Thursday, April 25
Shadow

अविरल बर्षाका कारण कृष्णनगर डुबानमा


  • -इ
  • इ+


कृष्णनगर, कपिलवस्तु
विगत केही देखिकाे अविरल वर्षाका कारण जिल्लाकाे कृष्णनगर बजार क्षेत्र डुबानमा परेको छ ।

कृष्णनगर वडा नं. २ को मस्जिद रोड,नगरपालिका रोड,बैङ्क रोड लगायत बजार क्षेत्र डुबानमा परेको हो ।अवैध अतिक्रमणका कारण पानी निकासको लागि नाली निर्माण हुन नसकेकाेले बजार क्षेत्र डुबानमा परेको नगरपालिका स्राेतले जनाएको छ ।

बर्सेनि डुबानमा पर्ने गरेकाेले ढल निकास निर्माणका लागि आर्थिक बर्ष २०७८/७९ मा १ करोड बजेट विनियोजन गरिएको नगर प्रमुख रजत प्रताप शाहले जनाउनुभयो । शिवविडी फैक्ट्रिदेखी सिनेमा हल हुँदै सेमरासम्म २ मिटर चौडाइ रहने गरी ढल निकास बनाउन १ करोड बजेट छुट्ट्याउन लागिएको नगर प्रमुख शाहले बताउनु भएको छ ।

स्थानीय तह निर्वाचनपछि सुरुको तीन वर्षमा सडक विभागले ठेक्का गरेकाे कृष्णनगर बजारभित्रकाे ८ किलाेमिटर बाटाे र नाला तथा कृष्णनगर-चन्द्राैटा सडकखण्डकाे २० किलोमिटर बाटाे बनाउने स्पष्ट थियाे तर सडक बिभाग बजारकाे बाटाे र नालि निर्माण गर्न आफै पछि हटेकाले नगरपालिकाले बैंक राेड र नगरपालिका राेड बनाउन शुरु गरेकाे हाे ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares