Tuesday, April 30
Shadow

कस्तो छ तपाईको आजको दिन ? हेर्नुहोस् राशिफल


  • -इ
  • इ+

काठमाडौं । आज १८ असार सोमवार, ०३ जुलाई २०२३ । असार शुक्ल पूर्णिमा पञ्चाङ्ग:ब्रह्म विष्टि/ भद्रा मूल , गुरु पुर्णिमा व्रत/व्यास जयन्तीरपूर्णिमा व्रत

आज सूर्योदय बिहान ५:१२ मिनेटमा भएको हो भने सूर्यास्त साँझ ७ बजेर ०९ मिनेटमा हुनेछ ।

यस्तो छ आजको तपाईको राशिफल –

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) : आजबाट आयआर्जनका क्षेत्रमा सुधार विस्तारै आउनेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) :  आज कार्यमा सम्पादनमा समस्या आउला । पारिवारिक उल्झनमा परि काम बिग्रिएला । सरकारी निकायको भय पनि रहनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) : आज धार्मिक र सामाजिक कार्यमा रुचि बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) : आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ । कुनै कुराले मनमा शान्ति छाउला । सफलता र उपहार पाइने सम्भावना पनि रहेको छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) : आज मानसिक चिन्ता बढेपनि कार्यक्षेत्रमा प्रगति नै हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । कला र गलाको प्रभाव बढ्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) : स्वास्थ्यप्रति सजग रहनुहोला अन्यथा धन खर्च हुनेछ । शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । मनमा चञ्चलता बढ्नसक्छ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) : आज जोशजाँगर र हिम्मत बढ्नेछ । नयाँ काम वा रोजगार पाइनेछ । धार्मिक कार्यमा सफलता मिल्ला । शुभकार्यको चर्चा पनि चल्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) : आज चिताएको कामले तीव्रता लिनेछ । व्यापारव्यवसायबाट फाइदा लिन सकिनेछ । महिला मित्रबाट विशेष सहयोग मिल्नेछ ।

 धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) :  आज धर्मकर्म, तथा समाजसेवामा मन लाग्नेछ । अरुको मन जित्न सकिनेछ । शुभकार्यको योजना हुनेछ, तर साँझमा भने खर्च बढ्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) : आज अनावश्यक यात्रा हुनसक्नेछ । आफन्तसँग मनमुटाव बढ्ने देखिन्छ । गलत आश्वासन बाँड्नाले आफैलाई समस्या आउन सक्छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) : मङ्गल कार्यको योजना बन्नेछ । कृषि कार्यमा सहभागी भइएला । नयाँ रोजगारको अवसरले पछ्याउनेछ । स्वादिष्ट खानेकुरा पनि मिल्नेछ ।


मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) : आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दाम्पत्य जीवन पनि सुखमय नै रहनेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares