Sunday, May 12
Shadow

ब्यानर समाचार

नेपालमा थप ३०९३ जनामा कोरोना भाइरसको संक्रमण, सक्रिय संक्रमितको संख्या ४१,७७५ पुग्यो

नेपालमा थप ३०९३ जनामा कोरोना भाइरसको संक्रमण, सक्रिय संक्रमितको संख्या ४१,७७५ पुग्यो

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक ४ पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३ जना कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ३९ हजार १२९ जना पुगेको छ। पछिल्लो २४ घण्टामा १५ हजार ७१४ जनाको पिसिआर परीक्षण भएको छ। संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार १०८ छ। योसँगै हालसम्म ९६ हजार ६०९ जना निको भएका छन्। आज देशभर ४१ हजार ७७५ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ७६५ पुगेको छ।...
केराउ तस्करलाई समात्न खोज्दा दुई प्रहरीको हत्या, ७२ घण्टामै हत्यारा पक्राउ

केराउ तस्करलाई समात्न खोज्दा दुई प्रहरीको हत्या, ७२ घण्टामै हत्यारा पक्राउ

अपराध, ब्यानर समाचार, समाचार, स्थानिय तह
काठमाण्डौँ, कार्तिक ४ कैलालीमा केराउ तस्करलाई नियन्त्रणमा लिन खोज्दा सो समूहले प्रहरीको हत्या गरेको खुलेको छ । प्रहरी अनुसन्धानका क्रममा शनिबार राति मोहना नदीबाट तस्करले केराउ निकासी गर्न खोजेका थिए । सोही क्रममा गस्तीमा निस्किएका कैलालीको धनगढी उपमहानगरपालिका १२ को अस्थायी प्रहरी बिट जुगेडाका इन्चार्ज (असई) गोविन्द विक र प्रहरी जवान रामबहादुर साउँदमाथि तस्कर समूहले आक्रमण गरेको खुलेको सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले जानकारी दिए । प्रहरीले हत्यामा संलग्न सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने सबै नेपाली हुन् । प्रहरीमाथि आक्रमण गर्ने समूह ९ देखि ११ जनासम्म रहेको पाइएको छ । उनीहरुलाई आजै सार्वजनिक गर्ने तयारी छ । असई विकको शव आइतबार बिहान र प्रहरी जवान साउँदको शव आज मोहना नदीमा फेला परेको थियो । दुवैको विभत्स हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेक...
सीडीओ र सुरक्षा प्रमुखले जिल्ला छाड्न नपाउने

सीडीओ र सुरक्षा प्रमुखले जिल्ला छाड्न नपाउने

ब्यानर समाचार, मुख्य समाचार
काठमाण्डौँ, कार्तिक ३ गृह मन्त्रालयले दशैँमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकायका प्रमुखलाई जिल्ला नछाड्न निर्देशन दिएको छ । कोरोना महामारी रोकथाम र नियन्त्रणमा सीडीओ र सुरक्षा प्रमुखको महत्त्वपूर्ण भूमिका हुने भएकाले उनीहरुलाई जिल्ला नछाड्न गृहले निर्देशन दिएको हो । गृहले चाडबाडको बेलामा मानिसको आवत जावत बढ्दा कोरोनाको जोखिम झनै बढ्ने भएकाले जोखिम बढ्न नदिन हरसम्भवका उपाय अपनाउन पनि सीडीओ र सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएको छ । चाडपर्वलाई व्यवस्थित बनाउन र आपूर्ति प्रणाली सहज बनाउन निर्देशन दिइ सकिएको पनि गृहले जनाएको छ । ...
यातायात मन्त्री नेम्वाङलाई कोरोना पुष्टि

यातायात मन्त्री नेम्वाङलाई कोरोना पुष्टि

ब्यानर समाचार, राजनिती, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक ३ भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङलाई कोरोना पुष्टि भएको छ । आज गरिएको पिसिआर परिक्षणमा उनलाई कोरोना पुष्टि भएको हो । उनले आफ्नो सम्पर्कमा रहेका सबैलाई स्वास्थ्यको ख्याल गर्न र सर्तक रहन अनुरोध गरेका छन् । उनले फेसबुकमा आफूलाई कोरोना लागेको बताएका छन् । यस अघि सरकारका २ मन्त्रीहरुमा कोरोना संक्रमण भएको थियो । संक्रमण भएका मध्ये पर्यटन मन्त्री योगेश भट्टराई र शिक्षा मन्त्री गिरिराजमणि पोखरेल छन् । नेम्वाङ कोरोना संक्रमित तेस्रो मन्त्री हुन् ।...
पछिल्लो २४ घण्टामा नुवाकोटमा ५५ सहित देश भर ३७९० जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा नुवाकोटमा ५५ सहित देश भर ३७९० जनामा कोरोना संक्रमण

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक ३ पछिल्लो २४ घण्टामा नुवाकोटमा ५५ सहित देशभर ३ हजार ७९० जना कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ जना पुगेको छ। पछिल्लो २४ घण्टामा १५ हजार ७१४ जनाको पिसिआर परीक्षण भएको छ। संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार ३३५ छ। योसँगै हालसम्म ९४ हजार ५०१ जना निको भएका छन्। आज देशभर ४० हजार ७७८ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ७५७ पुगेको छ।...
कोरोना संक्रमणबाट विराटनगरमा थप चार जनाको मृत्यु

कोरोना संक्रमणबाट विराटनगरमा थप चार जनाको मृत्यु

पत्रपत्रिका, ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक ३ कोरोना भाइरस संक्रमणबाट विराटनगरमा थप चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तीन पुरुष र एक महिला छन्। तीमध्ये एक जना अस्पताल सञ्चालक हुन्। दुई जनाको नोबेल शिक्षण अस्पतालमा, एक जनाको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा र एक जनाको न्युरो अस्पतालमा निधन भएको हो। मोरङको ग्रामथान गाउँपालिका–४ का ६६ वर्षीय वृद्धको नोबेल शिक्षण अस्पतालमा सोमबार बिहान मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए। उनी कोभिड अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका थिए। निमोनिया भएर अस्पताल ल्याइएका उनको पीसीआर परीक्षण गराउँदा असोज २९ गते रिपोर्ट पोजेटिभ आएको थियो। रिपोर्ट पोजेटिभ आएपछि त्यही दिन वृद्धलाई आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको थियो। नोबेलमै विराटनगर महानगरपालिका–३ का ६६ वर्षीय वृद्ध पुरुषको आइतबार राति ११ बजेतिर मृत्यु भएको छ। कोरोनाको लक्षण देखिएपछि उनको प...
आजबाट खाद्यले सुरु गर्यो खसीबोका बिक्रि

आजबाट खाद्यले सुरु गर्यो खसीबोका बिक्रि

आर्थिक, कृर्षि, जिवनसैली, ब्यानर समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, कार्तिक ३ खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजबाट खसीबोकाको बिक्री गर्ने भएको छ । घटस्थापनाको भोलिपल्टबाट खसीबोका बिक्री गर्ने योजना भए पनि आजबाट मात्रै खसी बोकाको बिक्री सुरु गर्न लागेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका विभागीय प्रमुख श्रीमणिराज खनालले बताएका छन् । आइतबार बजारमा खसी बोकाको मूल्यको अवस्था हेरेर साँझसम्ममा खसी बोकाको मूल्य निर्धारण गरिएको छ । ‘शनिबार दुई सय खसीबोका काठमाडौ ल्याइएको छ एक दिन आराम गराएर सोमबारबाट बिक्री खुल्ला गर्ने योजना छ’खनालले भने। विगतका बर्षमा जस्तै यो बर्षपनि बजारको अवस्था हेरेर मूल्य निर्धारण हुने उनको भनाई छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रवक्ता सर्मिला न्यौपानेले यो बर्ष खसी बोका मात्रै बिक्री गर्ने बताइन । यो बर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले च्यांग्राको बिक्री नगर्ने भएको उन...
काठमाडौंमा १४६९ सहित उपत्यकामा १६९८ कोरोना संक्रमित थपिए

काठमाडौंमा १४६९ सहित उपत्यकामा १६९८ कोरोना संक्रमित थपिए

ब्यानर समाचार, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक २ पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ६९८ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा एक हजार ४६९, भक्तपुरमा ९९ र ललितपुरमा १३० कोरोना संक्रमित थपिएका हुन् । शनिबार काठमाडौंमा एक हजार ४५१ , भक्तपुरमा १४३ र ललितपुरमा १५२ गरी १७४६ कोरोना संक्रमित थपिएका थिए । आज देशभर दुई हजार ९४२ कोरोना संक्रमित थपिएका छन् ।...
नेपालमा थप २९४२ जनामा कोरोना भाइरसको संक्रमण

नेपालमा थप २९४२ जनामा कोरोना भाइरसको संक्रमण

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक २ पछिल्लो २४ घण्टामा देशभर २ हजार ९४२ जना कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ। संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार ३२६ छ। योसँगै हालसम्म ९२ हजार १६६ जना निको भएका छन्। आज देशभर ३९ हजार ३४१ जना सक्रिय संक्रमित छन्।...
जर्नादन शर्माले दशैं भत्ता जनमुक्ति सेनाको उपचारमा खर्च गर्ने

जर्नादन शर्माले दशैं भत्ता जनमुक्ति सेनाको उपचारमा खर्च गर्ने

ब्यानर समाचार, राजनिती, समाचार, समाज
काठमाण्डौँ, कार्तिक २ कोरोना महामारीका बेला दशैं भत्ता लिएको भन्दै चौतर्फी आलोचना भए पछि पूर्वमन्त्री जर्नादन शर्माले सो रकमले भेन्टिलेटर खरिदमा खर्च गर्ने उपाय सुल्झाएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्यसमेत रहेका सांसद शर्माले आफूले पाएको रकम पूर्वजनमुक्ति सेनाका सदस्य नरेन्द्र बोहोराका लागि भेन्टिलेटर खरिद गर्ने पनि जनाएका छन्। "कोरोनाको महामारी हाम्रो मुख्य समस्या हो, यस्तो बेला दशैं भत्ता सांसदलाई दिनुभन्दा भेन्टिलेटर किनौं," शर्माले घोषणा गर्दै भनेका छन्, "दशैं भत्ता स्वरुप आएको रकम कालिकोटका पूर्वजनमुक्ति सेनाका योद्धा नरेन्द्र बोहरालाई भेन्टिलेटरमा राखी उपचार गर्नु परेकोले उहाँलाई हस्तान्तरण गर्दछु।" यसअघि नेकपा सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले दशैं भत्ता लिएका थिएनन् भने अर्का स्थायी कमिटी सदस्य भीम रावलले सो रकम फिर्ता गर्ने घो...