Monday, May 6
Shadow

मुख्य समाचार

बीरगंजमा ई–रिक्सा अव्यवस्थित, सम्बन्धित निकाय मौन

बीरगंजमा ई–रिक्सा अव्यवस्थित, सम्बन्धित निकाय मौन

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
वीरगंज १८ पुष । वीरगन्जमा सञ्चालित ई–रिक्साहरुको व्यवस्थापन हुन नसक्दा वीरगन्जबासीले ट्राफिक जाम तथा मनोमानी भाडा असुलीको समस्या झेल्नु परेको छ । जथाभावी ई–रिक्सा पार्किङ्ग, रोडमै रोकेर यात्रु चढाउने, ओराल्ने गर्नाले वीरगन्ज महानगर अस्तव्यस्त बनेको छ । साथै, जथाभावी भाडा असुली गर्दा उपभोक्ता चरम मर्कामा पर्ने गरेका छन् । ई–रिक्सा सञ्चालनका लागि कुनै किसिमको मापदण्ड समेत बन्न नसकेकोले युवादेखि वृद्ध–वृद्धा तथा स–साना बालकहरुले पनि ई–रिक्सा चलाउने गरेको छन् । जसको परिणाम वीरगन्ज बजारमा दिनहुँ ट्राफिक जामको समस्या हुने गरेको छ । सानो उमेरका युवाहरु पनि लाइसेन्स विना ई–रिक्सा चलाइरहेकाले सवारी जामको समस्यादेखि दुर्घटनाको समस्या दिनदिनै बढिरहेको छ । वीरगन्जको घण्टाघरदेखि माइस्थान, आदर्शनगर हुँदै अलखियामठसम्म साँघुरा सडक, त्यसमा पनि ई–रिक्साहरुको घुइँचो भएकोले त्यस क्षेत्रमा विहान १...
प्रभु साह भन्छन् -प्रचण्डलाई जनतामाथि विश्वास छैन

प्रभु साह भन्छन् -प्रचण्डलाई जनतामाथि विश्वास छैन

मुख्य समाचार, राजनिती
काठमाडौं, पुस १८ । सहरी विकासमन्त्री प्रभु साहले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जनतामाथि विश्वास नरहेको बताएका छन् । महोत्तरीको जलेश्वरमा शनिबार आयोजित नेकपा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलामा मन्त्री साहले प्रचण्डले व्यक्तिगत स्वार्थको कारण संसद् विघटन गराउने अवस्था पैदा गरेको आरोप लगाए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई महाधिवेशनमार्फत् पार्टीको अध्यक्ष तथा जनतामार्फत् नै देशको प्रधानमन्त्री चुन्न पटक–पटक आग्रह गर्दा नमानेकाले संसद् विघटन गर्नुपरेको जिकिर गरे । सोही भेलालाई सम्बोधन गर्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले प्रधानमन्त्री ओलीले देशको संविधानमा व्यवस्था भएअनुसार नै संसद् विघटन गरेको बताए । उनले देशको संविधान, राष्ट्रियता, जनताको हक–अधिकार तथा जनादेशको रक्षाका लागि प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको र उनको यस ...
नुवाकोटको सबै स्थानिय तहका प्रचण्ड-माधब समुहका नेता कार्यकर्ताको भेला सम्पन्न

नुवाकोटको सबै स्थानिय तहका प्रचण्ड-माधब समुहका नेता कार्यकर्ताको भेला सम्पन्न

मुख्य समाचार, राजनिती, स्थानिय तह
काठमाण्डौँ, पुष १८ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले संसद विघटन गरे संगै विवादित बनेको नेकपाको ओली पक्ष र प्रचण्ड - माधब पक्षका नेता कार्यकर्ताहरुले एकले अर्का प्रति विरोध जनाईरहेका छन् । प्रचण्ड - माधब समुहले देश भर प्रधानमन्त्री ओलीको विरोध जनाईरहेको छ । शनिवार नुवाकोटको १२ वटै स्थानिय तहमा प्रचण्ड माधब समुहका नेता कार्यकर्ताहरु भेला भएका छन् । दुई नगरपालिका र दश गाउँपालिका सहित १२ स्थानिय तह रहेको नुवाकोटको ८८ वटै वडामा प्रचण्ड - माधब समुहका नेता कार्यकर्ता भेला भई प्रधानमन्त्री ओलीको कार्य गलत भएको भन्दै विरोध जनाएका छन् । तस्वीर  : ककनी गाउँपालिका वडा नं ८ मा भएको कार्यकर्ता भेला ...
विश्वका तिब्र आर्थिक वृद्धि गर्ने १० देशहरुमा नेपाल परेको छ : प्रधानमन्त्री ओली

विश्वका तिब्र आर्थिक वृद्धि गर्ने १० देशहरुमा नेपाल परेको छ : प्रधानमन्त्री ओली

आर्थिक, मुख्य समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष १७ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले उच्च आर्थिक वृद्धिदर हासिल गरेको दाबी गरेका छन् । काठमाडौँ जिल्ला कमिटीद्वारा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दुनिया विश्वका १० वटा देशहरु जसले तिब्र आर्थिक वृद्धि गरे त्यसमा नेपाल परेको बताएका छन् । उनले मानव विकास सूचकांकमा नेपालले राम्रो प्रगति गरेको बताए । प्रधानमन्त्री ओलीले भने, 'नेपालको प्रधानमन्त्रीको बाहिर चर्चा हुदैनथ्यो, भारतको हरेक प्रधानमन्त्री को छ भन्यो भने हरेकलाई कण्ठ छ । अन्तर्राष्ट्रिय मंचमा हाम्रो कुरा सुन्न थालिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले, चिनियाँ राष्ट्रपति सी जीङपीङले सम्बृद्ध नेपालको अभियानमा सघाउछौ भन्नु भयो तर प्रचण्ड र नेपालले समृद्ध नेपालको बारेमा शब्द पनि उच्चरण गरेनन् ।' प्रधानमन्त्री ओलीले देशमा अहिलेसम्म नभएको विकासका कम भएको भन्दै आफ्नै पार्टीक...
मेलम्चीको पानी चैत्रमा काठमाण्डौं उपत्यकाभित्र

मेलम्चीको पानी चैत्रमा काठमाण्डौं उपत्यकाभित्र

मुख्य समाचार, समाज
काठमाण्डौं, पुष १८ काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आउने चर्चा आजभन्दा तीन दशक पहिलाकै हो ।मेलम्चीको पानी काठमाडौं भित्रिने मिति निकै पटक तोकिइसकेको छ । फेरि मेलम्चीको पानी आउने नयाँ मिति तोकिएको छ । मेलम्ची खानेपानी विकास समितिले आगामी चैत्रमा मेलम्चीको पानी काठमाडौं भित्रिने आश्वासन दिएको छ ।  समितिका सूचना अधिकारी  राजेन्द्र पन्तले अबको चैत्रमा मेलम्चीको पानी उपत्यकामा आउने दावी गरेका छन् । जर्मनीबाट आएका प्राविधिकले आयोजनाको निरीक्षण गरेको र  डिजाइन तथा सम्पूर्ण रिपोर्टमा समेत अध्ययन भइसकेकाले अब पानी भित्र्याउन प्रतिवेदन अध्ययन हुन बाँकी रहेको पन्तले बताए । सो प्रतिवेदनका आधारमा खप्राविधिज्ञ र ठेकेदार कम्पनीबीच छलफलपछि सुरुङमा पानी राखिने कार्यक्रम रहेको उनले जानकारी दिए । पानी राखेपछि काठमाडौंमा वितरण गर्ने अवस्थासम्म पुग्न २ महिना लाग्ने बताइएको छ। ९९ प्र...
सिमा नाकाबाट एक वर्षमा माइति नेपालले गर्यो ८३ जनाको उद्धार

सिमा नाकाबाट एक वर्षमा माइति नेपालले गर्यो ८३ जनाको उद्धार

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, पुस १८ । माइती नेपाल बर्दियाले सिमा नाकाबाट एक वर्षमा ८३ जनाको उद्धार गरेको छ । मानब बेचबिखन तथा ओसारपसारविरुद्धका क्रियाकलाप सञ्चालन गर्ने क्रममा माइती नेपाल बर्दियाले सन् २०२० जनवरीदेखी डिसेम्बरसम्म एक वर्षको अवधिमा ८३ जनाको उद्धार गरेको जनाएको छ । सो अबधिमा नेपाल भारतको सिमा र देस भित्रै बिभिन्न हिंसामा परेका महिला तथा बालबालिका गरि ८३ जनालाई उद्धार गरि आवसिय परामर्श सेवा प्रदान गरिएको माइती नेपाल बर्दियाकी कार्यक्रम संयोजक गायत्री रिमालले जनाकारी दिइन् । भारतबाट १ जनालाई उद्धार गरी नेपाल ल्याइएको उनले बताइन् । एक वर्षको अबधिमा खोजतलास तथा उद्धारका लागि ३७ वटा निवेदन परेको थियो । जसमध्ये १९ जना फेला परेका छन् । त्यस्तै जबरजस्ती करणी उधोगका २२ वटा, मानब बेचबिखनका ३ वटा, घरेलु हिंसाका ४९ वटा घट्नामा प्रभावितलाई आवसिय परामर्श एवं कानुनी सहायता प्रदान गरिएको माइती नेप...
कङ्गोमा लडाकु समूहद्वारा एक एक गरी २५ जनाको हत्या

कङ्गोमा लडाकु समूहद्वारा एक एक गरी २५ जनाको हत्या

अन्तरवार्ता, मुख्य समाचार
काठमाडौं, पुस १८ । कङ्गोमा लडाकु समूहले २५ जनाको हत्या गरेको छ । लोकतान्त्रिक गणतन्त्र कङ्गोमा भएको यो घटनामा परी कम्तीमा २५ सर्वसाधारण मारिएका हुन् । देशको पूर्वी क्षेत्रमा पर्ने तिङवेमा भएको घटनामा उनीहरुको मृत्यु भएको स्थानीय सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । आक्रमणको आरोप एडीएफ नामक लडाकूहरुको समूहलाई लगाइएको छ । तर यसको औपचारिक जिम्मेवारी भने कसैले लिएको छैन । घटनास्थल इरिन्गेतीदेखि आठ किलोमिटर टाढा पर्दछ । स्थानीय नागरिक अगुवाहरुले भने घटनामा ३० जनाको मृत्यु भएको दावी गरेका छन् । सर्वसाधारणहरु नयाँ वर्ष मनाउन गएको स्थानमा एडीएफ नामक लडाकू समूहले उनीहरुलाई एक एक गरी हत्या गरेको अधिकारकर्मीले जनाएका छन् ।...
ग्लोबल आइएमई बैंक १४ वर्षमा प्रवेश, प्राथमिक पूँजी पुग्यो २७ अर्ब

ग्लोबल आइएमई बैंक १४ वर्षमा प्रवेश, प्राथमिक पूँजी पुग्यो २७ अर्ब

आर्थिक, मुख्य समाचार
काठमाण्डौ , पुस १८ । ग्लोबल आइएमई बैंक लिमिटेड आदेखि आफ्नो स्थापनाको १४ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको छोटो अवधिमा पूँजी, व्यवसाय, शाखारसञ्जाल समेतका हिसाबले नेपालकै ठूलो तथा मजबुत बनेको बैंकले दाबी गरेको छ । बैंकले अहिले चुक्ता पूँजी करिब १९ अर्ब रुपैयाँ ९प्रस्तावित १४५ बोनस पश्चात करिब २१ अर्ब भन्दा बढी० र संचित कोष गरी प्राथमिक पूँजी २७ अर्ब २४ करोड रुपैयाँ रहेको जनाएको छ । कुल निक्षेप २ खर्ब ४९ अर्ब रुपैयाँ र कुल कर्जा २ खर्ब ११ अर्ब रुपैयाँभन्दा बढी पुग्ने बैंकले जनाएको छ । बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले मर्जरपछि ग्राहक वर्गलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ्ग सेवा प्रदान गर्न अझ सहज भएको बताएका छन् । मर्जर तथा प्राप्तिमा ग्लोबल आइएमई बैंकसँग लामो अनुभव भएको बताउँदै उनले मर्जरपछिको व्यवस्थापनमा बैंकले हासिल गरेको उपलब्धिको आधारमा आउने दिनमा पनि थप उत्साहित बन...
प्रदेश १ का मुख्यमन्त्री राईले गरे थप एक सांसद ‘निलम्बन’

प्रदेश १ का मुख्यमन्त्री राईले गरे थप एक सांसद ‘निलम्बन’

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं, पुस १८ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थप एक जना सांसदलाई संसदीय दल सदस्यबाट निलम्बन गरेका छन् । नेकपा संसदीय दलको विधानविपरित अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको भन्दै प्रचण्ड नेपाल पक्षका उपेन्द्र घिमिरेलाई संसदीय दलको गतिविधिबाट बञ्चित गरिएको जनाइएको छ । मुख्यमन्त्री राई निकट नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले घिमिरेलाई निलम्बन गरिएको बोधार्थ प्रदेशसभामा शुक्रबार दर्ता गराएका छन् । राईले बिहीबार प्रचण्ड नेपाल समूहका १५ सांसदलाई निलम्बन गरेका थिए ।...
प्रचण्ड–नेपाल समूहद्वारा नेकपा सुदूरपश्चिमका अध्यक्ष थापालाई कारवाही गर्न सिफारिस

प्रचण्ड–नेपाल समूहद्वारा नेकपा सुदूरपश्चिमका अध्यक्ष थापालाई कारवाही गर्न सिफारिस

मुख्य समाचार, राजनिती
काठमाडौं, पुस १८ । नेकपा सुदूरपश्चिम प्रदेश कमिटिका अध्यक्ष कर्णबहादुर थापालाई प्रचण्ड–नेपाल समूहले कारवाहीका लागि सिफारिस गरेको छ। शुक्रबार धनगढीमा बसेको नेकपाको चौथो बैठकले थापालाई पार्टी अनुशासन विपरीत काम गरेको भन्दै कारवाहीका लागि केन्द्रीय कमिटिलाई सिफारिस गरिएको नेकपा सुदूरपश्चिमका कार्यालय सचिव दिनेशचन्द्र सुवेदीले जानकारी दिए। उनका अनुसार अब प्रदेश कमिटिले गरेको सिफारिसका आधारमा केन्द्रले थापालाई कारवाही गर्नेछ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि दुई समूहमा विभाजन भएको नेकपामा एक समूहले अर्को समूहले जिल्लादेखि केन्द्रसम्म कारवाही गर्ने क्रम चलेको छ। सोही क्रमममा थापालाई पनि कारवाही गर्न सिफारिस गरिएको हो। थापा ओली निकट नेता हुन्।...