Friday, May 3
Shadow

ब्यानर समाचार

सरकारको निर्णय बदर, सर्वोच्चले गर्‍यो संसद पुनःस्थापना गर्ने फैसला

सरकारको निर्णय बदर, सर्वोच्चले गर्‍यो संसद पुनःस्थापना गर्ने फैसला

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, फागुन ११ सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको पक्षमा फैसला गरेको छ । सर्वोच्च अदालतले संसद पुनःस्थाना गर्ने फैसला गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा नेतृत्वको संवैधानिक इजलासले विघटनको निर्णयलाई बदर गरेको हो । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै आगामी वेशाख १७ र २७ गते आम निर्वाचनको घोषणा गरेका थिए । सर्वोच्च अदाललते फैसला भएको १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको छ ।...
अघि बढ्यो चुनावको तयारी, चुनाव हुन्छ कि हुँदैन भन्ने अन्योलता भने कायमै

अघि बढ्यो चुनावको तयारी, चुनाव हुन्छ कि हुँदैन भन्ने अन्योलता भने कायमै

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , फागुन ११ । निर्वाचन आयोगले चुनावका लागि चाहिने सामाग्री खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । राजनीतिक वृत्तमा वैशाखमा तोकिएको चुनाव हुन्छ कि हुँदैन भन्ने अन्योलता कायमै रहेका बेला आयोगले ७ दिने सूचना जारी गर्दै बोलपत्र आह्वान गरेको हो । सार्वजनिक खरिद ऐन २०६४ र नियमावलीअनुसार नियमित प्रक्रियाबाट सामान खरिद गर्दा वैशाखमा चुनाव गर्न सम्भव नहुने भएकाले फास्टट्रकबाट सामाग्री खरिद गर्न बोलपत्र आह्वान गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले मकालु खबरलाई जानकारी दिए । उनका अनुसार चुनावका लागि मतदान केन्द्रमा चाहिने सामाग्रीलाई ११ समूहमा विभाजन गरिएको छ । सरकारले तोकेको मितिमा निर्वाचन गराउनु आयोगको दायित्व भएकाले सामाग्री खरिद प्रक्रिया अगाडि बढाएको प्रवक्ता श्रेष्ठले बताए । ‘अब अदालतको निर्णय पर्खिदा हामी तोकिएकै समयमा निर्वाचन गराउन सक्दैनौं,’ उनले भने, ‘सामाग्री मतदान स्थलसम्म...
सर्वोच्चको फैसलापछि कांग्रेस र जसपाले के गर्ला ?

सर्वोच्चको फैसलापछि कांग्रेस र जसपाले के गर्ला ?

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती
काठमाडौं , फागुन ११ । सम्भावित राजनीतिक दृश्यलाई नियाल्दै नेकपाका दुवै समूहले यतिबेला कांग्रेसको भूमिका निर्णायक हुने दुवै पक्षको ठम्याइ छ । कांग्रेसले अहिले निर्वाह गरेको भूमिकाले पनि नेकपाका दुवै पक्षलाई इन्गेज गराएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी सभापति शेरबहादुर देउवाप्रति पूर्ण भरोसा छ । नेकपाका पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहितका नेताले लिँदै आएको अडानले नेतृत्वलाई ओलीतिर जान रोक्न सक्ने विश्वास छ । देउवा निर्वाचनको पक्षमा खुलेर लागेका छन् तर पौडेल, सिटौलासहितका नेताहरु प्रतिनिधिसभा पुनस्थापनाको अडानमा छन् । प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भने पनि पुनः स्थापना वा निर्वाचन भन्नेमा कांग्रेसमा एउटै दृष्टिकोण छैन । जसले नेकपाका दुवै समूहलाई कांग्रेस आफूतिरै भएको अनुभूति दिइरहेको छ । कांग...
नजिकिँदै फैसलाको घडी : प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको पेसी आज

नजिकिँदै फैसलाको घडी : प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको पेसी आज

पत्रपत्रिका, ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, फागुन ११ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथिको बहस सकिएसँगै मंगलबार पेसी तोकिएको छ । ४ माघ यता निरन्तर सुनुवाइ हुँदै आएकामा गत शुक्रबार बहस सकिएपछि सर्वोच्च अदालत अब फैसलाको तयारीमा जुटेको छ । अर्थात् अब छिट्टै सर्वोच्च अदालतमा निसु (निर्णय सुनाउने) प्रक्रियामा अघि बढ्नेछ । सर्वोच्चले फैसला छिट्टै गर्नका लागि १० फागुनसम्म आफ्नो बहस नोट बुझाउन बहसकर्तालाई समय तोकेको थियो । सो मितिमा सबै कानुन व्यवसायीले आफ्नो बहस नोट बुझाइसकेका छन् । प्रतिनिधिसभा विघटनको मुद्दामा गम्भीर संवैधानिक प्रश्न उठेपछि अदालतले एकिमस क्युरी (अदालतको सहयोगी) समेत राखेर परामर्श लिएको थियो । अदालतले गत १० पुसमा प्रतिनिधिसभा विघटनको विषयमा गम्भीर संवैधानिक प्रश्न उठेको भन्दै एमिकस क्युरी झिकाउने निर्णय गरेको थियो । प्रतिनिधिसभा विघटनविरुद्ध १२ वटा रिटको सुनुवाइमा पक्ष र विपक्षीको मत सुन...
गुमेको भूभाग फिर्ता ल्याएरै छाडिन्छ, भारतसँग अनौपचारिक वार्ता भइरहेको छ :  प्रधानमन्त्री ओली

गुमेको भूभाग फिर्ता ल्याएरै छाडिन्छ, भारतसँग अनौपचारिक वार्ता भइरहेको छ : प्रधानमन्त्री ओली

ब्यानर समाचार, समाचार
काठमाडौं, फागुन १० । प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमको गुमेको भूभाग फिर्ता ल्याउनका लागि तथ्य र प्रमाणका आधारमा भारतसँग अनौपचारिक वार्ता भइरहेको बताएका छन् । वेदकोट नगरपालिका–२, छेलामा दैजी छेला औद्योगिक क्षेत्रको आज अपराह्न शिलान्यास गर्दै उनले गुमेको नेपालको भूभाग फिर्ता ल्याएरै छाड्ने दृढता व्यक्त गरे । दोधारा चाँदनी क्षेत्रमा भारतसँगको महाकाली सन्धिबमोजिम १० क्युसेक पानी नेपालले पाउनुपर्नेमा नपाएकामा अब प्राप्त गर्नका लागि भारतसँग वार्ता भइरहेको जानकारी दिँदै प्रधानमन्त्रीले ६ महिनाभित्र विस्तृत सर्भेको काम पूरा गरी नहर निर्माणको काम शुरु हुने बताए । महाकाली सिंचाइ आयोजना अन्तर्गत तेस्रो चरणको नहर निर्माण शुरु भइसकेको जनाउँदै प्रधानमन्त्रीले वर्षौंदेखि सिंचाइ हुन नसकेका क्षेत्रमा सोको प्रबन्ध गरी कृषि उत्पादनमा बढोत्तरी गरिने बताए । उनले भने, “पूर्वपश्चिम राजमार्ग चौडा...
डा. बाबुराम भट्टराई मंगलबार अस्पताल भर्ना हुदै, के रोग लागेको रहेछ ?

डा. बाबुराम भट्टराई मंगलबार अस्पताल भर्ना हुदै, के रोग लागेको रहेछ ?

ब्यानर समाचार, स्वास्थ्य
काठमाडौं , फागुन १० । स्वास्थ्योपचारका लागि भारतको नयाँ दिल्ली पुगेका पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले सोमबार चिकित्सकसँग परामर्श गरेका छन् । दिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसुमा चिकित्सकको परामर्श लिएपछि मंगलबार अस्पतालमा भर्ना हुने भएका छन् । डा। भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेका अनुसार उनको मंगलबार स्वास्थ्यको थप परीक्षण हुनेछ र अस्पताल भर्ना हुने भएका छन् ।डा। भट्टराई आइतबार बिहान नेपाल एयरलाइन्सको विमानमार्फत दिल्लीतर्फ गएका हुन् । उनको पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएकोमा अहिले चिकित्सकहरुले न्युरो९इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिश गरेकाले उनी दिल्लीमा त्यसको उपचारका लागि गएका हुन् । उपचारका क्रममा डा। भट्टराईस...
प्रधानसेनापति थापाले प्रधानन्यायाधिश राणालाई किन भेटे ? यस्तो  रहेछ  कारण

प्रधानसेनापति थापाले प्रधानन्यायाधिश राणालाई किन भेटे ? यस्तो रहेछ कारण

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , फागुन १० । प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग सोमबार भेटवार्ता गरेका छन् । नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलले नेपाली सेनाको जग्गाको विषयमा प्रधानसेनापति थापा र प्रधानन्यायाधिश राणाबीच छलफल भएको जानकारी दिएका छन् । सेनाले भोगचलनमा रहेको ३७ रोपनी जग्गा मध्ये नौ रोपनी जग्गामा सर्वोच्च अदालतले नयाँ भवन बनाएको र बाँकी जग्गामा सेनाको गणलाई जग्गा कमी भएले समन्वयका लागि प्रधानन्यायाधीशलाई भेटेको प्रवक्ता पौडेलले बताए । पछिल्लो समय नेकपामा विवाद भइरहेकै बेला प्रधानसेनापति थापा सर्वोच्च अदालतमा गएर प्रधानन्यायाधीशसँग भेटघाट गर्नु लाई अर्थपुर्ण रुपमा हेरिएको थियो ।...
प्रधानमन्त्री ओली आज कञ्चनपुर जाँदै, सुरक्षा व्यवस्थामा कडाई

प्रधानमन्त्री ओली आज कञ्चनपुर जाँदै, सुरक्षा व्यवस्थामा कडाई

ब्यानर समाचार, राजनिती, समाचार, समाज
काठमाडौँ , फागुन १० ।प्रधानमन्त्री केपी शर्मा ओली आज कञ्चनपुर जाँदैछन् । ​बेदकोट नगरपालिका(२ स्थित दैजी छेला औद्योगिक क्षेत्र शिलान्यास गर्न प्रधानमन्त्री ओली कञ्चनपुर जान लागेका हुन् ‌ । नेकपाका केन्द्रीय सदस्य कृपाराम रानाका अनुसार धनगढीबाट प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकोप्टरमार्फत दिउँसो १ बजे शिलान्यास हुने कार्यक्रम स्थलमा पुग्ने कार्यक्रम तय गरिएको छ । कार्यक्रमस्थल नजिकै विद्यालयको मैदानमा हेलिकोप्टर अवतरण गर्न अस्थायी हेलिप्याडसमेत निर्माण गरिएको छ । यता प्रधानमन्त्री ओली कञ्चनपुर जाने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडाई गरिएको छ । पूर्व(पश्चिम राजमार्ग र शिलान्यास कार्यक्रम स्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले ठाउँ(ठाउँमा सुरक्षा चेकजाँचसँगै गस्ती बढाएका छन्‌ ।  ...
अन्तिम चरणमा मेलम्ची खानेपानी आयोजनाको काम , सुरुङ परीक्षण आज

अन्तिम चरणमा मेलम्ची खानेपानी आयोजनाको काम , सुरुङ परीक्षण आज

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, फागुन १० । बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा आजदेखि पानी भर्न थालेर परीक्षण गरिने भएको छ । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर परीक्षण गरिन लागिएको हो । आयोजनास्थल मेलम्चीमै औपचारिक कार्यक्रम राखेर पानी भर्न शुरु गरिने छ । खानेपानी मन्त्री मणि थापाको उपस्थितिमा सुरूङमा पानी हालेर परीक्षण गरिने मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए । गत असारमै सुरुङमा पानी भनेर परीक्षण गरिएको थियो तर हेलुम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट ९नं १७० फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनीयर र चालकलाई बगाएको थियो । त्यसपछि आयोजनाको मुख्य दातृ निकाय एशियाली विकास बैंक ९एडीबी० को अनुदान सहयोगअन्तर्गत चारजना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायतका सं...
सरकार–विप्लवबीच भित्रभित्रै वार्ता , एकैपटक ‘सरप्राइज’ दिने गरी रणनीति बनाइँदै

सरकार–विप्लवबीच भित्रभित्रै वार्ता , एकैपटक ‘सरप्राइज’ दिने गरी रणनीति बनाइँदै

ब्यानर समाचार, राजनिती
काठमाडौं, फागुन १० । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग अनौपचारिक रुपमा भित्रभित्रै वार्ता गर्दै आएको छ । सरकारी पक्षले वार्तालाई परीणाममुखी बनाउन भन्दै पहिले अनौपचारिक वार्ता गर्ने र त्यसपछि ठोस परीणामनजिक पुगेपछि औपचारिकरुपमा एकैपटक ‘सरप्राइज’ दिने गरी रणनीति बनाउँदै आन्तरिक रुपमा नै वार्ता गरिरहेको स्रोतले जनाएको छ । यसबीच बालुवाटार र विप्लव समूहबीच अनौपचारिक पत्र आदानप्रदानसमेत भइसकेको छ । आइतबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र विप्लव समूहका तर्फबाट सोही समूहका नेता चिरन पुनबीच काठमाडौंमा नै वार्ता भएको थियो । सो वार्तामा अब बस्ने मन्त्रिपरिषद् बैठकले विप्लव समूहमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने र सरकारको तर्फबाट वार्ता टोली गठनको निर्णय गर्ने सहमति भएको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार यसअघि नै पत्रमार्फत् विप्लव समूहले आफ्ना मा...