Thursday, April 25
Shadow

मुख्य समाचार

हिमपातबाट सम्भावित जोखिम न्यूनीकरणका लागि तयारी रहन आग्रह

हिमपातबाट सम्भावित जोखिम न्यूनीकरणका लागि तयारी रहन आग्रह

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, पुस २३ । रुकुमपूर्वका तीनवटै गाउँपालिकालाई हिमपातबाट सम्भावित जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ । हिमपातको समय आएकाले यसबाट हुनसक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहन जिल्ला विपद् व्यवस्थापन समितिले गाउँपालिकाका साथै मानवीय क्षेत्रमा कार्यरत गैरसरकारी क्षेत्रलाई निर्देशन दिएको हो । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी राजकुमार राईको अध्यक्षतामा बसेको बैठकले स्थानीय तहलाई हिमपातबाट हुनसक्ने सम्भावित जोखिम न्यूनीकरणका साथै राहत, उद्धार र पुनःस्थापनाका लागि तयारी अवस्थामा रहन निर्देशन गरेको हो । यतिमात्र नभई चिसोबाट प्रभावित हुनसक्ने क्षेत्रका नागरिकको पहिचान गरी राहत सङ्कलन र वितरण गर्न निर्देशन गरेको प्रजिअ राईले बताइन् । यस्तै विपद् व्यवस्थापन समितिको बैठकबाट स्थानीय तहले विपन्न परिवारको पह...
चित्रबहादुर केसी भन्छन् – प्रधानमन्त्रीले भारतको इशारामा संसद विघटन गरे

चित्रबहादुर केसी भन्छन् – प्रधानमन्त्रीले भारतको इशारामा संसद विघटन गरे

ब्यानर समाचार, मुख्य समाचार, राजनिती
काठमाडौं, पुस २३ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको इशारामा प्रतिनिधि सभा विघटन गरेको आरोप लगाएका छन्। बिहीबार दाङको घोराहीमा उक्त पार्टीले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले यस्तो आरोप लगाएका हुन्  । उनले भने , ‘प्रधानमन्त्री ओलीले आफ्नो हातबाट सत्ता गुम्ने खतरा देखेपछि भारतको इशारामा संसद नै विघटन गरे।’ प्रधानमन्त्री ओलीले पार्टी भित्रको विवाद मिलाउनुको सट्टा संसद विघटन गरेर देशलाई नै संकटमा फसाउने काम गरेको भन्दै रोष प्रकट गरे।संसद पुनर्स्थापना गरेर देशलाई आर्थिक भारबाट जोगाउन समेत उनले प्रधानमनन्त्रीसँग आग्रह गरे। वर्तमान प्रधानमन्त्री र संविधानको संरक्षक राष्ट्रपतिले असंवैधानिक तरिकाले संसद विघटन गर्ने काम गरेको भन्दै उनले रोष प्रकट गरे। नेकपा भित्रको सत्तास्वार्थको उपद्रोका कारण देश संकटमा पर्ने अव...
मालपोत कर्मचारी र लेखापढी व्यवसायी घुससहित पक्राउ

मालपोत कर्मचारी र लेखापढी व्यवसायी घुससहित पक्राउ

मुख्य समाचार, समाचार, समाज
सर्लाही, २३ पुस । मालपोत कार्यालय हरिवन सर्लाहीका नायव सुब्बा बेदनिधी बराल र लेखापढी व्यवसायी राम सुन्दर महतो घुस रकमसहित पक्राउ परेका छन् । जग्गाधनी दर्ता प्रमाण पत्र (लालपुर्जा) मा नाम संशोधन वापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले लेखापढी व्यवसायी राम सुन्दर महतोलाई सेवाग्राहीबाट रु।११ हजार अतिरिक्त रकम लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिएको थियो । यस्तै नायब सुब्बा बेदनिधी बराल समेतलाई मालपोत कार्यालय, हरिवन, सर्लाहीबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ अख्तियारले जनाएको छ ।...
नेप्से उकालो लाग्दा बजार पूँजीकरण २९ खर्ब ५५ अर्ब पुग्यो

नेप्से उकालो लाग्दा बजार पूँजीकरण २९ खर्ब ५५ अर्ब पुग्यो

आर्थिक, मुख्य समाचार
  काठमाडौं , पुस २३ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५.९१ बिन्दुले उकालो लागेर दुई हजार १९४.४८ मा पुगेको छ । आजको वृद्धिपछि नेप्सेले दुई हजार २०० को बिन्दु पछ्याएको देखिन्छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३.०८ बिन्दुले उकालो लागेर ४२१.२२ बिन्दुमा पुगेको छ । कारोबार भएका कूल २०८ कम्पनीको एक करोड १७ लाख ६७ हजार ४९२ कित्ता शेयर रु पाँच अर्ब ८७ करोड ४७ लाख आठ हजार २७९ मूल्यमा खरिद बिक्री भए । पछिल्लो वृद्धिसँगै बजार पूँजीकरणका आधारमा रु २९ खर्ब ५५ अर्ब ८६ करोड ४६ लाख बराबर हुन पुगेको छ । कारोबार भएका कूल १२ उपसमूहमध्ये आज अन्य उपसमूहको मात्रै शेयर ओरालो लागेको छ । सो उपसमूहको शेयर ३.६४ ले घट्दा बैंकिङ १३.०४, व्यापार ११२.६१, होटल ५।९४, विकास बैंक १०, जलव...
दिगो विकास तथा सुशासन समितिमा वामदेव गौतम मनोनीत

दिगो विकास तथा सुशासन समितिमा वामदेव गौतम मनोनीत

मुख्य समाचार, राजनिती, समाचार, समाज
काठमाडौँ , पुस २३ । राष्ट्रियसभाको आजको बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौमतलाई सभाको दिगो विकास तथा सुशासन समितिमा मनोनयन गरेको छ । राष्ट्रियसभा नियमावली २०७५ को नियम १४९ को उपनियम १ बमोजिम उनलाई सो समितिमा मनोनयन गरिएको हो । बैठकमा यसअघि प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले मधेशी आयोगको वार्षिक प्रतिवेदन २०७६र०७७ पेश गरेका थिए । राष्ट्रियसभाको अर्को बैठक शुक्रबार अपराह्न १ बजे बस्नेछ ।...
अर्थका सहसचिव शर्मा बने वाणिज्य बैंकका अध्यक्ष

अर्थका सहसचिव शर्मा बने वाणिज्य बैंकका अध्यक्ष

आर्थिक, मुख्य समाचार, राजनिती
काठमाण्डौँ, पुष २३ सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्मा चयन भएका छन्। वाणिज्य बैंक सञ्चालक समितिको बैठकले शर्मालाई अध्यक्ष चयन गरेको हो। शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट पद तथा गोपनीयताको सपथ लिएका छन्। शर्मालाई अधिकारीले बिहीबार सपथ गराएका हुन्। शर्मा अर्थ मन्त्रालयको प्रतिनिधिका रूपमा वाणिज्य बैंक सञ्चालक समितिका सदस्य रहेका थिए। तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाले उपप्रधानमन्त्री ईश्वर पोखरेलका सम्धी प्राडा उपेन्द्र कोइरालालाई वाणिज्य बैंक सञ्चालक समितिको सदस्य नियुक्त गरेका थिए। उनलाई अध्यक्ष बनाउने गरी सदस्य बनाइएको भएपनि चर्को आलोचना भएपछि रोकिएको थियो।...
प्रधानमन्त्री ओलीको संसद विघटनको कदमविरुद्ध नेविसंघले ‘उल्टो जुलुस’ निकाल्ने

प्रधानमन्त्री ओलीको संसद विघटनको कदमविरुद्ध नेविसंघले ‘उल्टो जुलुस’ निकाल्ने

मुख्य समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष २३ प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनविरुद्ध आन्दोलन गर्नेक्रममा उल्टो हिडेर बिरोध प्रदर्शन गर्ने भएको छ। भोली शुक्रबार दिउँसो १ः०० बजे माइतीघर मण्डलाबाट उल्टो हिडेर बिरोध प्रदर्शन गर्ने भएको हो। संघका महामन्त्री बलदेव तिमल्सिनाले प्रधानमन्त्री ओलीको संसद विघटनको कदम असंवैधानिक भएकाले आफूहरुले चरणवद्ध आन्दोलन गरिरहेको जानकारी दिए । उनले भने,‘प्रधानमन्त्री ओलीको कदम सच्चाउन आवश्यक छ। कदम नसच्चिएसम्म हामी आन्दोलनबाट दबाब दिइरहन्छौँ।’...
चोरीको मोटरसाइकलसहित धादिङका दुई युवक पक्राउ

चोरीको मोटरसाइकलसहित धादिङका दुई युवक पक्राउ

अपराध, मुख्य समाचार
काठमाण्डौँ, पुष २३ महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी गर्ने दुईजनालाई मोटरसाईकलसहित पक्राउ गरेको छ । पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले सोह्रखुट्टेस्थित सडकखण्डबाट राजन मगर र राजन तामाङले सवार गरिरहेको मोटरसाईकलसहित पक्राउ गरेको जानकारी ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिए । धादिङको निलकण्ठ नगरपालिका-९ मुरली भन्ज्याङ्ग बस्ने वर्ष २६ का राजन मगर र थाक्रे गाउँपालिका वडा नं. १ देवीस्थान बस्ने वर्ष २१ को राजन तामाङले सवार गरेको बा ९२ प ७६३० नम्वर कालो रातो रङ्गको २२० सी.सी.को पल्सर मोटरसाईकललाई पक्राउ गरिएको महाशाखाले जनाएको छ । अनुसन्धानको क्रममा उक्त मोटरसाईकलको वास्तविक नं. प्रदेश ३-०२-०१२ प ९८३५ खुल्न आएको छ । उक्त नम्बरको मोटरसाईकल गत वर्ष पुस २६ गते गते अन्दाजी १९:३० बजेको समयमा काठमाडौंको सोह्रखुट्टेस्थित...
श्रीमतीको हत्या गरी फरार व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला

श्रीमतीको हत्या गरी फरार व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला

मुख्य समाचार, समाचार, समाज
पाँचथर, पुस २३ । आफ्नै श्रीमतीको बञ्चरो प्रहार गरी हत्या गरेर फरार रहेका एक व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।पाँचथरको हिलिहाङ–५ सुभाङका ३२ वर्षीय धनकुमार उभरकोटी घरबाट करिब तीन किलोमिटर पूर्व जङ्गलमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । गत पुस ९ गते मध्यरात श्रीमती ३० वर्षीया दुर्गादेवी उभरकोटीको टाउकोमा बञ्चरो प्रहार गरी हत्या गरेपश्चात् फरार रहेका उनी बुधबार गाउँकै जङ्गलमा झुण्डिएर मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । पात्ले ९कटुस०को रुखमा प्लास्टिकको डोरीले पासो लगाई झुण्डिएको अवस्था स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।शव गन्हाउने भएकाले करिब एक हप्ताअघि नै उनले आत्महत्या गरेको हुनसक्ने स्थानीयवासीले अनुमान गरेका छन् । फिदिमस्थित पाँचथर जिल्ला अस्पतालमा शव परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । गत पुस ९ गते...
फेसबुक र ट्विटरले गरे ट्रम्पको एकाउण्ट १२ घण्टाका लागि बन्द

फेसबुक र ट्विटरले गरे ट्रम्पको एकाउण्ट १२ घण्टाका लागि बन्द

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं , पुस २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र ट्विटर एकाउण्ट बन्द गरिएको छ । फेसबुकले २४ घण्टाका लागि र ट्विटरले १२ घण्टाका लागि ट्रम्पको एकाउण्ट बन्द गरेको हो । दुवै कम्पनीले आफ्नो कम्पनीको निती विपरित भएको भन्दै ट्रम्पको एकाउण्ट बन्द गरिएको जनाएका छन् । फेसबुकले लेखेको छ, ‘राष्ट्रपति ट्रम्पले फेसबुकको दुई नितिको उल्लघंन गरेका छन् जसका कारण उनको एकाउण्ट २४ घण्टाका लागि बन्द गरिएको छ यानेकि उनले कुनै पोष्ट गर्न पाउने छैनन् । ट्विटरले पनि वासिङ्गटन डिसीमा देखिएको हिंसात्मक गतिविधिलाई हेर्दा ट्रम्पका तीनवटा ट्विटस हटाउनु पर्ने देखिएको बताएको छ । ट्विटरले लेखेको छ, ‘ती ट्विटसले हाम्रो संस्थाको ‘सिविक इंटेग्रिटी पेलिसी’ उल्लघंन गर्छ ।’ ट्विटरले तीन ट्विटस नहटाए ट्रम्पको एकाउण्ट सधैका लागि लक हुने समेत चेतावनी दिएको छ । ट्रम्पका समर्थकले अमेरिकी संसदमै हतिय...