Wednesday, April 24
Shadow

केपी ओलीको अर्को चुनावमा जमानत जफत हुन्छ : झलनाथ


  • -इ
  • इ+

काठमाण्डौँ, माघ २८
नेकपा दाहाल-नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको समूहको अर्को चुनावमा जमानत जफत हुने बताएका छन्। प्रचण्ड समूहद्वारा भृकुटी मण्डपमा जारी प्रतिनिधि सभा विघटनको विरोधमा आयोजित सभामा बोल्दै उनले यस्तो बताएका हुन्।

भँगेराका साना खुट्टाले बाँस नुहाएको कथा सुनाउँदै उनले ओलीले लगाएको दुईतिहाइ बहुमतको गफको कुनै अर्थ नरहेको उनले बताए। ‘मिस्टर केपी ओली तपाईंका खुट्टी हेर्दै पत्याएँ, अब तपाईंले दुईतिहाइ होइन, तपाईंको जमानत जफत हुनेछ’, उनले भने, ‘अब दुई वर्षपछिको चुनावमा देशभरका १६५ सिटहरुमै जमानत जफत हुँदैछ केपी ओलीको।’

उनले अहिलेको आन्दोलन प्रचण्ड र माधवलाई प्रधानमन्त्री बनाउन नगरिएको बताए। ‘केपी ओलीले ध्वस्त गरेको संविधानको रक्षाका लागि लडिरहेका छौँ’, उनले भने, ‘हामी संविधान र लोकतन्त्रलाई बचाउँछौँ।’

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares