Friday, May 3
Shadow

सीमा स्तम्भको मर्मत सम्भार र रंगरोगन कार्य सुरु


  • -इ
  • इ+

– अजय मिश्र 
कपिलवस्तु, १५ मंसिर ।

सशस्त्र प्रहरी बलले नेपाल–भारत सीमा स्तम्भहरुको मर्मत सम्भार र रंगरोगन कार्यको सुरुवात गरेको छ । सशस्त्र प्रहरीले कपिलवस्तुको नेपाल–भारत सिमा (दशगजा) क्षेत्र कृष्णनगरबाट सिमा स्तम्भहरुको मर्मत सम्भार र रंगरोगन कार्यको सुरुवात गरिएको जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्याबासिनी बाहिनी मुख्यालय लुम्बिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक अभि कुमार खत्री तथा कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले शुक्रबार कृष्णनगर नगरपालिका–२ भन्सारको लिङ्कगेट स्थित दशगजामा ५६७/१ नम्बरको सिमा स्तम्भमा मर्मत र रंगरोगन गरि शुभारम्भ गरेका हुन् ।

सशस्त्र प्रहरी नायब महानिरीक्षक अभि कुमार खत्रीले लुम्बिनी प्रदेशमा सिमासँग जोडिएका ५ सय ६ सिमा स्तम्भहरुको मर्मत सम्भार र रंगरोगन कार्य गरिने जनाए । उनले सशस्त्र प्रहरीले बिजोर सीमा स्तम्भको मर्मत सम्भार र रंगरोगन गर्ने सम्पूर्ण जिम्मेवारी पाएको बताउँदै त्यही अनुसार सिमा स्तम्भहरुको मर्मत सम्भार र रंगरोगन कार्य सम्बन्धित जिल्लाका सशस्त्र प्रहरीले नै गर्ने बताए ।

मर्मत तथा निर्माण भएका सीमा स्तम्भहरुमध्ये जोर नम्बरको सीमा स्तम्भ समकक्षी भारतीय सशस्त्र सीमा बल र बिजोर नम्बरको सीमा स्तम्भ सशस्त्र प्रहरी बलले मर्मत गर्ने खत्रीको भनाई छ । सिमा स्तम्भहरुको कार्य भइरहँदा स्थानीयको सहयोग र सद्भावको आवश्यक परेको समयमा सबैले उपस्थिति जनाउन उनले आग्रहसमेत गरे ।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण हेडक्वाटर कपिलवस्तुका सशस्त्र प्रहरी उपरीक्षक जीवन केसीले कपिलवस्तुसँग जोडिएको नेपाल–भारत सीमामा कुल ५ सय ३१ सीमा स्तम्भ रहेको बताए । उनले जसमध्ये कपिलवस्तु जिल्लामा २ सय ७७ ओटा सिमा स्तम्भहरुको मर्मत सम्भार तथा रंगरोगन कार्य सुरु गरिएको जनाए । सशस्त्र प्रहरीले सिमा स्तम्भ मर्मतसम्भार र रंगरोगन कार्यलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दै जाने केसीको भनाई छ ।

यस्तै कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले सशस्त्र प्रहरीले सिमा स्तम्भहरुकाे मर्मत कार्य गरिरहँदा आफुले सक्दाे सहयोग गर्ने बताए । उनले सशस्त्र प्रहरीसँगै हातेमालो गर्दै नगरपालिकाले अगाडी बढ्ने कुरामा जाेड दिए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares