Friday, May 3
Shadow

ब्यानर समाचार

शैक्षिक गुणस्तर बढाउन बृहत छलफल

शैक्षिक गुणस्तर बढाउन बृहत छलफल

ब्यानर समाचार, ब्यानर समाचार 2
  - अजय मिश्र  कपिलवस्तु - कपिलवस्तुको विजयनगर गाउँपालिकाको वडा नम्बर ७ मा शैक्षिक गुणस्तर बढाउन बृहत छलफल गरिएको छ । शिक्षाको समस्यालाई पहिचान गरी कसरी शिक्षाको गुणस्तर बढाउन सकिन्छ ? भन्ने बारेमा आगामी दिनमा अभियान सञ्चालन गर्ने लौटन राम द्रोपदी देवी माध्यमिक विद्यालय गणेशपुरका अध्यक्ष दिनेश कुमार चौधरीले जानकारी दिनुभयो । सोही वडाका वडा अध्यक्ष समेत रहेका चौधरीले गुणस्तरीय शिक्षाको लागि गणेशपुरमा अवस्थित लौटन राम द्रोपदी देवी माविमा स्वर्ण जयन्तीको अवसरमा महायज्ञ लगाउने तयारी गरिएको बताउनुभयो । विद्यालयका प्रधानाध्यापक श्याम प्रकाश चौधरीले गुणस्तरीय शिक्षाको लागि शुक्रबार सरोकारवालाहरुबाट सल्लाह सुभावहरु संकलन गरिएको बताउनुभयो । उहाँले शिक्षालाई अझै प्रभावकारी रुपमा सञ्चालन गर्न र शिक्षाको गुणस्तर बढाउन विद्यालयमा महायज्ञ लगाउने तयारीको लागि सरोकारवालासँग बृहत छलफल कार्यक्...
हर्षोंउल्लासका साथ मनाइयो कृष्णनगरमा छठ पर्व

हर्षोंउल्लासका साथ मनाइयो कृष्णनगरमा छठ पर्व

ब्यानर समाचार, ब्यानर समाचार 2
-अजय मिश्र, कृष्णनगर मंसिर ३ देशको विभिन्न ठाउँ लगायत कपिलवस्तुमा पनि छठ पर्व अन्तर्गत आइतवार अस्ताउदो सूर्य लाई अर्घ दिइ सोमवार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिइ छठ पर्व समापन हुनेछ ।जिल्लाका विभिन्न स्थानका नदी, नहर, तलाउ र पोखरीमा जम्मा भएका श्रद्धालुहरूले समेत आइतवार साँझ सूर्यलाई अर्घ्य दिएका छन् । कपिलवस्तुको तौलिहवा,बहादुरगंज,महाराजगंज,लगायत जिल्लाका विभिन्न स्थानका जलाशय सिँगारिएको छ । छठ व्रत गर्ने महिला र पुरुषहरूले साँझ अस्ताउँदै गरेको सूर्य देवतालाई नदी नहर पोखरी वा पवित्र जलाशयमा उभिएर माटोले निर्मित भाडा वर्तन,कनसुप्ति, छिट्टा (बाँस ले निर्मित सामग्री) सहितका भाडा वर्तनमा राखिए केरा,ऊखु स्याऊ, ठेकुवा, भूस्बा, खाजा, लड्डू सहितका फलफूल, सामग्रीहरू सूर्य देवतालाई चढाउने गर्दछन् । कृष्णनगर नगरपालिका वडा नं १ सेमरा स्थित पोखरीमा पनि छठ पूजा धूमधामका साथ मनाइएको छ । उक्त स्थान...
ड्रोन क्यामराको निगरानीका साथ भव्य र सभ्य तरिकाले कृष्णनगरको मूर्ति विसर्जन

ड्रोन क्यामराको निगरानीका साथ भव्य र सभ्य तरिकाले कृष्णनगरको मूर्ति विसर्जन

ब्यानर समाचार, ब्यानर समाचार 2
कपिलवस्तु , कार्तिक २९ कपिलवस्तुको कृष्णनगर लगायत विभिन्न स्थानमा तिहार (दिपावलीको) आवसरमा स्थापना गरिएका लक्ष्मी, गणेश , सरस्वती लगायतका मूर्ति प्रहरीको सुरक्षाको साथ नदी, ताल र पोखरीमा आज विसर्जन गरिएको छ । कृष्णनगरका जनप्रतिनिधि तथा सामाजिक व्यक्तित्वको अगुवाईमा कृष्णनगर बजारबाट मूर्ति विसर्जनको यात्रा सुरु भएको थियो । भक्तजनहरू नाचगानका साथ मूर्तिलाई कृष्णनगर बजार परिक्रमा गराई विसर्जन गरेका छन् । कृष्णनगर बजार क्षेत्रमा गणेश, लक्ष्मी, सरस्वती लगायतको मूर्ति स्थापना गरेर दिपावलीमा धर्मशास्त्र अनुसार पुजापाठ गरी भाई टीकाको भोलीपल्ट मूर्ति विसर्जन गरिएको हो । तराई मधेसमा खास गरेर हिन्दु धर्मावलम्बीहरूले तिहार (दिपावली) धूमधामका साथ मनाएर स्थापना गरिएका मुर्ति विसर्जन गर्ने गरीन्छ । मुर्ति बिसर्जनका क्रममा झडप समेत हुन सक्ने भन्दै प्रहरीको कडा सुरक्षा व्यवस्थाका बिचमा मुर्तिलाई न...
सरकारले कुटनीतिक क्षेत्रका राम्रो पहल लिएको छ – प्रधानमन्त्री दाहाल

सरकारले कुटनीतिक क्षेत्रका राम्रो पहल लिएको छ – प्रधानमन्त्री दाहाल

ब्यानर समाचार, ब्यानर समाचार 2
  रोल्पा - प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोल्पा शुक्रबार रोल्पा जिल्लाको थवाङ गाउँपालिकास्तरीय पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने उत्पादन र रोजगारीको कार्ययोजना बनाइएको छ। अहिले ७ अर्ब छुट्याइएको छ। छिट्टै थप ७ अर्ब थपेर सिधै किसानको हातमा पैसा जाने गरी उत्पादन र रोजगारीलाई प्रवर्धन गर्छौं" प्रधानमन्त्रीले भन्नुभयो, "म सरकारमा आउँदा देश श्रीलंका बनिहाल्छ कि भन्ने थियो। अहिले त्यो अवस्था छैन। अर्थतन्त्रमा राम्रो सुधार आएको छ। तर, दवावमुक्त भइसकेको छैन। तिहारलगत्तै आर्थिक गोलमेच गर्ने तयारीमा छु। सरकारले कुटनीतिक क्षेत्रका राम्रो पहल लिएको छ। भारत भ्रमणबाट सुरू भएको कुटनीतिक यात्रा संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमणसम्म आइपुग्दा उत्कर्षमा पुगेको छ। प्रचण्डले ‘झण्डै ६ वर्षपछि हाम्...
प्रदीप पौडेल द्वारा राहत र पुनर्स्थापनाका लागि सरकारको कोषमा एक महिनाको तलब हस्तान्तरण गर्ने घोषणा

प्रदीप पौडेल द्वारा राहत र पुनर्स्थापनाका लागि सरकारको कोषमा एक महिनाको तलब हस्तान्तरण गर्ने घोषणा

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौ - जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी जाजरकोट र रूकुम पश्चिममा निकै ठूलो मानवीय एवं भौतिक क्षति प्रती दुख व्यक्त गर्दै संघीय सांसद प्रदीप पौडेलले एक महिनाको तलब सरकारी राहत कोषमा दिने भन्दै आफ्नो फेसबुकमा यस्तो भनेका छन :- जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी जाजरकोट र रूकुम पश्चिममा निकै ठूलो मानवीय एवं भौतिक क्षति पुगेको खबरले अत्यन्तै दुखित बनाएको छ । भुकम्पमा परि सयौँ नागरिकले ज्यान गुमाएका र घाइते भएका छन् । यस्तो विपत्तिको समयमा भुकम्पले क्षति पुर्याएका ठाउँमा मानवीय उद्धारको कामलाई अझ तीब्र बनाउँन र पुनर्स्थापनाका लागि सरकारको कोषमा संघीय सांसदको रुपमा प्राप्त हुने एक महिनाको तलब हस्तान्तरण गर्ने घोषणा गर्दछु । साथै, राहत तथा सहयोगक...
कृष्णनगरमा प्राेलिङ्क अटोमोटिभ सर्विस सेन्टर सञ्चालन

कृष्णनगरमा प्राेलिङ्क अटोमोटिभ सर्विस सेन्टर सञ्चालन

ब्यानर समाचार, ब्यानर समाचार 2
- अजय मिश्र  कपिलवस्तु , कार्तिक १९ कपिलवस्तुको कृष्णनगरमा प्राेलिङ्क अटोमोटिभ सर्विस सेन्टर सञ्चालन आएको छ । कृष्णनगर नगरपालिकाको वडा नम्बर २ कृष्णनगरको मुख्य बजार क्षेत्र बैँक रोडमा प्राेलिङ्क अटोमोटिभ सर्विस सेन्टर सञ्चालनमा आएको हो । आधुनिक प्रविधि र दक्ष जनशक्तिबाट कार मोटर गाडी बनाउने प्रोलिङ्क अटाेमोटिभ सर्विस सेन्टर संचालनमा आएको छ । अटोमोटिभ सर्विस सेन्टरले आधुनिक प्रविधिमार्फत सेवा दिइने उद्धेश्यले सुविधा सम्पन्न अटाेमाेटिभ सर्विस सेन्टर सञ्चालनमा ल्याएको छ । अटोमोटिभ सर्विस सेन्टरले मल्टीब्राण्ड सेवा समेत उपलब्ध गराएको सञ्चालक गुफरान अहमद फारुकीले जानकारी दिए । कृष्णनगर मुख्य व्यापारिक क्षेत्र रहेकोले सवारी साधन मर्मतका लागि भारतको नौगढ, बलरामपुर वा नेपालको बुटवल जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै सहजतमका लागि कृष्णनगरमा प्राेलिङ्क अटाेमाेटिभ सर्विसले सेवा सञ्चालनमा...
जामिया सिराजुल उलुम मदरसाले स्वच्छ खानेपानीका लागि गर्यो जग्गा हस्तान्तरण करारनामा समझौता

जामिया सिराजुल उलुम मदरसाले स्वच्छ खानेपानीका लागि गर्यो जग्गा हस्तान्तरण करारनामा समझौता

ब्यानर समाचार, ब्यानर समाचार 2
- अजय मिश्र  कपिलवस्तु, कार्तिक १९ कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं तीनमा रहेको जामिया सिराजुल उलुम मदरसाले शुद्ध खानेपानीका लागि नेपाल खानेपानी संस्थान कृष्णनगर शाखालाई दुइ कट्ठा जग्गा उपलब्ध गराएको छ। जग्गा हस्तान्तरण करारनामा समझौता गर्दै जामिया सिराजुल उलुम मदरसाका अध्यक्ष शमीम अहमद तथा नेपाल खानेपानी संस्थान कृष्णनगरका प्रमुख रमेश मगराती बिच दोहोरो जग्गा हस्तान्तरण करारनामा समझौता गरिएको छ। सो क्षेत्रमा बसोबास गर्ने जनता तथा मदरसाका लागि स्वच्छ खानेपानी वितरण हुने उद्देश्यका साथ मदरसाले जग्गा उपलब्ध गराएको तथा जामिया सिराजुल उलुम मदरसा हरेक धर्मका व्यक्तिको शुख दुखमा हातेमालो गर्दै आएको एक धरोहरको रूपमा रहेको जानकारी लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले जानकारी दिए। जग्गा हस्तान्तरण करारनामा समझौतामा अल्ताफ अहमद खान, डा. अब्दुल...
मन्त्रिपरिषद्का निर्णयहरू : राष्ट्रपति पौडेलको युरोप भ्रमण कार्यक्रम स्वीकृत

मन्त्रिपरिषद्का निर्णयहरू : राष्ट्रपति पौडेलको युरोप भ्रमण कार्यक्रम स्वीकृत

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौँ - सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको फ्रान्स, जर्मनी र इटालीको भ्रमण कार्यक्रम स्वीकृत गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राष्ट्रपतिले यही कार्तिक २२ गते देखि मङ्सिर १ गते सम्म गर्नुहुने युरोप भ्रमण कार्यक्रम स्वीकृत गरेको जानकारी दिनुभयो । राष्ट्रपति पौडेल फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिई उतैबाट संघीय गणतन्त्र जर्मनी र इटालीको भ्रमणमा जानुहुने मन्त्री शर्माले बताउनुभयो । यस्तै हिजो बसेको मन्त्रिपरिषद् बैठकले युएईमा हुने १८ औँ दुबई शो मा सहभागी हुन उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृति दिने, चीनको सांघाईमा हुने छैटौँ चीन अन्तर्राष्ट्रिय आयात मेलामा सहभागी हुन उद्योग व...
विकास आयोजनामा बाधा सिर्जना गर्ने कार्य कदापि मान्य हुँदैन : उपप्रधानमन्त्री खड्का

विकास आयोजनामा बाधा सिर्जना गर्ने कार्य कदापि मान्य हुँदैन : उपप्रधानमन्त्री खड्का

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौँ - उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले मुलुकको आर्थिक समृद्धिसँगै जनताको आकाङ्क्षा सम्बोधन गर्नका लागि काम गर्ने तौरतरिकामा परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । रक्षा मन्त्रालयमा आज आयोजित प्रथम त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले समस्यालाई चाङ लगाएर राख्नेभन्दा पनि तत्कालै समाधान गरेर जानुपर्ने बताउनुभयो । “जानीजानी, थाहा पाएर वा कसैका कारण मुलुकको प्रगतिको बाधक हामी सबै भएका छौँ, उन्नति, प्रगतिका लागि कानुनको प्रावधान देखाएर बाधा सिर्जना गर्ने कार्य मान्य हुँदैन”, उपप्रधानमन्त्री खड्काले भन्नुभयो, “यसमा सुधार गर्न आवश्यक छ ।” उहाँले समस्या मात्र प्रस्तुत गर्ने नभई समस्याका कारण र समाधानको उपायसमेत प्रस्तुत गर्न निर्देशन दिनुभयो । “समस्याको कारण प्रष्टरुपमा आउनुपर्छ । विकास आयोजनामा देखिएका समस्या समाध...
१७ वर्षिया किशोरी विभाकुमारी यादव बनिन मधेश प्रदेशको गृह, सञ्चारमन्त्री

१७ वर्षिया किशोरी विभाकुमारी यादव बनिन मधेश प्रदेशको गृह, सञ्चारमन्त्री

ब्यानर समाचार, ब्यानर समाचार 2
जनकपुरधाम - मधेश प्रदेशको गृह, सञ्चार तथा कानूनमन्त्री मोहम्मद समिमले बालिका तथा किशोरीको मनोबल बढाउनका लागि धनुषाकी १७ वर्षिया किशोरी विभा कुमारी यादवलाई पद हस्तान्तरण गर्नु भएको छ । मन्त्री समिमले प्लान ईन्टरनेशनको विश्वव्यापी अभियान अन्तर्गत आज मन्त्रालयमा आयोजना गरिइएको कार्यक्रममा धनुषाको विदेह नगरपालिकाको गिद्धा बेलापट्टीका घर भई कक्षा १२ को परीक्षा दिएकी छात्रा यादवलाई आफ्नो पदमा तथा कुर्सीमा आसिन गराई स्वागत गर्नु भएको छ । बालिका, किशोरीको तथा महिलाको समान सहभागिता कार्यक्रम अन्तर्गत प्रतिकात्मक रुपमा कार्यक्रम भएको छ । मधेश प्रदेशको गृह, सञ्चार तथा कानूनमन्त्रीको पदभार ग्रहण गर्नु भएकी किशोरी छात्रा विभा कुमारी यादवले मधेश प्रदेशमा हुने गरेको बालविवाह, महिला, वालिका हिंसा तथा लागु पदार्थको दुर्व्यसन रोक्नका लागि प्रभावकारी भूमिका खेल्न सरोकारवालाको ध्यानाकर्षण गर्नु भयो । ...