Monday, March 18
Shadow

राजालाई देशको अभिभावक बनाउछौँ : अध्यक्ष लिङ्देन


  • -इ
  • इ+

काठमाण्डौँ, फागुन ५
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा अब एक मात्र विकल्प राजालाई अभिभावक बनाएर देश चलाउने बताएका छन् । काठमाण्डौँ महानगरपालिका वडा नं १४ मा आयोजित वृहत पार्टी प्रवेश कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् ।

raprapa-boZeZAtmYIsyMHGx8T93okAq83QRGRE7HoSNoYEY.jpg

देशले दुई वटा राष्ट्रपति पाईसक्यो तर मुलुकको हितमा कुनै पनि काम नगरी आर्थिक भार बढाउने काम मात्र गरेको अध्यक्ष लिङ्देनले बताए । विदेशी संग धेरै झुके राष्ट्रपतिहरु तर राजा थिए भने त्यो अवस्था आउदैन थियो । त्यसैले देशको स्वाधिनताको रक्षाको लागि भए पनि अब राष्ट्रपतिको ठाउँमा राजालाई अभिभावकको भूमिकामा ल्याउने काम राप्रपाले गर्ने उनले बताए । पार्टी प्रवेश गरेकाहरुलाई धन्यवाद व्यक्त गर्दै उनले पार्टी प्रतिको उत्साह बढ्दै गएको र त्यसलाई आफूले कायम राख्ने प्रतिबद्धता व्यक्त गरे । आयोजित कार्यक्रममा ४३ जनाले पार्टी प्रवेश गरेका छन् ।

raprapa2-k1VFKO4EuWum0dYN2mSBGVBbUQUCLIkZWYwHksLt.jpg

पूर्व केन्द्रीय सदस्य रामकुमार रिजालको संयोजकत्व र केन्द्रिय सदस्य बेठी बज्राचार्यको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका सहमहामन्त्री प्रकाश रिमाल, केन्द्रीय सदस्य देवेन्द्र प्रधान लगाएतले पार्टी प्रवेश गरेकालाई स्वागत साथै धन्यवाद सहितको मन्तव्य राखेका थिए ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares