Tuesday, June 30
Shadow

समाचार

माघी पर्वको तीन दिन सार्वजनिक बिदा

माघी पर्वको तीन दिन सार्वजनिक बिदा

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
कैलाली , पुस २७ । थारू समुदायको माघी पर्वको अवसरमा कैलालीको कैलारी गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले पुस २९, माघ १ र २ गते गरी तीन दिन बिदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले जानकारी दिए । अध्यक्ष चौधरीले कैलारीमा थारू समुदायको अत्यधिक मात्रामा बसोबास रहेकाले थारू समुदायको परम्परागत संस्कृतिको जगेर्नाका साथै स्थानीय कला, परम्परा प्रवद्र्धन गर्नका लागि बिदा दिने निर्णय बताए । पर्वका अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा गाउँपालिकाभित्रका सम्पूर्ण सरकारी कार्यालय, वित्तीय संस्था, विद्यालय, सार्वजनिक निकाय लगायत सम्बन्धित सम्पूर्ण सरोकारवाला निकायहरु बन्द रहने गाउँपालिकाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।  ...
बालविवाह निवारणमा धर्मगुरुहरूको भुमिका विषयक छलफल तथा समिति गठन !

बालविवाह निवारणमा धर्मगुरुहरूको भुमिका विषयक छलफल तथा समिति गठन !

समाचार, समाज
पुष २७, कपिलवस्तु । बालविवाह निवारणमा धर्मगुरुहरूको भुमिका विषयक छलफल तथा समिति गठन गरेको छ । धर्मगुरु दामोदर पोखेरेलको संयोजकमा ९ सदस्यीय समिति गठन गरेको छ । जसमा प्रमोद सुवेदि,आनन्द प्रसाद भुसाल,अब्दुल रहिम अन्सरी,वकार अहमद मियाँ,मुस्ताक अहमद,राजकुमार घर्ति मगर,कृष्ण घर्ति मगर,र सामुएल चौधरीका रहनुभएको छ । उक्त समिति धर्मगुरुहरूले बालविवाह निवारणमा उनिहरूको भूमिका का बारेमा सुझाव संकलन गरि बालविवाह गर्ने गराउने कार्यमा संलग्न नहुने र कहि कतै भए गरेको थाहा पाएमा पालिका, प्रहरी तथा सम्बंधित निकायमा जानकारी गराउने सामुहिक प्रतिबद्धता जनाएका छन् । शिवराज नगरपालिका अन्तर्गत रहेका धार्मिक धर्मगुरुहरूका संग बालविवाह निवारणमा धर्मगुरुहरूको भुमिका विषयक एक दिने अन्तरक्रिया कार्यक्रम चन्द्र्रौटामा सोमबार सम्पन्न भएको छ । सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजना, युनिसेफ नेपालको सहयोग...
चुनावको तयारीमा जुट्न सुरक्षा निकायलाई निर्देशन, बजेटको अभाव हुन नदिइने

चुनावको तयारीमा जुट्न सुरक्षा निकायलाई निर्देशन, बजेटको अभाव हुन नदिइने

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं , पुस २७ । गृह मन्त्रालयले आगामी वैशाख १७ र २७ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीमा जुट्न सुरक्षा निकायलाई निर्देशन दिएको छ। निर्वाचनलाई स्वतन्त्र निष्पक्ष र शान्तिपूर्ण बनाउन गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले निर्वाचनको तयारीमा जुट्न तीनवटै सुरक्षा निकायलाई निर्देशन दिएको छ। उक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसहित गृह र अर्थ सचिव तथा तीनवटै सुरक्षा निकायका प्रमुखको सहभागिता थियो। बैठकमा सुरक्षा निकायका प्रमुखले निर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने स्रोत साधन तथा व्यवस्थापनका सम्बन्धमा प्रारम्भिक खाका प्रस्तुत गरेका थिए। बैठकमा गृहमन्त्री थापाले मुलुक निर्वाचनतर्फ केन्द्रित भइसकेकाले सुरक्षाका लागि आवश्यक तयारीमा जुट्न तीनै सुरक्षा निकायलाई निर्देशन दिएका हुन्। अर्थमन्त्री पौडेलले विगतमा निर्वाचनमा भएको खर्च विश्ल...
बिजुली प्रवाह व्यवस्थित बनाउन प्राधिकरणलाई निर्देशन

बिजुली प्रवाह व्यवस्थित बनाउन प्राधिकरणलाई निर्देशन

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २७ । उपभोक्तालाई सही र तथ्यपूर्ण सूचना दिँदै बिजुली प्रवाहलाई थप व्यवस्थित बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । पछिल्ला दिनमा विनाकारण बिजुली काटिएको गुनासो बढेपछि प्रधानमन्त्री कार्यालयले उपभोक्तालाई केन्द्रमा राखेर अपनाउनुपर्ने सबै उपाय अवलम्बन गर्न तथा जायज गुनासो र माग सम्बोधन गर्न निर्देशन दिएको हो । प्राविधिक वा मनोवैज्ञानिक रुपमा देखापरेका समस्याको जाँचपड्ताल गर्न आग्रह गर्दै कार्यालयले कुनै पनि बहानामा उपभोक्ताले समस्या भोग्नु नपर्ने वातावरण बनाउन आग्रह गरेको छ । प्राधिकरणले उपभोक्तालाई गुणस्तरीय, भरपर्दो एवम् पर्याप्त विद्युत् उपलब्ध गराउन हरसम्भव प्रयास गरिरहे पनि छिनछिनमा लाइन काटिने समस्या पूर्ण रुपमा समाधान हुन नसक्दा गुनासो बढेको छ । अनावश्यक रुपमा बिजुली काटिनाको पछाडि प्राविधिक समस्या हो वा...
३७ लाख नगद र ७ लाखको चेकसहित नागढुङ्गाबाट एक जना पक्राउ

३७ लाख नगद र ७ लाखको चेकसहित नागढुङ्गाबाट एक जना पक्राउ

अपराध, ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २७ । काठमाडौंको नागढुङ्गाबाट स्रोत नखुलेको नगद ३७ लाख र सात लाख रुपैयाँको चेकसहित एक जना पक्राउ परेका छन् । चितवनबाट काठमाडौंका लागि छुटेको बा ३ ख ९१३९ नम्बरको माइक्रोबस जाँच गर्दा झोलामा लुकाइरहेको ३७ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकको सात लाख रुपैयाँको चेक र एक थान खाली चेकसहित चितवनको माडीका रामकुमार गुरुङलाई बिहान प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
सहकारीका सबै समस्या एउटै टेबलबाटै समाधान हुन्छ :  अर्थमन्त्री पौडेल

सहकारीका सबै समस्या एउटै टेबलबाटै समाधान हुन्छ : अर्थमन्त्री पौडेल

आर्थिक, मुख्य समाचार, समाचार, समाज
काठमाडौँ , पुस २७ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सहकारी अभियान समाजवाद निर्माणको जगका रुपमा रहेकाले यस क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले सार्थक पहल गर्ने विश्वास व्यक्त गरेका छन् । अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बाका रुपमा रहेको सहकारी अभियानले अब गुनासो गर्न छाडेर आफ्नो जिम्मेवारी पूरा गर्ने वातावरण बनाउन आग्रह गरे । “सरकारका तर्फबाट सम्बोधन गर्नुपर्ने विषयलाई हामी एउटै टेबलमा बसेर समाधान गर्न तयार छौँ । त्यसका लागि तपाईंहरु तयार हुनुहोला । अब गुनासो गर्ने होइन अग्रगामी रुपमा अगाडि बढ्ने हो”, उनले राष्ट्रिय सहकारी महासङ्घको २८औँ वार्षिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै भने । मन्त्री पौडेलले आवश्यक परे प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री, राष्ट्र बैंकका गर्भनर सबैसहित सहकारी अभियान्ताको सामूहिक र एकीकृत छलफल गरेर समस्या समाधानमा पहल गरिने बताए । उनले भने, “ग...
पृथ्वीजयन्ती : माल्यार्पणदेखि राष्ट्रिय झण्डा प्रदर्शनीसम्म

पृथ्वीजयन्ती : माल्यार्पणदेखि राष्ट्रिय झण्डा प्रदर्शनीसम्म

ब्यानर समाचार, समाचार
काठमाडौं , पुस २७ । २९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस राष्ट्र निर्माताको योगदानका विविध पक्षको स्मरण गर्दै मुलुकभर मनाइयो । सोही क्रममा सिंहदरबारको पश्चिम मूलद्वार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरी उहाँको योगदानको स्मरण गरियो । राष्ट्रिय पोशाक तथा आआफ्ना लोक संस्कृति झल्कने भेषभूषामा रहेका समाजका विभिन्न क्षेत्रसँग आबद्ध महानुभावले र्याली गर्दै शालिकमा पुगेर माल्यार्पण तथा पुष्प गुच्छा अर्पण गरेका थिए । उक्त क्रम दिनभर नै चल्यो । विसं १७७९ पुस २७ गते जन्मिएका तत्कालीन गोरखाका राजा पृथ्वी नारायण शाहले २२औँ – २४औँ सङ्ख्यामा रहेका ससाना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल खडा गरेका हुन् । एकीकरणपछि राज्य सञ्चालन गर्ने सन्दर्भमा उनले त्यस बेला व्यक्त गरेको विचार अहिले पनि उत्तिकै सान्दर्भिक रही आएको छ । उनका ती विचारलाई नेपाली समाजले पृथ्वी नारायण शाहका दिव्य उ...
तत्काल निर्वाचन प्रकिया अघि नबढाउन दाहाल-नेपालको आग्रह

तत्काल निर्वाचन प्रकिया अघि नबढाउन दाहाल-नेपालको आग्रह

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ, पुस २७ । सत्तारूढ नेकपाको ओली इतर समूहका नेताद्वय पुष्पकमल दाहाल’प्रचण्ड’ र माधवकुमार नेपालले तत्काल निर्वाचन प्रकिया अघि नबढाउन आग्रह गरेका छन् । कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा साढे १२ बजेतिर पुगेका दाहाल(नेपालले असंवैधानिक तवरबाट भएको प्रतिनिधिसभा विघटनको विषय न्यायालयमा विचाराधिन रहेका बेला निर्वाचन प्रकिया अघि नबढाउन प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई आग्रह गरेका छन् । पुस ५ मा प्रतिनिधिसभा विघटनपछि सरकारले वैशाखमा १७ र २७ मा मध्यावधि निर्वाचन घोषणा गरेको छ । सरकारले निर्वाचन मिति घोषणा गरेसँगै आयोगले आइतबार सञ्चार माध्यमहरूलाई निर्वाचनको वातावरण बनाउँन आग्रह गरेको थियो । निर्वाचनको वातावरण बनाउन आयोगले गरेको आग्रहमा आपत्ति जनाउँदै दाहाल नेपालले तत्काल निर्वाचन प्रकिया अघि नबढाउन तथा पार्टीभत्रिको वैधताको विषय छिटो टुंग्याउन आग्रह गरेको स्रोतले जनाएको छ...
पार्टी र सूर्य चिन्ह दाबी गर्न प्रचण्ड-नेपाल निर्वाचन आयोग जाँदै

पार्टी र सूर्य चिन्ह दाबी गर्न प्रचण्ड-नेपाल निर्वाचन आयोग जाँदै

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष २७ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल दिउँसो निर्वाचन आयोगमा छलफलका लागि जाने तयारी गरेका छन् । पुस ५ मा अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजत भएको छ । तत्कालीन एमाले र माओवादी विघटन गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई निर्वाचन आयोगले दलको मान्यता दिएको थियो । पार्टी विभाजनसँगै नेकपा र सूर्य चिन्हका लागि दुवै समूहले दावी गर्दै आएका छन् । निर्वाचन आयोगमा नेकपा दर्ता हुँदा प्रमाणित भएका ४ सय ४१ जना केन्द्रीय सदस्य रहेका भनि सनाखत गरिएको थियो । सनाखतमध्ये ६५ प्रतिशत बढि केन्द्रीय सदस्य प्रचण्ड–नेपाल समूहमा रहेका छन् । दुई अध्यक्ष प्रणालीमा दर्ता भएको नेकपाको अब आधिकारिकता कता हुने भन्ने बहस जारी रहेको बेला छलफलका लागि प्रचण्ड–नेपाल निर्वाचन आयो...
हुम्लाको सिटिजन बैंक सिल, कोरोना सङ्क्रमितलाई जिल्लाबाहिर पठाउने तयारी

हुम्लाको सिटिजन बैंक सिल, कोरोना सङ्क्रमितलाई जिल्लाबाहिर पठाउने तयारी

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, पुस २७ । हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिटिजन बैंक शाखा कार्यालय सिल गरिएको छ । बैंकमा कार्यरत पाँच कर्मचारीलाई एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा दुई कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि आइतबारदेखि सिल गरिएको हो । शनिबार दुईजना कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि आइतबारदेखि सिटिजन बैंक शाखा कार्यालय सिमकोट सिल गर्नुका साथै कारोबार ठप्प भएको बैंकले जानकारी दिएको छ । एक महिला र एक पुरुष कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि दुई दिनका लागि बैंक सिल गरिएको हो । पुरुष कर्मचारीमा देखिएको कोरोना सङ्क्रमणको उपचार यहाँ हुन नसकेपछि उनलाई जिल्लाबाहिर पठाउने तयारी भइरहेको सिटिजन बैंकका कर्मचारी लालु भण्डारीले जानकारी दिए । सङ्क्रमित कर्मचारीको अवस्था जटिल देखिएपछि हेलिकप्टरमार्फत जिल्लाबाहिर पठाउने तयारी भइरहेको जिल्ला अस्पतालका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए । जिल्लामा...