्यासको घोषणा

नेकपा विवाद : धादिङका अध्यक्षद्वारा राजनीतिक सन्यासको घोषणा

मुख्य समाचार, राजनिती, समाचार, स्थानिय तह
काठमाण्डौं, पुष १२ सत्तारुढ नेकपा विभाजन भएसँगै नेकपाका नेताहरु आफ्नो स्वार्थ हेरेर गुट परिवर्तन गर्ने खेल चलिरहेको छ । कतिपयले विरासत त्यागेर मन्त्री हुन राजी भएका छन् । तर पार्टीका इमान्दार नेता कार्यकर्तालाई भने नेकपा विभाजनले असाध्यै ठूलो चोट पुगेको छ । यही कुरा पुष्टि भएको छ धादिङमा । नेकपा धादिङका पुराना र स्वच्छ छविका मानिएका नेता नेत्र पौडेलले राजनीतिक सन्यासको घोषणा गरेका छन् । उनले पार्टी फुटपछि आइतबार एक स्टाटस मार्फत् जीवनको पीडादायी निर्णय लिएको स्पष्ट पारेका छन् । पार्टी विभाजनअघि नेकपा धादिङको अध्यक्ष रहेका पौडेललाई ओली समूहले केन्द्रीय समितिमा मनोनयन गरेको थियो । हेर्नुहोस् उनको राजनीतिक सन्यासको घोषणासँगै सार्वजनिक सन्देश- जीवनको पीडादायी निर्णय सुन्दर र पक्की घर निर्माण गर्ने दृढ अठोटका साथ धेरै नवजवानहरू वर्षौंदेखि अहोरात्र खटे । कसैले काठ काटे, कसैले ढुङ...
माधब कुमार नेपाल भन्छन्ः फेरि एक भएर अघि बढ्न सकिन्छ

माधब कुमार नेपाल भन्छन्ः फेरि एक भएर अघि बढ्न सकिन्छ

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौं, पुष १२ नेकपा का अध्यक्ष माधब कुमार नेपालले पार्टी फेरि एक भएर अगाडी बढ्न सकिने बताउनु भएको छ र यसका लागि प्रधानमन्त्री केपि ओली सच्चिनुपर्ने धारणा ब्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले प्रतिनिधी सभाको बिघटन सम्बन्धी निर्णयमा त्रूटि भयो भन्ने महसुस गर्नुहुन्छ भने हामी फेरि पनि सहकार्य गरेर अघि बढ्न चाहन्छौ र उहाले अहिलेको लडाइ के पी ओलीसँग नभएर उहाले चालेका कदम, असंबैधानिक, अप्रजातान्त्रिक कदमको बिरुद्दमा हो भन्ने बिचार राख्नुभएको छ । अध्यक्ष नेपालले अहिले नेकपामा भइरहेको विवाद पदका लागि नभई बिधि पद्दति र बैचारिक रहेको प्रष्ट पार्नुभयो । नेपालले प्रधानमन्त्री के पी ओलीबाट प्रधानमन्त्री र अध्यक्ष दुबै पदको प्रस्ताव आएको तर आफुले अस्विकार गरेको बताउनुभयो । अध्यक्ष नेपालले नेता तथा कार्यकतालाई बिचल्लित नपार्न सुझाब दिनुभएको छ ।...
एमसीसी सम्झौता कार्यान्वयन गर्नुपर्छ : ऊर्जामन्त्री रायमाझी

एमसीसी सम्झौता कार्यान्वयन गर्नुपर्छ : ऊर्जामन्त्री रायमाझी

ब्यानर समाचार 2, राजनिती, समाचार
काठमाण्डौँ, पुष १२ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले आज पद बहाली गरेका छन्। पद बहाली गर्दै मन्त्री रायमाझीले लक्ष्यअनुसार मुलुकको समृद्धि र विकासको पक्षमा परिणाम आउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिए। उनले भन्नुभयो, ‘हामी ऊर्जामा अझै पनि आत्मनिर्भर हुन सकेका छैनौँ तर पनि निर्यातको क्षेत्रमा अगाडि बढिरहेका छौँ, देशको विकास र समृद्धिलाई अगाडि बढाउन ऊर्जा क्षेत्रका सम्भावनालाई अगाडि बढाउनुपर्ने छ।’ मन्त्री रायमाझीले आगामी दिनमा ऊर्जा उत्पादन र खपत बढाउँदै जाने योजना सुनाए। उनले मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग सम्बन्धित विषय देशको पक्षमा रहेको बताउँदै त्यसबारे विवाद सिर्जना गर्नेभन्दा पनि कार्यान्वयनको पक्षमा सहयोग गर्न आग्रह गरे। सिँचाइको क्षेत्रका सम्भावनालाई केलाउँदै योजना बनाएर अगाडि बढ्नुपर्ने उनको भनाइ छ। मन्त्रालयका सचिव मधुसुदन अधिकारीले मन...
मुलुकभर कार्यकर्ता भेला गर्दै प्रचण्ड-नेपाल समूह,उपत्यकामा कहिले ?

मुलुकभर कार्यकर्ता भेला गर्दै प्रचण्ड-नेपाल समूह,उपत्यकामा कहिले ?

ब्यानर समाचार, राजनिती, समाचार
काठमाडौं, १२ पुस । प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षका कार्यक्रम अगाडि बढाएको नेपाल कम्युनिष्ट पार्टी नेकपा को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले आज ७७ वटै जिल्लामा कार्यकर्ता भेला गर्दैछ । भेलामा प्रतिगमनविरुद्धको संघर्ष अगाडि बढाउन अभिमुखी कार्यक्रम सञ्चालन गर्ने पक्षले १४ गते राजधानी र जिल्लाहरुमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ भने २० गतेसम्म नगरपालिका र गाउँपालिकामा पार्टीको बैठक र भेला गर्ने जनाएको छ। २५ गतेसम्म वडामा पार्टीका बैठक र भेला हुने बताइएको छ । शनिबार बसेको प्रचण्ड–नेपाल समूहको सचिवालय बैठकले संगठन परिचालन र विस्तारलाई तिव्रता दिने निर्णय गरेको थियो पार्टी विभाजन भएपछि नेकपाका दुई पार्टि विवादिदमा रहेका छन।...