Sunday, April 28
Shadow

ब्यानर समाचार

पछिल्लो २४ घण्टामा प्रदेश १ मा पाँच कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा प्रदेश १ मा पाँच कोरोना संक्रमितको मृत्यु

ब्यानर समाचार, मुख्य समाचार, समाज, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक १ प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा कोरोना सङ्क्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापामा तीन तथा मोरङ र सुनसरीमा एक-एक छन् । सामाजिक विकास मन्त्रालयले हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङख्या १२९ पुगेको जनाएको छ । प्रदेशमा सोही अवधिमा ४८१ कोरोना सङ्क्रमणका बिरामी थप भएका छन् । उक्त अवधिमा गरिएको एक हजार ४५० जनाको पिसिआर परीक्षणमा १९९ महिला र २८२ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । यसरी थप हुने सङ्क्रमितमा विराटनगरमा १२४ सहित मोरङमा १९५, सुनसरीमा १७०, झापामा ७२, सङ्खुवासभामा १५, इलाममा नौ, खोटाङमा चार, भोजपुरमा एक र प्रदेश बाहिरका १५ जना रहेको मन्त्रालयले जनाएको छ । प्रदेशमा सङ्क्रमितको सङ्ख्या १३ हजार १८३ पुगेको छ । हालसम्म एक लाख ४५ हजार ३८३ जनाको पिसिआर परीक्षण सम्पन्न गरिएको मन्त्रालयले जनाएको छ ।...
घटस्थापनाकै दिन किन राखिन्छ जमरा ? यस्तो छ महत्व……

घटस्थापनाकै दिन किन राखिन्छ जमरा ? यस्तो छ महत्व……

अचम्मका कुरा, जिवनसैली, टिप्स, ब्यानर समाचार, समाज
काठमाण्डौँ, कार्तिक १ घटस्थापनाको दिनदेखि नवरात्रि आरम्भ हुन्छ । यसै दिन दुई महत्वपूर्ण कृत्य सम्पादन गरिन्छ । पहिलो कृत्य यस दिन जमरा राखिन्छ भने अर्को कृत्य यसै दिन घटस्थापना गरी देवी(देवताको आवाहन पनि गरिन्छ । यस दिन झिसमिसे बिहानीमै आत्मशुद्धि पश्चात् नदी, खोला, वगर आदि ठाउँमा गई चोखो बालुवा या पञ्चमाटो ल्याई पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ छरिन्छ । जौलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई पनि मनपर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुशी पार्नको निम्ति जमरा उमार्ने प्रचलन प्रारंभ भएको हो । घरको पुजाकोठा या अन्य पवित्र स्थानमा माटोको विशुद्ध जलपूर्ण घडा (कलश) को वरिपरि नौवटा देवीको प्रतिमूर्ति (प्रतिमा) स्थापित गरी घडाको वरिपरि जौ पनि छरिन्छ । अनि जलपूर्ण कलशमा पञ्चपल्लवको पात चढाइ अनन्त शक्तिस्वरूपा महाकाली (संहार), महालक्ष्मी (...
अपराधिक गतिविधि बढ्दो क्रममा, नेपाल प्रहरी चनाखो हुनुपर्छ : प्रधानमन्त्री ओली

अपराधिक गतिविधि बढ्दो क्रममा, नेपाल प्रहरी चनाखो हुनुपर्छ : प्रधानमन्त्री ओली

अपराध, जिवनसैली, ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, असोज ३० प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आन्तरिक सुरक्षाको मियोको रुपमा रहेको नेपाल प्रहरीको भूमिका प्रसंशनीय रहेको बताएका छन् । शुक्रबार ६५ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल प्रहरीले शान्ति सुरक्षा दिएर नै आनन्दले निदाउन पाएको बताएका छन् । ‘मुलुकको आन्तरिक सुरक्षाको मियोको रुपमा रहेको नेपाल प्रहरीको भूमिका र कर्तव्यबोधले नै कानूनी शासनको अनूभूति गर्न सकिनेछ । कुनैकुनै कोणबाट टिप्पणी आउनु बेग्लै कुरो हो । नेपाल प्रहरी भएर हामी ढुक्कले निदाउन पाउँछौं । आरामको निन्द्रा’, उनले भने, ‘आलोचना र टिप्पणी गर्नेहरुले पनि निदाउन पाएका छन् । प्रहरीमाथि आत्मविश्वासको सिरानी हालेर सुत्न पाएका छौं ।’ उनले अपराधले भौगोलिक सीमा तोडेको र यससन्र्दभमा नेपाल प्रहरी ज्यादै चनाखो हुनु आवश्यक रहेको बताएका छन् । ‘आगामी दिन चुनौतीपूर्ण रहेको छ...
मन्त्रिपरिषद विस्तार, विष्णु पौडेलाई अर्थ, पार्वत गुरुङलाई सञ्चार, ईश्वर पोखरेल पद मुक्त

मन्त्रिपरिषद विस्तार, विष्णु पौडेलाई अर्थ, पार्वत गुरुङलाई सञ्चार, ईश्वर पोखरेल पद मुक्त

ब्यानर समाचार, मुख्य समाचार, राजनिती, समाचार
काठमाण्डौँ, असोज २८ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन् । प्रधानमन्त्री ओलीले केही मन्त्रीको जिम्मेवारी हेरफेर समेत गरेका छन् । विष्णु पौडेललाई अर्थ मन्त्रालय, कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्री बनाएका प्रधानमन्त्री ओलीले लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएका छन् । यसअघिका महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिएका छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिएका छन् । योसँगै मन्त्रिपरिषद २५ सदस्यीय बनेको छ ।...
कोरोना बिमा गरेका व्यक्तिमा संक्रमण भए उपचार खर्च सरकारले नबेहोर्ने

कोरोना बिमा गरेका व्यक्तिमा संक्रमण भए उपचार खर्च सरकारले नबेहोर्ने

आर्थिक, ब्यानर समाचार, समाचार, समाज, स्वास्थ्य
काठमाण्डौँ, असोज २८ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना बिमा गरेका व्यक्तिमा संक्रमण भए कोरोनाको परीक्षण र उपचार खर्च स्वयंले नै व्यहोर्नु पर्ने जनाएको छ । मन्त्रालयले कोरोना संक्रमण परीक्षणसम्बन्धी बनेको नेशनल टेष्टिङ गाइडलाइनको पाँचौ संशोधन गरिएको हो । मन्त्रायलका प्रवक्ता डा. जागेश्वर गौतमले आर्थिक रुपमा विपन्‍न, अशक्त, असहाय, एकल महिला, अपाङ्ग ,ज्येष्ठ नागरिक, फ्रन्टलाइनमा खटिने स्वास्थयकर्मी, सुरक्षाकर्मी र जोखिम क्षेत्रमा काम गर्ने कर्मचारीको मात्र कोरोना संक्रमण परीक्षण र उपचार निशुल्क गर्ने जानकारी दिए । उनका अनुसार सरकारको निशुल्क परीक्षण र उपचारको मापदण्डमा परेका कुनै पनि व्यक्तिले कोरोना बिमा गरेको भए परीक्षण र उपचार खर्च बिमा रकमबाट नै व्यहोर्ने छ । एन्टिजेन टेष्ट मास स्क्रिनिङ्, तुरुन्तै रिपोर्ट चाहिनेको लागि र धेरै व्यक्ति एकै स्थानमा बस्‍ने (व्यारेक)मा प्र...
उपत्यकामा १ हजार ४०३ जना नयाँ कोरोना संक्रमित

उपत्यकामा १ हजार ४०३ जना नयाँ कोरोना संक्रमित

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, असोज २८ पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४०३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९९६, ललितपुरमा ३०५ र भक्तपुरमा १०२ जनालाई कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशभर २ हजार ६३८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। उपत्यकामा कोराना संक्रमितको संख्या ४१ हजार ७८९ पुगेको छ।...
नेपालमा थप २६३८ जनालाई कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ३६,३६७ पुग्यो

नेपालमा थप २६३८ जनालाई कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ३६,३६७ पुग्यो

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, असोज २८ पछिल्लो २४ घण्टामा देशभर २ हजार ६३८ जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै कूल संक्रमितको संख्या १ लाख १७ हजार ९९६ पुगेको छ। पछिल्लो २४ घण्टामा १३ हजार ९४७ जनाको पिसिआर परीक्षण भएको छ। २४ घण्टामा २ हजार १७४ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ८० हजार ९५४ पुगेको छ। आज देशभर ३६ हजार ३६७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा थप १२ जना संक्रमितको मृत्यु भएको छ। यो सहित नेपालमा संक्रमितको मृत्यु संख्या ६७५ पुगेको छ।...
केपीलाई तीनतिरको तनाव

केपीलाई तीनतिरको तनाव

ब्यानर समाचार, मुख्य समाचार, राजनिती, समाचार
असोज २८, काठमाडौं । संघीयतामा प्रदेश बलियो भएर तिनले आफ्नो भाग्य र भविष्यको फैसला गर्न पाउनुपर्ने हो । तर, केन्द्रदेखि प्रदेशसम्मका सरकारमा एकछत्र उपस्थिति जनाएको सत्तारुढ नेकपाभित्रैको आन्तरिक खिचातानीले मुलुकको राजनीतिमा अर्को रुप लिने खतरा बढेको छ । अहिले कर्णाली प्रदेशबाट आगोको झिल्कोझैँ सत्तारुढ दलभित्रको रडाको पटाक्षेप भएको छ । यससँगै प्रश्नहरू उठेका छन्– यसले पार्टी एकता, पूर्वएमालेमा व्याप्त गुटगत क्रियाशीलता र सुविधाजनक बहुमतसहित सत्ता उपस्थितिको भविष्यलाई धराप त पार्दै छैन ? प्रदेश ५ को नाम र राजधानी तोक्ने काम तलैको हो भन्दै केन्द्र टक्टकिँदै आयो । तर, अन्ततः केन्द्रको हस्तक्षेपपछि नाम र प्रदेश टुंगिएरै छाड्यो । यतिबेला कर्णाली प्रदेश सरकारको हकमा तलैबाट अविश्वासको प्रस्ताव आएको छ । नेकपाका ३३ मध्ये मन्त्रीबाहेक बहुमतले गरेको हस्ताक्षरबाट अविश्वासको प्रस्ताव अघि बढेको हो ।...
अरबमा रहेका नेपालीहरुमा नयाँ कोरोना भाइरसको संक्रमण

अरबमा रहेका नेपालीहरुमा नयाँ कोरोना भाइरसको संक्रमण

अचम्मका कुरा, अन्तरवार्ता, अन्तर्राष्ट्रिय, अपराध, आर्थिक, कृर्षि, खेलकुद, जिवनसैली, टिप्स, दुर्घटना, पत्रपत्रिका, ब्यानर समाचार, ब्लोअप, मनोरञ्जन, मुख्य समाचार, मौसम, राजनिती, विचार, समाचार, समाज, सम्पादकीय, साहित्य/कला, सुचना प्रविधि, स्थानिय तह, स्वास्थ्य
काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस कोभिड-१९ (कोरोना) संक्रमणबाट विदेशमा विभिन्‍न मितिमा संक्रमित नेपालीमध्ये ९२ प्रतिशत कोरोनामुक्त भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार नेपालबाहेक ४२ देशमा ३५ हजार नौ सय १६ जना कोरोनामुक्त भएका हुन् । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिबार साँझसम्म ३९ हजार पाँच सय २८ नेपाली कोरोना संक्रमित छन् । स्वास्थ्य समितिका संयोजक डा. सञ्‍जीव सापकोटाका अनुसार यो साता साउथ अफ्रिकामा रहेका एक नेपालीको मृत्यु भएको छ । समितिका अनुसार कोरोना संक्रमणका कारण विदेशमा १८ देशका २६६ जना नेपालीको मृत्यु भएको छ । समिति संयोजक डा. सापकोटाका अनुसार यो साता स्पेन, भारत, कतार, कुवेत, साउदी अरबमा रहेका नेपालीहरुमा नयाँ कोरोना भाइरसको संक्रमण देखिएको हो । यस्तै नेपालमा मात्र ८४ हजार ५ सय ७० जना कोरोना भाइरसबाट संक्रमित भएक...
विदेशमा रहेका ३५ हजार नेपाली संक्रमित, २६६ को मृत्यु

विदेशमा रहेका ३५ हजार नेपाली संक्रमित, २६६ को मृत्यु

अचम्मका कुरा, अन्तरवार्ता, अन्तर्राष्ट्रिय, अपराध, आर्थिक, कृर्षि, खेलकुद, जिवनसैली, टिप्स, दुर्घटना, पत्रपत्रिका, ब्यानर समाचार, ब्यानर समाचार 2, ब्लोअप, मनोरञ्जन, मुख्य समाचार, मौसम, राजनिती, विचार, समाचार, समाज, सम्पादकीय, साहित्य/कला, सुचना प्रविधि, स्थानिय तह, स्वास्थ्य