Friday, June 26
Shadow

मुख्य समाचार

आज असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा,गुरुजनप्रति श्रदाभाव प्रकट गरी मनाइँदै

आज असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा,गुरुजनप्रति श्रदाभाव प्रकट गरी मनाइँदै

मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौं,असार १८ । आज आषाढ शुक्ल पूर्णिमाका दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ । आजको दिन आफूलाई शिक्षा दिने, मन्त्र दिने गुरुलाई सम्मान गर्ने दिन हो । आज पूर्णिमा व्रत ब्यास पूजा जयन्ती हो । गुरुलाई आमा–बुबा सरह सम्मान गर्ने प्रचलन छ । संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हुन्छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिइन्छ । अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ ।  गुरुलाई माता पिता जस्तै देवता समान मानी ‘आचार्यदेवो भवः’ भनिन्छ । गुरुपूर्णिमाका अवसरमा आज विद्यालय एवम् विभिन्न संघ...
आजको मौसम: मनसुनी वायुको प्रभाव जारी रहने, देशभर पानी पर्ने

आजको मौसम: मनसुनी वायुको प्रभाव जारी रहने, देशभर पानी पर्ने

मुख्य समाचार, मौसम, समाचार
काठमाडौं ,असार १८ । जल तथा मौसम विज्ञान विभागले अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। विभागका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी भूभागमा आँशिकदेखि सामान्य बदली  रहेको छ । विभागका अनुसार आज दिउँसो  देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार आज राती भने देदेशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका तराई भू-भागका धेरै स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ । मधेश प्रदेश, बागमत...
आज सोमबारको दिन विदेशी मुद्राको विनिमय दर यस्तो छ

आज सोमबारको दिन विदेशी मुद्राको विनिमय दर यस्तो छ

अन्तर्राष्ट्रिय, आर्थिक, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असार १८ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ९७ पैसा र बिक्री दर १३१ रुपैयाँ ५७ पैसा पुगेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ९१ पैसा र बिक्री दर १४३ रुपैयाँ ५७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ४१ पैसा र बिक्री दर १६७ रुपैयाँ १७ पैसा रहेको छ यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९४ पैसा र बिक्री दर ३६ रुपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ३२ पैसा र बिक्री दर ८७ रुपैयाँ ७२ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्री दर ९९ रुपैयाँ ३९ पैसा रहेको छ । जापानी येन १० को खरिद दर नेपाली ०९ रुपैयाँ ०७ पैसा र बिक्री दर ०९ रुपैयाँ १२ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ...
कस्तो छ तपाईको आजको दिन ? हेर्नुहोस् राशिफल

कस्तो छ तपाईको आजको दिन ? हेर्नुहोस् राशिफल

मुख्य समाचार, समाचार
काठमाडौं । आज १८ असार सोमवार, ०३ जुलाई २०२३ । असार शुक्ल पूर्णिमा पञ्चाङ्ग:ब्रह्म विष्टि/ भद्रा मूल , गुरु पुर्णिमा व्रत/व्यास जयन्तीरपूर्णिमा व्रत आज सूर्योदय बिहान ५:१२ मिनेटमा भएको हो भने सूर्यास्त साँझ ७ बजेर ०९ मिनेटमा हुनेछ । यस्तो छ आजको तपाईको राशिफल – मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) : आजबाट आयआर्जनका क्षेत्रमा सुधार विस्तारै आउनेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) :  आज कार्यमा सम्पादनमा समस्या आउला । पारिवारिक उल्झनमा परि काम बिग्रिएला । सरकारी निकायको भय पनि रहनेछ । मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) : आज धार्मिक र सामाजिक कार्यमा रुचि बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) : आज नयाँ ...
रााष्ट्रिय स्वतन्त्र पार्टी किस्पाङ सभापतिमा शिवप्रसाद भट्ट

रााष्ट्रिय स्वतन्त्र पार्टी किस्पाङ सभापतिमा शिवप्रसाद भट्ट

मुख्य समाचार, राजनिती, समाचार, स्थानिय तह
नुवाकोट,किस्पाङ १७ असार। रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को किस्पाङ गाउँपालिका स्तरीय कार्यसमिति गठन गरिएको छ । शनिवार (हिजो) किस्पाङको काहुलेमा भएको आयोजित प्रथम पालिका भेलाले शिवप्रसाद भट्टको नेतृत्वमा निर्विरोध कार्यसमिति चयन गरेको हो । उक्त भेलाले उप–सभापतिमा सोमेश तामाङ, सचिवमा श्रद्धा ढुङ्गाना र कोषाध्यक्षमा कृष्णप्रसाद भट्टराईलाई चयन गरेको छ । यस्तै,सदस्यहरुमा दोलानन्द अधिकारी, अकिल बहादुर तामाङ, बम बहादुर तामाङ र बिक्रम तामाङ चयन भएको रास्वपा नुवाकोटका उप–सभापतिमा लक्ष्मी पाण्डेले बताउनु भएको छ ।  ...
साताको पहिलो दिन अर्थात् आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो

साताको पहिलो दिन अर्थात् आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो

आर्थिक, मुख्य समाचार, समाचार
काठमाडौं, १७ असार । साताको पहिलो दिन अर्थात् आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत साताको शुक्रबारको तुलनामा आज सुन र चाँदीकै मूल्य बढेको हो । नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५५० रुपैयाँ कायम छ । यस्तै, आज आइतबार तोलामा १० रुपैयाँले बढेको चाँदीको मूल्य प्रतितोला १३ सय ७० रुपैयाँ कायम छ । गत साताको शुक्रबार यसको मूल्य तोलामा १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।...
बागमती प्रदेशसभा बैठक बस्दै

बागमती प्रदेशसभा बैठक बस्दै

मुख्य समाचार, राजनिती, समाचार
हेटौँडा,१७ असार । बागमती प्रदेशसभाको बैठक (आज) आइतबार बस्दैछ । बैठक दिउँसो २ बजे प्रदेशसभा भवन हेटौँडामा बस्न लागेको हो । आजको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत गरिएको आर्थिक वर्ष २०८०–८१ को बजेटमाथि छलफल गर्ने कार्यसूची रहेको छ । गत असार १ गते प्रदेश सरकारले सार्वजनिक गरेको आगामी वर्ष २०८०–८१ को बजेट माथिको छलफल अझै सुचारू हुन सकेको छैन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपासँग सहमति कायम गरेर आजको बैठक सुचारू गराउने प्रयत्न रहने बाग्मती सरकारले जनाएको छ । आर्थिक वर्ष २०८०–८१ को बजेटमाथि छलफलका लागि असार १३ गते आह्वान गरिएको बैठकमा विपक्षी दलहरूको निरन्तर अवरोध गरे पछि बैठक ३ दिनका लागि स्थगित गरिएको थियो ।...
प्रतिनिधिसभा बैठक बस्दै, आर्थिक विधेयक २०८० माथि छलफल हुने

प्रतिनिधिसभा बैठक बस्दै, आर्थिक विधेयक २०८० माथि छलफल हुने

मुख्य समाचार, राजनिती, समाचार
काठमाडौं ,असार १७ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आइतबार (आज ) बस्दै छ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्न लागेको हो । संसद् सचिवालयका अनुसार बैठकमा आर्थिक विधेयक, २०८० माथि छलफल तथा प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यस्तै, बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक विधेयक, २०८० पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । यसै विधेयक माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने छ भने अर्थमन्त्री महतले सो विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।...
आईसीसी विश्वकप छनोटबाट बाहिरिएको नेपाल आज यूएईसँग प्लेअफ खेल्दै

आईसीसी विश्वकप छनोटबाट बाहिरिएको नेपाल आज यूएईसँग प्लेअफ खेल्दै

खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं ,असार १७ । आईसीसी विश्वकप छनोटको सुपर सिक्सबाट बाहिरिएको नेपालले आज प्लेअफमा यूएईसँग खेल्दै छ । आइतबार दिउँसो पौने १ बजे खेल जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लबको मैदानमा सुरु हुँदै छ । आजको स्पर्धाका विजेताले सातौं स्थानका लागि आयरल्यान्डसँग खेल्नेछ । नेपाल र यूएईबीच अहिलेसम्म १४ वटा एक दिवसीय अन्तर्राष्ट्रिय खेल भएका छन् । नेपालले आठ वटा जित निकाल्दा यूएई ६ वटा खेलमा विजयी भएको छ ।...
पाण्डे निजी प्राविधिक शिक्षालय महासंघको केन्द्रीय अध्यक्ष सर्वसम्मत

पाण्डे निजी प्राविधिक शिक्षालय महासंघको केन्द्रीय अध्यक्ष सर्वसम्मत

मुख्य समाचार, शिक्षा, समाचार
कपिलवस्तु,असार १७ । प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सि.टि.ई.भी.टी.) अन्तर्गत निजि स्तरमा संचालित शिक्षण सस्थाको छाता संगठन निजि प्राबिधिक शिक्षालय महासङ्घको ८औं महाधिवेशन सम्पन्न भएको छ । महासंघको राष्ट्रिय अधिवेशनबाट अरुण कुमार पाण्डे सर्वसम्मत अध्यक्षमा चयन भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न भएको अधिवेशनले शिक्षासेवी पाण्डेलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । १७ सदस्यीय समितिमा बरिस्ठ उपाध्यक्षराम प्रसाद पौडेल, कोशी प्रदेश अध्यक्ष भगवान झा, मधेस प्रदेश अध्यक्ष रामेश्वर नारायण झा, बागमती प्रदेश अध्यक्ष रमेश कुँवर, गण्डकी प्रदेश अध्यक्ष चन्दन बाबू खत्री, लुम्बिनी प्रदेश अध्यक्ष त्रिलोचन पौडेल, कर्णाली प्रदेश अध्यक्ष दुर्गा भण्डारी, सुदुर पश्चिम अध्यक्ष किशोर पान्डे रहेका छन् । त्यसैगरी महासचिव भुवन चक्र जोशी, सचीव ध्रुब शर्मा, कोषाध्यक्ष दोर्ण ओलि सदस्यहरु सिन्धु मल्ल, सु...