Tuesday, June 30
Shadow

समाचार

बलात्कार र यौन उत्पिडन न्यूनीकरण गर्न सेभ द गर्ल्सको भर्चुअल आत्म सुरक्षा तालिम

बलात्कार र यौन उत्पिडन न्यूनीकरण गर्न सेभ द गर्ल्सको भर्चुअल आत्म सुरक्षा तालिम

समाचार, समाज
काठमाण्डौँ, पुष २८ बलात्कार र यौन उत्पिडन न्यूनीकरण गर्ने उदेश्यका साथ सेभ द गर्ल्सले भर्चुअल आत्म सुरक्षा तालिम संचालन गरेको छ । पछिल्लो समय समाजमा उग्र रुपमा फैलिरहेको बलात्कार र यौन उत्पिडन न्यूनीकरण अति नै आवश्यक भएको महशुस गर्दै सेभ द गर्ल्सले उक्त अभियान सुरु गरेको छ । एक महिला अहिलेको अवस्थामा केहि कतै पनि सुरक्षित छैनन्। दैनिकजसो कयौँ बलात्कारको घटना बाहिर आईरहेको छ । अझै बाहिर नआएका त्यस्ता यौन उत्पिडनको घटना त हाम्रैँ समाजमा धेरै हुन सक्छन् । यस्तो घटना पश्चात सडकमा लड्ने अभियान्ता, संघ, संस्थाहरू हजारौं छन् तर पनि यसले केही उपाय निकाल्न नसकेको बेलामा घटना नै हुन नदिन एक सामाजिक अभियान्ताका टिमले सेभ द गर्ल्स नामक अभियान सुरु गरेका छन् । यस अभियानको सुरुवात स्वयम् व्यक्तिबाट हुने छ। सुरुवाती चरणमा सेभ द गर्ल्सले कोभिड(१९ को विषम परिस्थितिका कारण महिलालाई आफै यौन उत्पिडन विर...
बाजुरामा ट्र्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु

बाजुरामा ट्र्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु

दुर्घटना, समाचार, समाज, स्थानिय तह
काठमाडौं, पुस २८ । बाजुराको बडीमालिका नगरपालिका–९ चौराटी खेतमा गएराति ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्वामीकार्तिक खापर गाउँपालिका–४ छापुका ६० वर्षीय धननाथ योगी रहेका छन् । उनीको उपचारका क्रममा जिल्ला अस्पताल बाजुरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए । उनका अनुसार खाली रहेका ग्यासका सिलिण्डर बोकेर तिपाडा जाँदै गर्दा चौराटी खेत नजिकै दुर्घटनामा परी घाइते भएका यागीको उपचारका क्रममा मृत्यु भएको बताए । ट्र्याक्टर दुर्घटना हुँदा सडकभन्दा एक सय मिटर तल खसेको प्रहरी निरीक्षक ठगुन्नाले जानकारी दिनुभयो । ट्र्याक्टर चालक भने फरार रहेको प्रहरीले जनाएको छ । ट्र्याक्टरको नम्बर प्लेट नभएकाले फरार रहेका चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।...
झापाको भुटानी शरणार्थी शिविरमा आगलागी : एक जनाको मृत्यु

झापाको भुटानी शरणार्थी शिविरमा आगलागी : एक जनाको मृत्यु

दुर्घटना, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २८ । झापाको दमकस्थित भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा एक व्यक्तिको मृत्यु भएको छ । दमक–३ स्थित शिविरमा आगलागी हुँदा ६० वर्षीय देशमान राईको जलेर मृत्यु भएको हो । राई प्यारालाइसिसका बिरामी थिए । उनी बाँसले बारेको एक तले घरमा सुतिरहेका थिए । उनको घरमा सोमबार बेलुका करिब साढे ७ बजे एक्कासी आगलागी भएको थियो । आगलागीको कारण खुलेको छैन । दमक नगरपालिकाको दमकलको सहयोगमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासी मिलेर आगो निभाएका थिए । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आगलागीबाट तीन लाख बराबरको सुनचाँदी, आठ लाख बराबरको खाद्यान्न र लत्ताकपडा जलेर नष्ट भएको छ ।...
कोरोना संक्रमितको संख्या विश्वमा ८ करोड ९० लाख नाघ्यो, कतिले गुमाए ज्यान ?

कोरोना संक्रमितको संख्या विश्वमा ८ करोड ९० लाख नाघ्यो, कतिले गुमाए ज्यान ?

अन्तर्राष्ट्रिय, समाचार, समाज
काठमाडौं , पुस २८। विश्वभर कोरोना संक्रमितको कूल संख्या ८ करोड ९० लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमित हुनेको संख्या ८ करोड ९० लाख ४८ हजार ३४५ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ लाख ६० हजार ९९३ संक्रमित थपिएका छन् । सोही अवधीमा ११ हजार ६१ कोरोना संक्रमितको मृत्यु भएको छ । तथ्यांक अनुसार कोरोना संक्रमणका कारण हालसम्म विश्वमा मृत्यु हुनेको संख्या १९ लाख ३० हजार २६५ पुगेको छ ।...
बेलायतमा २६ लाखले लगाए कोरोना विरुद्धको खोप

बेलायतमा २६ लाखले लगाए कोरोना विरुद्धको खोप

अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २८ । बेलायतमा कोरोना संक्रमणदर नियन्त्रण बाहिर गएसँगै सरकारले कोरोना विरुद्धको खोपलाई व्यापक तुल्याएको छ । बेलायतले हाल तीन किसिमका खोपलाई आम मानिसमा प्रयोगका लागि अनुमति दिएपनि अहिले फाइजर–बायोएनटेक र बेलायतकै अक्सफोर्डद्वारा निर्मित खोपमात्र सञ्चालनमा आएका छन् । अर्को मोडेर्नाको खोपको लागि भने अझै केहि समय प्रतिक्षा गर्नुपर्नेछ । कोरोना संक्रमणका दृष्टिकोणले बेलायत अहिलेसम्मकै सबैभन्दा नाजुक अवस्थामा पुगेको बेलायती स्वास्स्थ्यमन्त्री म्याट ह्यान्कक्ले बताएका छन् । हाल बेलायतका अधिकांश क्षेत्रहरुमा कडा प्रतिबन्धसहितको अल्कडाउन सरहको ‘टीयर ४’ लागू गरिएको छ । पछिल्ला दिनहरुमा संक्रमण, मृत्युदर र अस्पतालमा भरान हुनेको संख्यामा महामारी शुरु भए यताकै नयाँ रेकर्ड कायम भएपछि बेलायतको अवस्था झन् नाजुक बनेको हो । संक्रमण दर बढेसँगै कोरोना विरुद्धको खोपलाई बेलायत सरकारले प्रथामि...
नेपाल ट्रस्टको सम्पत्ति लथालिङ्ग, राजपरिवारबाट राष्ट्रको नाममा ल्याइएको सम्पत्तिमा बिचौलियाको राज

नेपाल ट्रस्टको सम्पत्ति लथालिङ्ग, राजपरिवारबाट राष्ट्रको नाममा ल्याइएको सम्पत्तिमा बिचौलियाको राज

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २८ । प्रधानमन्त्री केपी ओली संरक्षक र उपप्रधानमन्त्री ईश्वर पोखरेल अध्यक्ष रहेको नेपाल ट्रस्टको खर्बौको सम्पत्ति चरम दुरुपयोग भइरहेको छ । कतिपय ठाउँमा सरकारकै संरक्षणमा रहेका व्यवसायीले दोहन गरिरहेका छन् भने कतिपय सम्पत्ति संरक्षणको अभावमा अलपत्र छ । राजा वीरेन्द्र र उनको परिवारको नाममा रहेको सम्पत्ति संरक्षण र सदुपयोग गरी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्ने उद्देश्यसहित ०६४ मा नेपाल ट्रस्टको स्थापना गरिएको थियो । तर, १४ वर्ष पुग्दा पनि शिक्षा र स्वास्थ्यमा ट्रस्टको कुनै सम्पत्ति सदुपयोग हुन सकेको छैन । यससम्बन्धी कुनै कार्ययोजना नै बनाइएको छैन । बरु, सरकारले व्यापारीको स्वार्थपूर्ति गर्ने गरी सम्पत्तिको दुरुपयोग गरिरहेको छ । लिजमा लगाएका कतिपय जग्गाबाट ट्रस्टले भाडा समेत उठाउन सकेको छैन । सम्झौता सकिएको सात महिना हुन लाग्दा पनि काठमाडौं प्लाजा खाली गर्न सकेको छैन ...
प्रधानमन्त्री ओलीले दिए हिन्दी भाषामै भारतीय सञ्चार माध्यमलाई अन्तर्वार्ता  (भिडियोसहित)

प्रधानमन्त्री ओलीले दिए हिन्दी भाषामै भारतीय सञ्चार माध्यमलाई अन्तर्वार्ता (भिडियोसहित)

ब्यानर समाचार, राजनिती, समाचार, समाज
काठमाडौं, पुस २७ । । प्रतिनिधिसभा विघटनपछि देशमा राजनीतिक अन्यौलता बढेको छ। प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा चुनौती दिइएको छ भने सडकमा पनि विरोध भइरहेको छ। सत्तारुढ दल नेकपा यतिबेला दुई गुटमा विभाजित भइसकेको छ। र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणको मिति तय भइसकेको छ। यसैबीच यता प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय सञ्चार माध्यमलाई अन्तर्वार्ता दिएका छन्। प्रधानमन्त्री ओलीले भारतीय न्यूज च्यान जी न्यूजका लागि अन्तर्वार्ता दिएका हुन्। जी न्यूजका सम्पादक सुधीर चौधरीसँग प्रधानमन्त्री ओली हिन्दी भाषामै अन्तर्वार्ता दिएका छन्। प्रधानमन्त्री ओलीले भारतीय सञ्चार माध्यमलाई यस्तो बेला अन्तर्वार्ता दिएका छन् जतिबेला नेपालमा राजनीतिक संकट बढेको छ। चौधरी ती व्यक्ति हुन जसले नेपालले नयाँ नक्शा जारी गरेपछि नेपाल चीनको उकसाउमा लागेको बताएका थिए। त्यतिमात्र होइन आदिक...
श्रीमानको हत्या गरेर आत्महत्या, पोष्टमार्टम रिपोर्ट आयो यस्तो

श्रीमानको हत्या गरेर आत्महत्या, पोष्टमार्टम रिपोर्ट आयो यस्तो

समाचार, समाज
काठमाडौं, पुस २७ । काठमाडौंको टोखास्थित ग्राण्डी भिल्ला हाउजिङमा मृत्त भेटिएका दम्पतीको पोष्टमार्टम रिपोर्टको प्रारम्भिक विवरणमा पतिको हत्यापछि आत्महत्या गरेको पाइएको छ । मृत्तक ३३ वर्षीया सुदीक्षा गिरीले पतिको हत्या गरेर आत्महत्या गरेको प्रहरी अनुसन्धानमा देखिएको छ । सुदीक्षा र पति उमेश केसीको पोष्टमार्टम रिपोर्टमा पनि पतिको हत्यापछि आत्महत्या गरेको देखिएको छ । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा गरिएको पोष्टमार्टमपछि चिकित्सकले प्रहरीलाई प्रारम्भिक विवरण दिएका छन् । जसअनुसार उमेशको मृत्यु भएको १० देखि १२ घण्टापछि सुदीक्षाले आत्महत्या गरेको देखिएको उल्लेख छ । शुक्रबार राति पौने ९ बजे उनीहरू मृत्त अवस्थामा भेटिएका थिए । भिल्लाको एक तलामाथि बेडमा उमेश मृत्त भेटिएका थिए भने सो तलामा जाने भर्‍याङमा सुदीक्षा झुण्डिएको अवस्थामा भेटिएकी थिइन् । चिकित्सकले उमेशको मृत्यु ‘ब्लन्ट फोर्स ...
२९९ औं पृथ्वी जयंती तथा राष्ट्रीय एकता दिवस कृष्णनगरमा हर्षो उल्लासका साथ मनाइयो

२९९ औं पृथ्वी जयंती तथा राष्ट्रीय एकता दिवस कृष्णनगरमा हर्षो उल्लासका साथ मनाइयो

समाचार, समाज
रवि प्रकाश कसौधन, कृष्णनगर, कपिलवस्तु पुस २७ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको कृष्णनगर बजारको मुटु भनेर चिनिने गोलघरमा एक कार्यक्रमका बिच नेपालको एकीकरण कर्ता पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा पृथ्वीजयन्ती तथा एकता दिवस आज कार्यक्रम आयोजना गरी मनाइएको छ। आयोजक राष्ट्रीय प्रजातंत्र पार्टी रहेको छ । कार्यक्रम राष्ट्रीय प्रजातंत्र पार्टीका केन्द्रीय सदस्य पुष्पा रजौरियाको अध्यक्षता तथा राष्ट्रीय प्रजातंत्र पार्टी जिल्ला अध्यक्ष नारायण बहादुर सिंह रहनु भएको थियो । जस्मा वक्ताहरुले राष्ट्रीय एकताको अवसरमा सार्वजनिक बिदा हुनु पर्ने कुरामा जोड दिएका छन्। साथै पृथ्वी नरायण शाहको नेपाल एकिकरणमा रहेको योगदान विर्सन नसकिने कुरा स्मरण गराउदै सम्पूर्ण नेपालीहरू राष्ट्र समृद्ध बनाउन लाग्नु पर्ने कुरामा जोड दिए। उक्त कार्यक्रममा राष्ट्रीय प्रजातंत्र पार्टीका केन्द्रीय स...
टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

समाचार, समाज, स्थानिय तह
काठमाडौं, पुस २७ । हेटौँडा उपमहानगरपालिका–५ स्थित कान्तिलोकपथ सडकखण्डमा सोमबार साँझ सवारी दुर्घटना हुँदा स्थानीय एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार हेटौँडाबाट जाँदै गरेको प्रदेश ३–०३–००१ प ४०२० नम्बरको मोटरसाइकललाई चौघडाबाट हेटौँडातर्फ आउँदै गरेको ना ३ क ८३३३ नम्बरको टिप्परले ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा परी हेटौँडा–६ निवासी आशिष श्रेष्ठको मृत्यु भएको हो । सोही दुर्घटनामा परी हेटौँडाका निरज राई घाइते भएका छन् । उनलाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएको मकवानपुर प्रहरीले जनाएको छ ।...