Thursday, May 2
Shadow

नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया


  • -इ
  • इ+

अजय मिश्र 
कपिलवस्तु, १४ मसिर ।

कपिलवस्तुकाे शिवराज नगरपालिका-५, चन्द्राैटामा नेपाल कम्युनिष्ट पार्टी (विप्लव) को आयोजनामा हुने भएको छ । देशको वार्तमान राजनितिक संकट र समाधानको विषयमा बृहत अन्तरक्रिया कार्यक्रम हुने पार्टीका पश्चिम कपिलवस्तुका सचिव बिनोद लुइटेल (पावेल सी) ले जानकारी दिनुभयो ।

कार्यक्रमलाई नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव) ले मंसिर १५ गते शुक्रबारका दिन सम्बोधन गर्ने पावेलले बताउनु भयो । देशको आर्थिक संकट, राजनितिक परिवेश, बैदेशिक हस्तक्षेप, सामाजिक विकृती, सांस्कृतिक विचलन, प्रकोपबाट प्रभावितहरुको अवस्था बारे अन्तरक्रिया कार्यक्रम हुने नेकपाले जनाएको छ ।

सो कार्यक्रममा स्थानिय राजनितिक दलका आगुव प्रतिनिधी, विभिन्न विषयका जानकार, उद्योगी, व्यपारी, व्यावसायीको सहभागिता समेत रहनेछ । कार्यक्रम चन्द्रौटामा रहेको व्यापार संघको सभाहलमा शुक्रबार बिहान ११ बजे हुने जनाइएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares