Saturday, April 20
Shadow

ब्यानर समाचार

आन्दोलनमा होमिएको प्रचण्ड नेपाल समूहले आज टुँडिखेललाई मानव साङ्लोले घेर्दै

आन्दोलनमा होमिएको प्रचण्ड नेपाल समूहले आज टुँडिखेललाई मानव साङ्लोले घेर्दै

ब्यानर समाचार, राजनिती
काठमाडौँ , फागुन ६ । नेकपा प्रचण्ड-नेपाल समूहले टुँडिखेललाई मानव साङ्लोले घेर्दैछ । प्रतिनिधि सभा विघटनविरुद्ध चौथो चरणको आन्दोलन अन्तर्गत सो समूहले आज दिउँसो ४ बजेदेखि एक घन्टा मानव साङ्लो बनाएर टुँडिखेल घेर्ने भएको हो । पूर्वनिर्धारित विरोधको कार्यक्रम अन्तर्गत नै दिउँसो प्रतिगमन, महङ्गी र भ्रष्टाचारको विरोधमा टुँडिखेल वरिपरि मानव साङ्लो बनाएर विरोध गर्ने केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले जानकारी दिए । उनका अनुसार यो कार्यक्रममा १० हजारको हाराहारीमा कार्यकर्ता सहभागी हुनेछन् । चौथो चरणको आन्दोलन अन्तर्गत फागुन ५ देखि १२ गतेसम्म प्रदेश कमिटीको योजनामा सवै जिल्लामा जिल्लास्तरीय विरोध प्रदर्शन र सभा हुने सो समूहले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनमा जाने निर्णय लिएसँगै नेकपा विभाजित बनेको छ । ओली समूह तथा प...
कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै, के छ एजेण्डा ?

कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै, के छ एजेण्डा ?

ब्यानर समाचार, राजनिती
काठमाडौं , फागुन ६ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो बैठक बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । केन्द्रीय समितिको हिजोको बैठकबाट १४ औं महाधिवेशनको नयाँ कार्यतालिका प्रस्ताव गरेको कांग्रेसले आजको बैठकमा संसद विघटनविरुद्धको आन्दोलनका विषयमा छलफल गर्दैछ । कांग्रेसले १४ औं महाधिवेशन आगामी २०७८ साल भदौ ७ गतेदेखि २० गतेसम्म काठमाडौंमा गर्ने प्रस्ताव गरेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले संसद विघटन असंवैधानिक भएकाले संसद पुनःस्थापित हुनुपर्छ भन्ने निर्णय गरेर कांग्रेस सशक्त आन्दोलनमा जानुपर्ने धारणा हिजोको बैठकमा राखेका थिए । सभापति शेरबहादुर देउवा भने संसद विघटनको विषय सर्वोच्च अदालतमा पुगेकाले फैसला गर्न अदालतलाई दबाव पुग्ने खालको कुनै पनि गतिवि...
नेकपा विवाद :  निर्णय लिन आयोगले सार्‍यो पाँच विकल्प

नेकपा विवाद : निर्णय लिन आयोगले सार्‍यो पाँच विकल्प

ब्यानर समाचार, राजनिती
काठमाडौं, फागुन ६ । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई समूहको विवादका विषयमा निर्णय लिन पाँच विकल्पमा छलफल थालेको छ । आयोगले सारेको पहिलो विकल्पअनुसार यसअघि नै दिएको निर्णयमा आयोग अडिग रहनेछ । जसअनुसार यसअघि आयोगले नेकपा कानुनी रुपमा एक रहेको निर्णय गरिसकेको, राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार तोकिएको ३० दिनभित्र दुवै पक्षले आधिकारिता दाबी नगरेकाले त्यसैमा आधारित रहेर निर्णय लिनुपर्ने मत बलियो छ । आयोगले कम्तीमा निर्वाचनसम्म नेकपाको विवाद तामेलीमा राख्न सकिनेलाई पनि विकल्पको रुपमा अघि सारेको छ । नेकपाको नाम र चिन्हमा विवाद देखिएकाले आयोगले दुवैलाई फ्रिज गर्न सक्ने विकल्पबारे पनि छलफल भएको छ । अन्य विकल्पमा जाँदा नेकपाभित्रको एउटा पक्ष जरी पनि आन्दोलित हुने, आयोगले आरोप खेप्नुपर्ने भएपछि दुवै पक्षलाई पार्टीको नाम र चिन्ह प्रयोग गर्न नदिने आयोगको सोच हो...
गुल्मीमा जिप दुर्घटना , तीन जनाको मृत्यु

गुल्मीमा जिप दुर्घटना , तीन जनाको मृत्यु

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, फागनु ५ । गुल्मीको परालमीमा भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेका दुर्घटनामा तीन जनाको मृत्यु भएको हो । पाण्डेका अनुसार १ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा जिल्ला अस्पताल गुल्मीमा मृत्यु भएको हो । दुर्घटनामा परेका अन्य घाइतेको उपचार भैरहेको डिएसपी पाण्डेले जानकारी दिए । दुर्घटनामा परेको उक्त जिपमा १० जना सवार थिए । सदरमुकाम तम्घासबाट रेसुंगा नगरपालिका १४ परालमी जाँदै गरेको लु १ ज १९८८ नम्बरको जिप वडा कार्यालय नजिकै दुर्घटना भएको थियो ।...
भागरथीको हत्याका अभियुक्त भट्टलाई ५ दिन म्याद थप गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति

भागरथीको हत्याका अभियुक्त भट्टलाई ५ दिन म्याद थप गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, फागुन ५ । भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरणमा पक्राउ परेका दिनेश भट्टलाई अदालतले ५ दिन म्याद थप गरेर अनुसन्धान अगाडि बढाउन प्रहरीलाई अनुमति दिएको छ । मंगलबार पक्राउ परेका भट्टलाई बुधबार जिल्ला अदालत बैतडीले ५ दिन म्याद थप गरेर अनुसन्धान गर्न अनुमति दिएको प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तराज सुवेदीले जानकारी दिए । बुधबार दिउँसो २ बजे जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रहरीले अभियुक्त भट्टलाई सार्वजनिक गरेको हो । भट्ट भागरथी पढ्ने सनातन धर्म माविमा कक्षा ११ अध्ययनरत छन् र उनकै छिमेकी रहेको खुलेको छ । उनले बलात्कारपछि हत्या गरेको स्वीकार गरेको प्रहरीले बताएको छ । उनले भागरथीको परिवारसँग आफ्नो परिवारको पूरानो रिसिबीका कारण उनको हत्या गरिदिएको प्रहरीलाई बताएका छन् । घटना भएकै दिनदेखि प्रहरीको निगरानीमा रहेका उनलाई सोधपुछपछि छोडिएको थियो । ती युवक भागरथ...
काँग्रेसको महाधिवेशन भदौमा गर्ने सहमति , कार्यसमितिको म्याद ६ महिना थपियो

काँग्रेसको महाधिवेशन भदौमा गर्ने सहमति , कार्यसमितिको म्याद ६ महिना थपियो

ब्यानर समाचार, राजनिती
काठमाडौँ , फागुन ५ । नेपाली काँग्रेसले १४औ महाधिवेशन आगामी भदौमा गर्ने भएको छ । आज बसेको केन्द्रीय समितीको बैठकमा भदौमा महाधिवेशन गर्न प्रस्ताव गरिएको छ । यस अघि तोकिएको फागुन ७ देखि १० सम्मम काठमाडौँमा गर्ने भनिएको महाधिवेशन हुननसकेपछि महामन्त्री पूर्णबहादुर खड्काले महाधिवेशनको नयाँ मिति प्रस्ताव गरेका हुन् । बुधबार अपराहन्न २ बजे बैठक बस्ने भनिएको भएपनि महाधिवेशनको नयाँ मितिका लागि शिर्ष नेताहरुको अनौपचारिक छलफल पछि साँझ ६ बजेपछि मात्र बैठक शुरु भएको थियो । नयाँ प्रस्तावमा भदौ ७ देखि १० गतेसम्म काठमाडौँमा महाधिवेशन हुने भएको छ । साथै आजको बैठकले केन्द्रीय समितीको कार्यकाल ६ महिना थप समेत भएको छ । यस अघि चार बर्षे कार्यकाल सकिएपछि गतबर्ष सभापति देउवाले पार्टी विधान अनुसार एक बर्ष कार्यकाल थपेका थिए । यस पटक ६ महिनाको कार्यकाल भने संबिधानमा रहेको व्यवस्था अनुसार थप हुदै छ । ...
पत्रकारको न्यूनतम पारिश्रमिक लागू गर्न उपराष्ट्रपतिको आग्रह

पत्रकारको न्यूनतम पारिश्रमिक लागू गर्न उपराष्ट्रपतिको आग्रह

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, फागुन ५ उपराष्ट्रपति नन्दबहादुर पुनले श्रमजिवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक लागू गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले श्रमजिवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक लागू गर्न र साना लगानीको सञ्चारमाध्यमहरुको उठानका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् । जनतालाई सुसूचित गर्दै नागरिक आन्दोलनको पक्षमा उभिने तथा लोकतन्त्रको रक्षाको निम्ति पहरेदारी गर्ने पत्रकारिता क्षेत्रमा नयाँ पुस्तालाई आर्कषित गर्नका लागि पत्रकारहरुको श्रमको सम्मान हुने व्यवस्थाको सुनिश्चितता गर्नु जरुरी रहेको उनको भनाइ छ । उपराष्ट्रपति पुनले पत्रकारिताको विश्वसनीयता बारे प्रश्न उठ्न थालेको पनि बताए । सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रियता लगायतका विषयमा सञ्चार क्षेत्रले ध्यान दिनुपर्ने कुरा संविधानमै उल्लेख भएको बताउ...
भागरथी भट्टका हत्या आरोपित सार्वजनिक

भागरथी भट्टका हत्या आरोपित सार्वजनिक

अपराध, ब्यानर समाचार, समाचार
काठमाण्डौँ, फागुन ५ प्रहरीले बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगदाकेदार गाउँपालिका ७ की भागरथी भट्टका हत्या आरोपित सार्वजनिक गरेको छ। एक साता लामो प्रहरी अनुसन्धानपछि भट्टको हत्या आरोपमा दिनेश भट्टलाई बुधबार जिल्ला प्रहरी कार्यालय बैतडीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। भागरथी पढ्ने सनातन धर्म माविमाकै कक्षा ११ मा पढ्ने दिनेशलाई बलात्कारपछि हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो। उनले सुरुमा भागरथीलाई भीरबाट लडाएको र घाँटी थिचेर मारिदिए बयान प्रहरीसमक्ष दिएका छन्। पोस्टमार्टम रिपोर्टले उनको बलात्कारपछि घाँटी निमोठेर हत्या भएको देखाएको प्रहरीले जनाएको छ। गत २१ माघमा विद्यालयबाट नफर्किएपछि खोजी गर्दा भागरथीको शव घरभन्दा तीन किलोमिटर टाढा रहेको लबलेक सामुदायिक वनमा बीभत्स अवस्थामा भेटिएको थियो। सनातन धर्म माविमाको कक्षा १२ मा पढ्ने भागरथीलाई दिनेशले लामो समयदेखि एकतर्फी रुप...
कोरोना महामारीः विश्वमा मृत्यु हुनेको संख्या २४ लाख नाघ्यो

कोरोना महामारीः विश्वमा मृत्यु हुनेको संख्या २४ लाख नाघ्यो

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, समाचार, समाज
काठमाडौं , फागुन ५ । कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २४ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या २४ लाख ३ हजार ६४१ पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वमा कोरोनाका कारण ५ हजार ८९२ जनाको मृत्यु भएको छ । सोही अवधीमा १ लाख ९२ हजार २६६ कोरोना संक्रमित थपिएका छन् । तथ्यांक अनुसार हालसम्म विश्वमा १० करोड ८८ लाख २२ हजार ९६० जनामा कोरोना संक्रमण भइसकेको छ ।...
प्रतिनिधिसभा विघटन मुद्दाः  एमिकस क्युरीले राय दिने क्रम आजपनि जारी रहने

प्रतिनिधिसभा विघटन मुद्दाः एमिकस क्युरीले राय दिने क्रम आजपनि जारी रहने

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , फागुन ५ । प्रतिनिधिसभा विघटनविरुद्धकच मुद्दामा मंगलबारदेखि अदालतलाई सहयोग गर्न गठित अदालतको सहयोगी९एमिकस क्युरीबाट राय लिन काम मंगलबारबाट शुरु भएको छ । पाँच जना एमिकस क्युरीमध्येबाट पहिलो राय प्रस्तुत पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले गरेका छन् । उनले विघटनविरुद्ध परेको रिट निवेदनमा पक्ष र विपक्ष दुवैलाई समेटेर मध्यमार्गी धारबाट राय प्रस्तुत गरेका छन् । नेपालको संविधानमा स्पष्टरूपमा प्रतिनिधिसभा विघटन गर्ने व्यवस्था नभए पनि राजनीतिक अधिकार कार्यकारीलाई हुने राय दिए । संविधानले प्रधानमन्त्रीलाई विघटन गर्ने अधिकार दिएको छ, संविधानको धारा ६७ ९७० को साइलेन्स बसेको छु, उनले थपे, संविधानको धारा ७६ ९१० ले विघटन गर्न पाउने अधिकार छ ।उनले विघटनको अधिकार कार्यकारी प्रमुखसँग हुने तर्क राख्दै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले विघटन गर्न पाउने स्पष्ट व...