Friday, May 3
Shadow

दक्ष जनशक्ति उत्पादनका लागि राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान बिकास समिति स्थापना

  • -इ
  • इ+

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालका अदक्ष जनशक्तिलाई सीपयुक्त बनाई आन्तरिक तथा अन्तर्राष्ट्रिय श्रम बजारको लागि प्रतिस्पर्धी बनाउन राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति स्थापना गर्ने निर्णय गरेको छ ।

आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले श्रम सचिवको अध्यक्षतामा १२ सदस्यीय सञ्चालक समिति रहने गरी राष्ट्रिय व्यवसायीक प्रशिक्षण प्रतिष्ठान बिकास समिति स्थापना गर्ने निर्णय गर्नुभएको हो । यो निर्णयसँगै भैसेपाटी, इटहरी र बुटवलमा रहेको व्यावसायिक तथा सीप बिकास प्रतिष्ठान बिकास समितिमा परिणत भएका छन् ।

बिकास समितिमा अर्थ, शिक्षा, उद्योग मन्त्रालय, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसंघ, संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको अध्यक्ष वा प्रतिनिधि सदस्य रहनेछन् । समितिको कार्यकारी निर्देशक सदस्य सचिव रहने व्यवस्था गरिएको छ । समितिले प्रतिस्पर्धाका आधारमा चार वर्षको लागि कार्यकारी निर्देशक नियुक्त गर्नेछ ।

मन्त्री शरदसिंह भण्डारीले समिति अदक्ष र अर्धदक्ष जनशक्तिलाई सीपयुक्त बनाउने संयन्त्र बनेको बताउनुभएको छ । ‘हाम्रो बजार र अन्तर्राष्ट्रिय बजारको सीपयुक्त जनशक्तिको माग छ । दक्ष, प्रतिस्पर्धी, सीपयुक्त र उद्यमशीलता जनशक्ति उत्पादन नहुँदा नेपाली जनशक्तिले उचित ज्याला र सुरक्षा पाइरहेको छैन’, उहाँले भन्नुभयो,‘यो बिकास समितिले बजारको माग अनुसार सीपयुक्त जनशक्ति उत्पादन गरी बजारको आवश्यकता परिपूर्ति गर्नेछ । समितिले दिएको प्रमाणपत्रले अन्तर्राष्ट्रिय मान्यता पाउनेछ ।’

बिकास समितिले ‘स्वदेश वा विदेशमा रोजगारीको लागि उपयोगी हुने विभिन्न विषयका आधारमा निर्धारित पाठ्यक्रम अनुसार ६ महिना अवधिको प्रशिक्षण दिइनेछ । त्यो प्रशिक्षण कम्तीमा ७ सय तीस कार्य घण्टा हुनेछ ।

समितिले दक्ष प्रतिस्पर्धी, सीपयुक्त तथा उद्यमशील जनशक्ति उत्पादन गर्नको लागि आवश्यक पर्ने प्रशिक्षण कार्यक्रमको सञ्चालन तथा व्यवस्थापन सम्बन्धी दीर्घकालीन तथा अल्पकालिन नीति तर्जुमा गर्ने, श्रम बजारको माग अनुरुप दश जनशक्ति उत्पादन गर्नको लागि आवश्यक प्रशिक्षणको विषय पहिचान तथा छनोट गर्ने, समितिको वार्षिक योजना कार्यक्रम तथा बजेट स्वीकृत गर्ने छ ।

वैदेशिक रोजगारीमा जान छनोट भएका कामदारका लागि पुर्वप्रस्थान अभिमुखीकरण, कार्यस्थलमा आधारित व्यावसायिक तथा सीप बिकास तालिम दिइनेछ ।

समितिले वैदेशिक रोजगारीको गन्तव्य मुलुक र तालिम प्रदायक अन्य संस्थासँग समन्वय गरी प्रशिक्षण सम्बन्धी सहयोग परिचालन गर्नेछ । श्रम प्रधान तालिम प्रदायक संस्थाको पाठ्यक्रम र तालिम अवधि निर्धारण गर्ने र परिक्षण गर्नेछ । श्रम प्रधान तालिम प्रदायक संस्थाले सञ्चालन गर्ने व्यावसायिक प्रशिक्षणमा एकरुपता तथा गुणस्तरीय कायम गर्नको लागि तालिम प्रदायक संस्थाहरूको सूचीकरण, अनुगमन र समितिसँग आबद्धता समेतको लागि आवश्यक मापदण्ड, निर्धारण गर्ने तथा सोको कार्यान्वयनको विषयमा मन्त्रालयमा पेश गर्नेछ ।

साथै समितिको एउटा छुट्टै कोष हुनेछ । कोषमा नेपाल सरकारबाट प्राप्त हुने अनुदान, स्वदेशी व्यक्ति, निकाय वा संस्थाबाट सहायता स्वरूप प्राप्त हुने रकम, विदेशी व्यक्ति, सकार वा अन्तर्राष्ट्रिय सङ्घसंस्थाबाट प्राप्त हुने रकम, समितिले उपलब्ध गराएको कुनै सेवा बापत प्राप्त हुने रकम कोषमा जम्मा हुनेछ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

प्रतिक्रिया दिनुहोस्

shares