Monday, June 1
Shadow

ब्यानर समाचार 2

आजदेखि फुलपातीसम्म न्यूरोड प्रवेश गर्ने चारपाङ्ग्रे सवारीसाधनको पार्किङ खुलामञ्चमा

ब्यानर समाचार 2
न्यूरोड क्षेत्रमा हुने सवारीसाधनको चापलाई मध्यनजर गर्दै खुलामञ्चमा पार्किङको व्यवस्था मिलाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। दशैंको लागि हुने किनमेलका कारण न्यूरोड क्षेत्रमा सवारी चाप बढ्दो छ। त्यसैलाई व्यवस्थापन गर्न खुलामञ्चमा असोज ८ गतेबाट पार्किङको व्यवस्था मिलाइएको हो। न्यूरोड गेटबाट भित्र प्रवेश गर्ने यात्रुवाहक, मालवाहक तथा निजी चारपाङ्ग्रे सवारी साधनलाई आजदेखि फुलपातीको दिनसम्म खुल्लामञ्चमा पार्किङको व्यवस्था मिलाइएको महाशाखाले जनाएको छ।...
पूर्वाधार क्षेत्र : आर्थिक समृद्धिका लागि  मेरुदण्ड

पूर्वाधार क्षेत्र : आर्थिक समृद्धिका लागि मेरुदण्ड

ब्यानर समाचार 2
नेपाल निर्माण व्यवसायी महासङ्घले नेपाल प्रेस काउन्सिलसँगको सहकार्यमा शुक्रबार आयोजना गरेको ‘पूर्वाधार विटका सञ्चारकर्मीलाई अभिमुखीकरण कार्यक्रम’मा अधिकांश वक्ताहरुले पूर्वाधार क्षेत्र मुलुकको आर्थिक क्षेत्रको मेरुदण्ड भएको बताएका हुन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामाले सरकारले निर्माण क्षेत्रका लागि समयमा रकम भुक्तानी नगर्दा व्यवसायी मारमा परेको बताउनुभयो । “ठेक्का पार्नका लागि कम रकम राखेर टेण्डर हालिन्छ, त्यही रकम पनि समयमा पाइँदैन, त्यसकारण व्यवसायी मर्कामा परेका हुन्”, उहाँले भन्नुभयो । नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले मुलुकको आर्थिक समृद्धिको महत्वपूर्ण क्षेत्र निर्माण व्यवसाय भएकाले यसलाई अगाडि बढाउन पत्रकार जिम्मेवार बन्नुपर्ने बताउनुभयो । “पूर्वाधार विटमा कलम चलाउने सञ्चारकर्मीलाई मर्यादित र व्यवस्थित बनाउन कार्यक्रमले सहयोग पुग्ने व...
२४ घर निर्माण गरिने विपन्न दलित र असहायका लागि

२४ घर निर्माण गरिने विपन्न दलित र असहायका लागि

ब्यानर समाचार 2, समाज
 शम्भुनाथ नगरपालिकाका प्रमुख जितेन्द्रप्रसाद गुप्ताले वडा नं २ स्थित कनकपट्टिमा आवास निर्माणको काम शुभारम्भ गर्दै आवासका कारण कसैले दुःख भोग्न नहुने बताउनुभयो । हाललाई तराई मधेस समृद्धि कार्यक्रम र वडा नम्बर २ ले विनियोजन गरेको बजेटबाट आवास निर्माण सुरुआत गरिएको जानकारी दिँदै उहाँले भन्नुभयो, “बाँकी अन्य लक्षित परिवारका लागि नगरपालिकाको बजेटबाट आवास निर्माणमा सहयोग गरिनेछ ।” नगरपालिकाका पाँच सय घरधुरीका लागि छानामा जस्तपाताको लागि सहरी विकास मन्त्रालयमा पहल भइरहेको उल्लेख गर्दै नगरप्रमुख गुप्ताले यस क्षेत्रमा आवासको कारणले कुनै पनि जनतालाई दुःख हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । आवास निर्माण कार्यक्रमका लागि तराई मधेस समृद्धि कार्यक्रमको रु ४० लाख, वडा नं २ कार्यालयबाट रु १५ लाख र ह्याविट्याट फर ह्युमानिटी नेपाल र महुली सामुदायिक विकास केन्द्रको रु ५५ लाख गरी कूल रु एक...
सुदूरपश्चिम :अस्पतालमा नेटवर्क छैन

सुदूरपश्चिम :अस्पतालमा नेटवर्क छैन

ब्यानर समाचार 2
सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी गोदवरीमै उक्त स्थानमा रहेको मालाखेती अस्पतालको एरियाभित्र मोबाइल फोनको नेटवर्कले काम नै गर्दैन । अस्पतालका कार्यालय प्रमुख डा अम्रेश कोइरालाले भने अस्पतालको भवनभित्र छिर्ने बित्तिकै मोबाइल फोनमा टावर जाने गरेको बताउनुहुन्छ ।अस्पतालभित्र मोबाइलमा नेपाल टेलिकमको नेटवर्क नआउँदा कर्मचारीको फोन नलाग्ने भएकाले फोन गर्नुपरेमा बाहिर जानुपर्ने गुनासो गर्दछन् । अन्य कर्मचारीको गुनसो छ, “जरुरी कामले कसैले फोन गर्दा पनि सम्पर्क हुन सकेन भन्छ”, फोन गर्न पनि अस्पताल भवन बाहिर जानुपर्ने बाध्यता छ । अस्पतालमा मोबाइल फोनको नेटवर्क नआउँदा आफन्तलाई र घरपरिवारलाई बिरामीको अवस्थाबारे जानकारी दिन पनि समस्या रहेको स्थानीयवासी नरेश महरा बताउनुहुन्छ । नेपाल टेलिकम अत्तरिया शाखाका वरिष्ठ प्राविधिक अधिकृत सुरत मल्ल भन्नुहुन्छ, “अस्पतालबाट पाँच सय मिटर टाढा नेटवर्क ट...
रसुवामा नवनिर्वाचित २५ वडाध्यक्षलाई प्रशिक्षण

रसुवामा नवनिर्वाचित २५ वडाध्यक्षलाई प्रशिक्षण

ब्यानर समाचार 2, राजनिती
 बागमती प्रदेश सुशासन केन्द्र एवं जिल्ला समन्वय समितिको आयोजनामा पाँच गाउँपालिकाका सबै नवनिर्वाचित वडाध्यक्षलाई स्थानीय सरकार सञ्चालनसम्बन्धी पहिलो पटक दुई दिने अभिमुखीकरण प्रशिक्षण प्रदान गरिएको बताउँदै जिससका उपप्रमुख विजय लामाले यसबाट सरकारको नीति एवं जारी भएका ऐन नियमबमोजिम जनतालाई दिनुपर्ने सेवा प्रभावकारी हुने अपेक्षा गर्नुभयो। जिल्लाका २७ वडाध्यक्षमध्ये २५ जना सहभागी भएका र उनीहरूलाई सामाजिक सुरक्षा भत्ता वितरण, राजस्व सङ्कलन, प्रतिवेदन तयार, माइन्युटबुक तथा मुचुल्का लेखन, योजना तर्जुमा, नागरिकता प्राप्तिको लागि सिफारिस गर्ने तरिकाजस्ता विषयमा प्रशिक्षण प्रदान गरिएको जिल्ला समन्वय अधिकारी शर्मिला कार्कीले जानकारी दिनुभयो ।यस प्रशिक्षणले वडाबाट सम्पादन गर्ने काम अगाडि बढाउन निकै मद्दत मिल्ने कालिका गाउँपालिका–२ का वडाध्यक्ष उमेश न्यौपानेले जानकारी दिनुभयो । राजस्व सङ्कल...
दुःखशास्त्र

दुःखशास्त्र

ब्यानर समाचार 2, साहित्य/कला
नसोध गरिबको भगवान् जसले निभाउँछ पेटको आगो उ नै उसलाई पुजनीय हुन्छ नसोध गरिबको रसानुभूति गरिबको रगतमा पनि मिठास छ जसले मौका पाउँछ पिएर प्यास मेटाउँछ नसोध गरिबको प्रणयकथा गरिबको लाजमा पनि नाफा छ पतितले बेचेर महल सजाउँछ नसोध गरिबका पसिनाको मूल्य नवधनाढ्यका हरेक स्वर्ण गाँसमा बेकसुर हरणमा परेको छ भोकले निचोरेको छ जसलाई रोगले चिथोरेको छ जसलाई शोकले पिरोलेको छ जसलाई गरिबी बेचेर सास धान्नु छ जसलाई तिनीहरुको अवस्थाबारे न सोध्दा राम्रो हुन्छ हो न सोध्दा राम्रो हुन्छ घरको चुलो बाल्न चर्को धुपमा जल्नेहरुको कथा दुई चिम्टी माटोको अभावमा आफन्तको शव बाढीमा बगाउनेहरुको व्यथा चुहिएको छानोमा अनिदा रात काट्नेहरुको कथा शुदखोरहरुको चंगुलमा टिलपिलाएका आँशुहरुको व्यथा हरेक दिन जल्ने भोका लाशहरुको कथा-व्यथा प्रिय तिम्रो निगाहबाट न्या...
कांग्रेसकाे विकल्प नेतृत्वकाे आचरण र व्यवहारमा सुधार

कांग्रेसकाे विकल्प नेतृत्वकाे आचरण र व्यवहारमा सुधार

ब्यानर समाचार 2, राजनिती, विचार
  कांग्रेस पार्टीको बैचारिक पक्ष कसैले खाेजिरहनु पर्दैन; बिधान र प्रचलनले प्रस्टयाएकाे छ ,खाेज्न पर्छ पार्टी परिचालन गर्ने झनक देखाएका कृयाशील राष्ट्रिय अन्तराष्ट्रिय प्रभाब बाेकेकाे युवाकेन्द्रित राजनिति गर्नसक्ने बिपक्षिलाई समेत बिचारले प्रतिबाद गरेर परास्त गर्न सक्ने भ्रष्टाचारमा नमुछिएकाे समाजबादी आचरण भएकाे देशर जनताकाे बिचमा बेलाबेलामा पुगेकाे प्रकाेप बिपद महामारीमा अफ्ननाे गक्ष अनुसार सेबा सहयाेग पुर्याएकाे समन्वयात्मक भूमिका निर्बाहमा खारिएकाे युबा नेता समेटेरअगाडि बढने बयक्तित्व। शात्ति र शत्ताबेगरपनि बाच्न सकिन्छ भन्ने मानसिकता बाेकेकाे नेतृत्व चयन गरेर बिधान बंमाेजिम टिम अगाडि बडे कांग्रेस जनबिश्वासकाे पार्टी बन्न कांग्रेसलाई कसैले राेक्न सक्दैन । तर पार्टीले कुनै मूल्याङकन नगरी गुट गुन्डा दलाल दुई नम्मर धन्दामा लिप्त र आफ्ना लम्पट समर्थक मात्र पार्टीमा हालिमाेहाल...
मुगुको स्याउले बजार नपाउँदा शीतभण्डारणमा थुपारेर राख्न बाध्य

मुगुको स्याउले बजार नपाउँदा शीतभण्डारणमा थुपारेर राख्न बाध्य

कृर्षि, ब्यानर समाचार 2
मुगुको स्याउले बजार नपाउँदा किसानले घरकै शीतभण्डारणमा थुपारेर राख्न बाध्य भएका छन् । स्याउ किसान टक्कबहादुर शाही भने, “लगातारको अविरल वर्षाले सडक सञ्जाल अवरुद्ध भयो , सडक नखुलेपछि स्याउ भण्डारण गरिएर राखियो, अहिले स्याउले बजार नै पाएन,  स्याउले बजार नपाउँदा कुहिन्छ कि भन्ने चिन्ता छ ।” । उनले भने, “छ वर्षदेखि स्याउ बेचेर घर खर्च धान्दै आएको छु, यसवर्ष स्याउ उत्पादन बढेको छ, तर  बजार पाउन समस्या परेको छ ।” स्थानीय सरकारले स्याउको बजारीकरणमा समन्वय गरिदिन उनले आग्रह समेत गरे ।...
कञ्चनपुरमा जङ्गली बँदेलको मासुसहित होटल सञ्चालक पक्राउ

कञ्चनपुरमा जङ्गली बँदेलको मासुसहित होटल सञ्चालक पक्राउ

ब्यानर समाचार 2, समाचार
जङ्गली बँदेलको मासुसहित कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीबाट होटल सञ्चालक रमेश रावल बँदेलको मासु फ्रिजमा राख्दै गरेका अवस्थामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोलीले पक्राउ गरेको हो । होटलमा जङ्गली बदेलको मासु बिक्री वितरण भइरहेको सूचनाका आधारमा मासुसहित रावललाई पक्राउ गरिएको निकुञ्जका सूचना अधिकारी मनोज ऐरले बताउनुभयो । “अनुसन्धानका लागि १० किलो मासुसहित रावललाई पक्राउ गरेका छौँ”, उहाँले भन्नुभयो, “मासु परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ललितपुर पठाउँदैछौँ ।” परीक्षणको रिपोर्टका आधारमा राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कारबाही गरिने ऐरले बताउनुभयो । ...
सिरियामा आप्रवासी चढेको डुङ्गा डुब्दा चौँतीसको मृत्यु

सिरियामा आप्रवासी चढेको डुङ्गा डुब्दा चौँतीसको मृत्यु

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2
लेबनानबाट आप्रवासीहरु ल्याई आएको एक डुङ्गा सिरियाली क्षेत्रको समुद्रमा डुब्दा त्यसमा रहेका कम्तीमा पनि ३४ जना आप्रवासीको ज्यान गएको  सिरियाली अधिकारीहरुले जानकारी दिएका छन् । लेबनानबाट आएको डुङ्गा बिहीबार सिरियाली क्षेत्रको समुद्रमा पुग्दा डुबेको र त्यसमा परेर अरु केही हराइरहेका सिरियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ । डुबेको डुङ्गाबाट करिब २० जनालाई उद्धार गरिएको सिरियाली स्वास्थ्यमन्त्रालयले जानकारी दिएको छ । उद्धार गरिएका उनीहरुलाई अस्पताल भर्ना गरिएको छ । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले लिएको जानकारीअनुसार सिरियाबाट करिब एक सय २० देखि एक सय ५० जना जति आप्रबासी लिएर सो डुङ्गा साइप्रसका लागि हिँडेको बताएको छ । डुङ्गामा क्षमता भन्दा धेरै मानिसहरु चढेका कारण डुबेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । तर उक्त डुङ्गा कहाँ जान लागेको हो भन्ने बारेमा थाहा नभएको उद्धार गर...