Saturday, June 27
Shadow

समाचार

गाउँ-गाउँमा बालबालिकामा खेल प्रति उत्साह बढ्दो

गाउँ-गाउँमा बालबालिकामा खेल प्रति उत्साह बढ्दो

ब्यानर समाचार 2, समाचार
कपिलवस्तु , मायादेवी-३, फुलिका आजकल ग्रामीण क्षेत्र तिर खेलकुद प्रति उत्साह बढेको छ। कपिलवस्तुको मायादेवी गाउपालिका वडा नं ३ बसन्तपुरमा १० वर्ष माथीका बालबालिकाहरुको अन्तर वडा बैडमिन्टन खेलको उदघाटन भएको छ। त्रिनेत्र जनजागरण स्वास्थ परामर्श संस्था द्वारा आयोजित सो खेलमा वडा अन्तर्गतका बालबालिकाहरुले भाग लिएका छन। सो खेलमा दुई दर्जन भन्दा बढी खेलाडीहरुले सहभागीता जनाएका छन। उदघाटन कार्यक्रम समाजसेवी आलोक तिवारी 'राजु'को प्रमुख आतिथी, मुनेश्वर मा.वि.का व्यस्थापन समितीका अध्यक्ष सोनु नागबंशी, मायादेवी वडा नं ३ का निवर्तमान वडा सदस्य नवलकिशोर पाण्डेयको विशिस्ट अतिथि तथा सो संस्थाका अध्यक्ष आयुर्वेद डा. आदर्श नागवंशीको अध्यक्षतामा सम्पन्न भएको छ। 'स्वास्थ को लागी खेल' नारा रहेको सो कार्यक्रममा समाजसेवी हरिद्वार यादव, अनिल मिश्र , लगायत स्थानीय समाजसेवीहरुको सहभागीता रहेको थियो। आजकाल साना भा...
नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत र खेल सप्ताहको समापन 

नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत र खेल सप्ताहको समापन 

ब्यानर समाचार 2, समाचार
कपिलवस्तु, माघ २६ कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बाणगंगा -२ पिपराले  नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत र खेल सप्ताहको समापन समारोह सम्पन्न गरिएको छ। माघ २० गतेदेखि जारी खेलकुद प्रतियोताको शुक्रबार समापन गरिएको हो । कार्यक्रममा विभिन्न खेलकुद प्रतियोगिताका विजयीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो l कार्यक्रमका प्रमुख अतिथि कपिलवस्तु टेक्निकल इन्स्टिच्यूटका कार्यकारी निर्देशक तथा निजी तथा प्राविधिक शिक्षालय महासंघका केन्द्रीय अध्यक्ष अरुण कुमार पाण्डेयले खेलकुदको महत्वमाथि प्रकाश पार्दै विद्यार्थीहरूलाई अध्ययनका साथै खेलकुदमा पनि सक्रिय हुन प्रेरित गरे। कार्यक्रममा इन्स्टिच्यूटका प्रशासकीय प्रमुख पुनित कुमार मिश्रले प्राविधिक शिक्षाले व्यक्तिलाई आत्मनिर्भर बनाउनुका साथै देशको विकासमा पनि महत्वपूर्ण योगदान पुर्‍याउने र प्राविधिक शिक्षाले दक्ष जनशक्ति उत्पादन गर्छ, जसले गर...
लागुऔषध (ब्राउन सुगर) सहित कृष्णनगर बाट मानिस पक्राउ

लागुऔषध (ब्राउन सुगर) सहित कृष्णनगर बाट मानिस पक्राउ

समाचार
कृष्णनगर, कपिलवस्तु, माघ २३ प्रहरी कार्यालय कृष्णनगरमा प्रहरी निरिक्षक सुरज खत्री आए देखि नै आफ्नो मताहत क्षेत्राधिकार भित्र पर्ने क्षेत्रमाम लागु औषध कारोबारी तथा सेवनकर्ता लाई पक्राउ गर्ने अभियान नै संचालन गरेको समाजसेवी हरू बताउछन्। विभिन्न समयमा लागु औषध चरेश, ब्राउन सुगर, विभिन्न प्रतिबंधित लागु औषध टेब्लेट लगायत सामान सहित सोको कारोबारमा संलग्न तथा सेवनकर्ता लाई विभिन्न समयमा लागु औषध सम्बन्धी मुद्दा चलाई हद सम्म लागु औषध नियन्त्रण गर्न सफलता हासिल गरेको विभिन्न चोक चौराहामा जनताहरु खुलेर प्रहरी निरिक्षक सुरज खत्रीको तारीफ गर्ने गर्छन्। लागु औषध नियन्त्रण अभियानकै क्रममा जिल्लाको कृष्णनगर बाट ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन । मंगलबार सांझ ३ बजे जिल्लाकाे कृष्णनगर भन्सार कार्यालय अगाडीबाट इलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटिएको प्रहरीकाे टोलीले भारतबाट नेपालतर...
KPL प्रिमियर जिल्ला स्तरीय कपले लोकप्रियता पाउदै

KPL प्रिमियर जिल्ला स्तरीय कपले लोकप्रियता पाउदै

ब्यानर समाचार 2, समाचार
अजय मिश्र, कृष्णनगर माघ २४ युवा अमन सामाजिक विकास केन्द्र, अशच्यारिटेबल फाउंडेशन, इण्डो नेपाल सामाजिक मंचको आयोजनामा शिवराज नगरपालिका वडा नं ७ जवभारीमा संचालित केपिएल प्रिमियर कपले लोकप्रियता पाई रहेको खेल प्रेमी हरू बताएका छन्।   कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा न ७ कपिलवस्तु प्रिमियर लिग (KPL) क्रिकेट प्रतियोगिताको दोस्रो राउन्ड अन्तर्गत जय नेपाल क्रिकेट क्लब, कृष्णनगर र लुम्बिनी प्रदेश क्रिकेट क्लबबीच प्रतिस्पर्धा भएको थियो। खेलको टस जय नेपाल क्रिकेट क्लब, कृष्णनगरले जिती पहिला फिल्डिङ गर्ने निर्णय गर्यो। टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश क्रिकेट क्लबले निर्धारित १५ ओभरको खेलमा ५ विकेटको क्षतिमा १५७ रनको चुनौतीपूर्ण योगफल तयार गरेको थियो । १५८ रनको लक्ष्य पछ्याएको जय नेपाल क्रिकेट क्लब, कृष्णनगर १२ ओभरभित्रै अलआउट हुँदै मात्र ८० रनमा सीमित भयो । ...
प्रेस चौतारीको २७ औँ स्थापना दिवशको अवसरमा अनाथ बालबालिकाहरुलाई राहात सामाग्रि वितरण

प्रेस चौतारीको २७ औँ स्थापना दिवशको अवसरमा अनाथ बालबालिकाहरुलाई राहात सामाग्रि वितरण

ब्यानर समाचार 2, समाचार
  अजय मिश्र, कपिलवस्तु, माघ २२  प्रेस चौतारी नेपालको २७ औँ स्थापना दिवश कपिलवस्तुको शिवराजमा अनाथ बालबालिकाहरुलाई राहात सामाग्रि वितरण गरि मनाएको छ । दुबै अभिभावक गुमाएका ४ दिदिबहिनीलाई सहयोग हस्तान्तरण गर्दै प्रमुख अतिथी नेकपा एमाले लुम्बनी प्रदेश कमिटि सदस्य नेत्रराज अधिकारीले अनाथ बालबालिकाहरुलाई सहयोग गर्नु प्रशंसनिय कार्य भएको बताउनुभएको छ । यस्तो मानव सेवा कार्यमा सबैजना लाग्नुपर्ने नेकपा एमाले लुम्बनी प्रदेश कमिटि सदस्य अधिकारीले जोड दिनुभयो । कार्यक्रममा अधिकारीले नगद २ हजार, वडा नं.३ वडा अध्यक्ष टेकलाल सापकोटाले नगद ५ हजार प्रर्दान गर्नुभएको थियो ।   कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सचिव सिवि गहतराजले कपि, कलम र २५ केजि चामल प्रेस चौतारी इन्चार्ज राम प्रघट कोरीले ५० केजि चामल सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा प्रेस चौतारी श...
अदालतको निर्णय र नयाँ कानुनले मुस्लिम अल्पसंख्यकहरूका लागि समान अवसरको बाटो खोलिदियो : डा. अब्दुल गनी अल-कूफी

अदालतको निर्णय र नयाँ कानुनले मुस्लिम अल्पसंख्यकहरूका लागि समान अवसरको बाटो खोलिदियो : डा. अब्दुल गनी अल-कूफी

समाचार
काठमाडौं, माघ २०  नेपालमा अल्पसंख्यकहरू विशेष गरी मुस्लिम समुदायका कानुनी अधिकारहरूको लडाइ एक ऐतिहासिक मोडमा पुगेको छ । नेपालकाे अदालतले क्रान्तिकारी फैसला सुनाउँदै स्पष्ट पारेको छ कि मुस्लिम तथा आर्थिक रूपमा पिछडिएका वर्गहरूलाई सशस्त्र प्रहरी बल (APF) मा आरक्षणबाट वञ्चित गर्न सकिँदैन। यससँगै नेपाल सरकारले नेपाल प्रहरी ऐन, २०८१ (Nepal Police Act, 2081) अन्तर्गत मुसलमानहरूको लागि ४% आरक्षणलाई आधिकारिक रूपमा मान्यता दिएको छ। कानुनी संघर्षको ऐतिहासिक उपलब्धि : यो ऐतिहासिक फैसला याचिकाकर्ता मौलाना मशहूद खां नेपाली तथा अन्य व्यक्तिहरूले दायर गरेको मुद्दापछि आएको हो। सो याचिकामा नेपाल सरकार गृह मन्त्रालय, सशस्त्र प्रहरी बल, तथा अन्य सम्बद्ध संस्थाहरूलाई विपक्षी बनाइएको थियो। याचिकामा २०७५/०५/२२ मा प्रकाशित भएको अधिसूचना (०७५/०७६) मा मुस्लिम समुदाय तथा पिछडिएका वर्गहरूका लागि तोकिएको ...
मन्डली भु.पु विद्यार्थीले गरेकाे रक्तदान कार्यक्रम   (फाेटाे फिचर)

मन्डली भु.पु विद्यार्थीले गरेकाे रक्तदान कार्यक्रम (फाेटाे फिचर)

समाचार
समिर कुमार अधिकारी द्रुपद काठमाडौँ– मन्डली भु।पु विद्यार्थी क्लवको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा २०जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रममा मन्डली भु।पु विद्यार्थी क्लवको आजीवन सदस्य ध्रुव सिम्खडाले उद्घाटन गरेका थिए। । उक्त रक्तदान कार्यक्रममा २० जना रक्तदाताहरुले रक्तदान गरे। साथै ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल ९टान० का पुर्व अध्यक्ष एवं नेपाल पर्यटन व्यवसायी ज्योति अधिकारीले पनि रक्तदान गरेका थिए। भने यसैगरी यस रक्तदान कार्यक्रममा धादिङ जिल्लाको सभापति दल बहादुर अधिकारी मन्डली माध्यामिक विद्यालयका भुतपुर्व शिक्षक ध्रुव बानियाँ मन्डली भु।पु विद्यार्थी क्लवका भुतपुर्व अध्यक्ष अर्जुन सिम्खडा भु।पु विद्यार्थी क्लवका निवर्तमान अध्यक्ष श्रीराम अधिकारी समाजसेवी रामप्रसाद सापकोटाले पनि रक्तदान कार्यक्रममा उपस्थित जनाएका थिए। साथै यस मन्डली भु।पु विद...
बार्षिक कार्यक्रम सम्पन्न, उत्कृष्ट विद्यार्थी लाई पुरस्कार वितरण

बार्षिक कार्यक्रम सम्पन्न, उत्कृष्ट विद्यार्थी लाई पुरस्कार वितरण

ब्यानर समाचार 2, समाचार
कृष्णनगर, माघ १७ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको जामिया सिराजुल उलुम अल्सलफिया मदरसामा तिन दिने बार्षिकोत्सव कार्यक्रम आज समापन भएको छ। कार्यक्रमका अध्यक्ष सोही मदरसाका अध्यक्ष समिम अहमद नदवी प्रमुख अतिथिमा कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह, विशिष्ट अतिथिमा महाराजगंज नगरपालिका नगर प्रमुख  अब्दुल कलाम खां, नेपाल प्रहरीका नायब महानिरीक्षक उमा प्रसाद चतुर्वेदी, जामिया सिराजुल उलुम अल्सलफिया मदरसाका प्रवक्ता मौलाना मशहूद खां नेपाली, राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कूफी रहेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहले पेशागत अनुसासन सबैले पाल्ना गर्नुपर्ने यो मदरसा धेरै पुरानो मदरसा भएकाले आवश्यक सुझाव सल्लाहका आधारमा नगरपालिकाले यसलाई अगाडि लैजाने बताए। कार्यक्रममा बोल्दै नगर प्रमुख कलामले मदरसा लाई राज्यको मूलधारमा...
तारकेश्वर नगरपालिकाले २०८१ लाई खानेपानी वर्षको रुपमा लिँदै

तारकेश्वर नगरपालिकाले २०८१ लाई खानेपानी वर्षको रुपमा लिँदै

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार
काठमाडौ - तारकेश्वर नगरपालिकाले यस वर्ष पनि अर्थात २०८१ लाई खानेपानी वर्षको रुपमा लिँदै काम अगाडि बढेको जानकारी नगरपालिकाले दिएको छ । २०८१/१०/०९ गते नगर प्रमुखको कार्यकक्षमा तारकेश्वर नगरपालिकाको वडा न. १,२ र ३ मा खानेपानीको लागि खानेपानी तथा सरसफाई आयोजनाको सह-लगानीमा खानेपानी आयोजनाको लागि खानेपानी तथा सरसफाई आयोजनाबाट खटिई आउनुभएका परामर्शदाता Paragon Encode FVC JV का प्राविधिक टोली खानेपानी आयोजनाका सम्बन्धमा प्रारम्भिक छलफलका लागि नगर प्रमुख श्री कृष्ण हरि महर्जन संग छलफल भएको छ । उक्त छलफलमा नगरपालिकाका प्राविधिक टोली पनि उपस्थित थियो । तस्वीर सामाजिक संजाल बाट ।...
प्याब्सन कपिलवस्तुका नयाँ पदाधिकारी हरूको शपथग्रहण सम्पन्न

प्याब्सन कपिलवस्तुका नयाँ पदाधिकारी हरूको शपथग्रहण सम्पन्न

समाचार
कपिलवस्तु ,माघ ७ नीजि तथा आवाशिय विद्यालय अर्गनाईजेसन, नेपाल (प्याब्सन) कपिलवस्तुको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएकाे छ । आज जिल्लाकाे ताैलिहवामा प्याब्सन कपिलवस्तुका नवनिर्वाचित पदाधिकारीहरुले पद तथा गाेपनियताकाे शपथ लिएका हुन । प्याब्सन कपिलवस्तुकाे १२ औं साधारणसभा तथा जिल्ला अधिवेशनमा नयाँ जिल्ला कार्यसमितिका लागि सहमति प्रयास विफल भएपछि निर्वाचनमा जांदा मुख्य दुई प्रतिस्पर्धी भएका थिए । साे अन्तर्गत भएको निर्वाचनमा धिरेन्द्र विक्रम सिंह ४५ मत प्राप्त गरि अध्यक्षमा निर्वाचित हुनुभएको थियाे भने उहाँका प्रतिस्पर्धी बासुदेव घिमिरेले ३२ मत मात्र प्राप्त गर्नुभएकाे थियाे । बरिष्ठ उपाध्यक्षमा तोयानाथ गैरे , उपाध्यक्ष पदमा नन्दराम सापकोटा , सचिव पदमा राजु अधिकारी ,सह–सचिव पदमा विजय कुमार गुप्ता , कोषाध्यक्षमा दिपक प्रसाद भुसाल , सह -काेषाध्यक्षमा युवराज पौडेल , सदस्यहरुमा बिनोद खना...