नेपाल प्रहरीका सात एसपीको सरूवा, को कहाँ भए ?
काठमाडौं, माघ २७ । नेपाल प्रहरीका सात जना प्रहरी उपरीक्षक (एसपी)को सरूवा भएको छ।मंगलबार प्रधान कार्यालयले सात जना एसपीको सरूवा गरेको हो।
चितवनमा प्रहरी उपरीक्षक ओम अधिकारीको सरुवा भएको छ। त्यहाँ कार्यरत् नान्तिराज गुरुङको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा भएको छ।
प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध अनुसन्धान महाशाखाका दीपशमशेर जबराको नेपाल प्रहरी सशस्त्र गण(१ नक्सालमा सरूवा भएको छ। साइबर ब्युको साइबर अपराध अनुसन्धान शाखाका रेवती ढककालको काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण(२ महाराजगन्जमा भएको छ।
त्यस्तै, काठमाडौं उपत्यका प्रहरी कार्यालय इन्टेलिजेन्स शाखाका भोलाबहादुर रावलको काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरमा सरूवा भएको हो।यस्तै, हालसालै बढुवा भएका १६ जना प्रहरी उपरीक्षकको पनि पदस्थापन भएको छ।
भुवनेश्वर तिवारीको १ नम्बर प्रदेश प्रहरी कार्यालय,...









