Saturday, April 20
Shadow

मौसम

पाल्पा–बुटवल सडक फेरि अवरुद्ध

पाल्पा–बुटवल सडक फेरि अवरुद्ध

ब्यानर समाचार 2, मुख्य समाचार, मौसम, समाचार
काठमाडौँ-  सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड पुनः अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–५ हिउँदेखोलामा निरन्तर परेको वर्षाका कारण मुख्य सडक भासिँदा सो सडकखण्ड अवरुद्ध बनेको हो । गए राति नयाँ डाइभर्सन निर्माण गरे पनि सो ठाउँमा रातिदेखि पुनः पानी परेका कारण पहिरो खसेर सडक अवरुद्ध भएको छ । बिहीबार दिउँसो सो ठाउँमा करिब ४० मिटर जमिनसहित सडक भासिँदा पूर्णरूपमा बन्द भएको थियो । राति केही समय एकतर्फी सञ्चालन भए पनि आज बिहान करिब ३ बजेदेखि ठप्प भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । माथिबाट पहिरो खस्ने क्रम जारी छ । वर्षा नरोकिएकाले पहिरो हटाउन समस्या भएको प्रहरीले जनाएको छ । यहाँ सडक अवरुद्ध हुँदा यात्रु बीच बाटोमै अलपत्र छन् । अहिले पनि पानी परिरहेको छ । पहिरो खस्ने र खनेको समेत बगाएपछि सडक खुलाउन मुश्किल भएको छ । पानी रोकिएपछि मात्रै खुलाइने सडक डिभिजन कार्य...
मेघगर्जनसहित वर्षाको सम्भावना: जल तथा मौमस विज्ञान विभाग

मेघगर्जनसहित वर्षाको सम्भावना: जल तथा मौमस विज्ञान विभाग

ब्यानर समाचार 2, मुख्य समाचार, मौसम, समाचार
देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । जल तथा मौमस विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्र्षा तथा लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । विभागले आगामी २४ घण्टा देशका केही स्थानमा मेघगर्जनचट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै लुम्बिनी र गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने जनाएको छ । उक्त प्रदेशका भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहनुका साथै नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन यातायात क्षेत्र प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स...
चिसो बढे संगै एक हप्ताका लागि विद्यालय बन्द

चिसो बढे संगै एक हप्ताका लागि विद्यालय बन्द

जिवनसैली, टिप्स, मुख्य समाचार, मौसम, शिक्षा, समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौँ, पुष १५ बुधबार परेको वर्षाका कारण चिसो बढेपछि काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाले आजदेखि एक हप्ताका लागि सबै विद्यालय बन्द गरेको छ । नगरपालिकाले बुधबार सार्वजनिक सूचना जारी गरी वर्षाका कारण तापमान कम भई जाडो बढिरहेकाले विद्यालय आउने बालबालिकालाई चिसाले अन्य स्वास्थ्य समस्या हुने देखिएको हुँदा यही पुस २१ गतेसम्म विद्यालयको पठनपाठन बन्द गरिएको जनाएको हो । जाडो बढेका कारण अहिलेलाई विद्यालय बन्द गरेर पुस २२ गतेदेखि मात्रै विद्यालय सञ्चालन गर्न नगरपालिकाले नगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयलाई आग्रह गरेको हो ।...
पिडितहरु जनप्रतिनिधिको आस्वसनमै सिमित

पिडितहरु जनप्रतिनिधिको आस्वसनमै सिमित

आर्थिक, दुर्घटना, मुख्य समाचार, मौसम
५ कार्तिक,काठमाडौं बर्षाका कारण बारम्बार बाढी पहिरोका कारण धनजनको क्षति हुनेगरेको छ । यस्ता प्राकृति प्रकोप ले मानिसको दैनिक जीवनमा प्रतिकूल असर पररिहेको अवस्थामा सरकारको आस्वसनमै सिमित भएको अवस्था रहेको छ । प्रधानमन्त्री देउवाले प्राकृति प्रकोपबाट प्रभावित जनताले भोगेको दुःख मनन् गरेर सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । अहिले पनि कोरोनाका जोखिम रहेकाले रोकथाममा सचेत हुनुपर्ने उल्लेख गर्दै उनले भने, ुनेपालले कोरोनाविरुद्धको खोप लगाउने काममा पाएको सफलताप्रति विश्व स्वास्थ्य सङ्गठनले सरकारको प्रशंसा गरेको छ ।    ...
मेलम्ची क्षेत्र अझै जोखिममा

मेलम्ची क्षेत्र अझै जोखिममा

टिप्स, मौसम, समाचार, स्थानिय तह
लक्ष्मण श्रेष्ठ ३२ साउन,काठमाडौं मेलम्चीमा पुन बाढी आएपछि पछिल्लो समयमा गरेको अध्ययनले अझै जौखिममा रहेकाले पूर्ववत गर्न नसकिने खानि तथा भूगर्भ विभागले निष्कर्ष निकालेको छ । विभागले गत २२ साउनबाट अध्ययन सुरु गरी बाढी आउनुको कारण र त्यस क्षेत्रको भौगर्भिक अध्ययन पछि यस्तो निष्कर्ष निकालेको विभागका वरिष्ठ डिभिजनल जियोलोजिष्ट शिव बास्कोटाले बताएका छन् । नेपाल वातावरण पत्रकार समूहले आइतबार आयोजना गरेको हाका हाकी बहसमा उनले भेमाथाङ भन्दा माथिबाट आएको गेग्रानहरु भेमाथाङ चौरमा जम्मा भएर बसेकाले त्यो जुनसुकै अवस्थामा जुनसूकै समयमा बग्ने बताएका छन् । काठमाडौैं विश्व विद्यालयका वातावरण विज्ञान तथा इन्जिनियरिङ विभागका प्रमूख डा.रिजनभक्त कार्यस्थले जोखिमयुक्त क्षेत्र भएकाले त्यसतर्फ सबैले सर्तकता अपनाउनुपर्ने बताए । उनले मेलम्ची जलाधार क्षेत्रमा रहेका सानाठूला सबै नदीहरुमा जूनसुकै समयमा...
सामुदायिक वन दिवस कार्यक्रम सप्ताहब्यापी रुपमा सुरु

सामुदायिक वन दिवस कार्यक्रम सप्ताहब्यापी रुपमा सुरु

मौसम, समाचार, समाज
काठमाडौं,साउन २१ सामुदायिक वन उपभोक्ता महासंघ, नेपालले सामुदायिक वन दिवसका अवसरमा साप्ताहिक कार्यक्रम सार्वजनिक गरेको छ । महासंघले श्रावण २० देखी २६ गते सम्म सप्ताहब्यापी कार्यक्रम अन्तर्गत बुधबार पत्रकार सम्मेलनको आयोजना गरी यस वर्ष “सामुदायिक वनको सम्पत्ति : समृद्धि प्रकृति र संस्कृति भन्ने नाराका साथ सम्पन्न हुदै छ । सवै संचार क्षेत्रका पत्रकारहरुको उपस्थितिमा भर्चुअल मार्फत वोल्दै महासंघका अध्यक्ष भारती पाठकले वन संरक्षणमा सामुदायिक वन उपभोक्ता समूहले पुराएको योगदानको चर्चा गर्नु भयो, सामुदायिक वनका कारण स्थानीय समुदायले आफ्नो संस्कृति र परम्परागत एवं प्रचलित मूल्य मान्यताका आधारमा वन संरक्षणमा उल्लेखनीय योगदान गर्दै आएको बताउनुभयो । नेपालमा सामुदायिक वनको अवधारणा अवलम्बन गर्नुपूर्व वन व्यवस्थापनका लागि बिभिन्न विधि, पद्धति र प्रणालीको अभ्यास, प्रयास र प्रयोग भएता पनि निरन्तर रुप...
सुरक्षित रहेका बस्ती जोखिम पहिचान गर्नु पहिलो आवश्यकता : प्रमुख पोखरेल

सुरक्षित रहेका बस्ती जोखिम पहिचान गर्नु पहिलो आवश्यकता : प्रमुख पोखरेल

टिप्स, मुख्य समाचार, मौसम, समाज, स्थानिय तह
१८ साउन,काठमाडौं लक्ष्मण श्रेष्ठ अविरल बर्षाका कारण मेलम्चीमा पटक पटक बाढी पहिरोका कारण धनजनको क्षति भईरहेको छ । शनिबार बेलुका फेरि बाढीका कारण थप ३२ घर बगाएको छ । हाम्रो भू बनोट र हामी जुन स्थानमा अवस्थित छौं, हाम्रो मुलुकको यो स्थानमा बाढी पहिरो आउनु स्वाभिक हो । यसबाट कसरी बच्न सकिन्छ र हाम्रा संरचनाहरुलाई कसरी सुरक्षित स्थानमा राख्ने भन्ने कुराको पहिचान गर्नु समस्याको समाधान हो भनि विपद् व्यवस्थापनका कार्यकारी प्रमुख अनिल पोखरेलले बताएका छन् । पूर्व तयारी गर्नका लागि समय समयमा मौसम सम्बन्धि जानकारी लिनु आवश्यक रहेको र असुरक्षित रहेका बस्तीहरुलाई जोखिम पहिचान गरी व्यवस्थापन गर्नु र आगामी दिनहरुमा आउने बाढीको आँकलन गरेर यसको न्युनिकरण गर्न सकिने पोखरेलले बताएका छन् । यस अघि गत असार १ गते बाढीले ठूलो क्षति गरेको थियो । प्रहरीका अनुसार असार १ को बाढीले हेलम्बु गाउँपालिकाका स्थानीय ...
अविरल बर्षाका कारण कृष्णनगर डुबानमा

अविरल बर्षाका कारण कृष्णनगर डुबानमा

मौसम, समाचार, समाज, स्थानिय तह
कृष्णनगर, कपिलवस्तु विगत केही देखिकाे अविरल वर्षाका कारण जिल्लाकाे कृष्णनगर बजार क्षेत्र डुबानमा परेको छ । कृष्णनगर वडा नं. २ को मस्जिद रोड,नगरपालिका रोड,बैङ्क रोड लगायत बजार क्षेत्र डुबानमा परेको हो ।अवैध अतिक्रमणका कारण पानी निकासको लागि नाली निर्माण हुन नसकेकाेले बजार क्षेत्र डुबानमा परेको नगरपालिका स्राेतले जनाएको छ । बर्सेनि डुबानमा पर्ने गरेकाेले ढल निकास निर्माणका लागि आर्थिक बर्ष २०७८/७९ मा १ करोड बजेट विनियोजन गरिएको नगर प्रमुख रजत प्रताप शाहले जनाउनुभयो । शिवविडी फैक्ट्रिदेखी सिनेमा हल हुँदै सेमरासम्म २ मिटर चौडाइ रहने गरी ढल निकास बनाउन १ करोड बजेट छुट्ट्याउन लागिएको नगर प्रमुख शाहले बताउनु भएको छ । स्थानीय तह निर्वाचनपछि सुरुको तीन वर्षमा सडक विभागले ठेक्का गरेकाे कृष्णनगर बजारभित्रकाे ८ किलाेमिटर बाटाे र नाला तथा कृष्णनगर-चन्द्राैटा सडकखण्डकाे २० किलोमिटर बाटाे बना...
बर्षातका बाटाहरु

बर्षातका बाटाहरु

कृर्षि, जिवनसैली, मौसम, समाज, सम्पादकीय
जब हिलोको गन्ध आउन थाल्छ तब सुरु हुन्छन झ्याउँकिरिका झ्याँइझ्याँइ,भ्यागुताका ट्वारट्वार अनि गाउँमा सुरु हुन्छ असार । भाखाहरु घन्किन थाल्छन । बर्षातीहरु तयारी हुन थाल्छन ,अनि सुरु हुन्छ असार । खेतको बिचमा मात्र हरियो हुन्छ । केही थान टाउकाहरु कोदालीले डिल हाल्दै देखिन्छन केही थान राता लुगा लगाएका टाउकाहरु घाँसका भारीका साथ उकाली लाग्छन । अनि सुरु हुन्छ असार । धिप धिप पानीका फोकाहरु,खहरेका सुसेलीहरु अनि बियाढका बिउ माथीको हावाको बयली, साच्चै असार बर्षातको समय हो । कसैले बनाउन नसक्ने बाटाहरु बर्षातले बनाउँछ । कसैले फुटाउन नसकेका चट्टान बर्षात ले फुटाउछ । खहरेलाई बाटो खहरेले बनाउछन,खोलाहरुले बालुवाका भुल्काहरुलाइ आफुसँगै अनन्त यात्रामा लिएर जान्छन । बर्षातका बाटाहरु नत कसैले रोक्न सक्छ न त कसैले छेक्न नै । अनन्त यात्रामा निस्किएका बर्षातहरु धर्तीलाई सिँचित गर्छन र त असार आउँछ । गोठाला र ...
डुबानको चपेटामा मेलम्ची बजार (फोटो फिचर)

डुबानको चपेटामा मेलम्ची बजार (फोटो फिचर)

ब्यानर समाचार, ब्लोअप, मौसम, समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, असार २ मनसुन सक्रिय भए संगै निरन्तर रुपमा परिरहेको वर्षाको कारण देशका अधिकाशं स्थानमा बाढी पहिरो जानुको साथै डुबानमा रहेको छ । हरेक वर्ष जसो यस वर्ष पनि सिन्धुपाल्चोकमा त्यसको ठूलो असर परेको छ । असार १ गते मेलम्ची नदिमा आएको बाढी बजार क्षेत्र डुबानमा परेको छ । कयौँ घर डुबानमा छन्, बक्कि पुलहरु बगाउनुको साथै केहि संख्यामा मानिसहरु समेत बेपत्ता भएका छन् । हेर्नुहोस् यी दृश्यहरु जुन मेलम्ची नगरपालिका वडा नं ११ बाट बुधबार दिउँसो लिगिएको हो । फोटो : बासु बस्नेत ...