प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रामेछापको सुनापति गाउँपालिका–४ डहु मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । उहाँले उक्त मतदान केन्द्रबाट पहिलो मतदान गर्नुभएको हो ।
आज आइतबार आगामी पाँच वर्षका लागि उम्मेदवार चयन भइरहेको छ ।
...
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवन निर्वाचन क्षेत्र नम्बर-३ अन्तर्गतको शिवनगरस्थित मतदान केन्द्रमा मतदान गरेका छन् । दाहालले भरतपुर-१४ शान्तिपुर नेपाल प्रहरी विद्यालयकाे 'क' केन्द्रबाट पहिलाे मतदान गरेका हुन् ।
माओवादी अध्यक्ष दाहाल आफू गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार भए पनि चितवनका मतदाता हुन् ।
चितवन जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार चितवनमा १६२ मतदान स्थलमा ४६० मतदान केन्द्र रहेका छन् ।
चितवनमा कुल मतदाता ४ लाख ८ हजार ३ सय ४२ छन् ।...
लेखक- उपेन्द्र तिमल्सिना
भोट त हाल्नै पर्छ
तर ,
राम्रोको खोजीमा पर्खिरहेछु।
सदाचारको खाता पल्टाउँदै
जवाफदेहीताको पाना बोकेर
भोट माग्न आउँछन् कि भनेर
पर्खि रहेछु !!
कमिसनमा जिवन देख्नेहरु
सुविधामा आयु थप्नेहरु
भोज भतेरमा भोट खोज्नेहरु
विकासमा तेरो मेरो भन्नेहरु
मेरो जनप्रतिनिधि नबनोस
त्यसैले त
सदाचारको सेतो भेषमा
जवाफदेही बनेर
असल मान्छेहरू
भोट माग्न पक्कै आउँछन् !
त्यसैले त
ढोका खुल्लै राखेर
म पर्खि बसेछु !!
मेरो टोलको स्वरुप फेर्न
तिम्रो गाँउको बिकास गर्न
मरुभूमीको यात्रीहरु फर्काउन
हाम्रै माटोमा धान झुलाउन
डाँडाहरूको बन जोगाउन
राम्रो लाई छान्नै पर्छ ।
मैले भोट हाल्नै पर्छ । -२
राजनीतिलाई सेवा ठानेर
जनतालाई आफ्नै मानेर
मेरो प्रश्नको उत्तर बनेर
अन्यायको बेला न्याय बनेर
मौलिक विकास...
लोकतन्त्रको मेरुदण्डका रुपमा रहेको आवधिक निर्वाचनअर्थात् प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन आज हुँदैछ । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकैचरणमा मतदान हुनेछ । निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदातालाई मताधिकार छ ।
निर्वाचनका लागि १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको छ । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभा र प्रदेशसभाको यो दोस्रो निर्वाचन हो ।
यसअघि २०७४ सालमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएको थियो । एक सय ४१ अस्थायी मतदान केन्द्र र आफूलाई पायक पर्ने तथा आफू खटिएका मतदान केन्द्रबाट करिब चार लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधिसभाको समा...
बर्दियाको एक मतदानस्थलमा कर्मचारीदेखि सुरक्षाकर्मी सबै महिला खटिएका छन् । गुलरिया नगरपालिका–८ महाकवि देवकोटा माविमा महिला मात्रै कार्यरत रहेको नमूना मतदान केन्द्रका मतदान अधिकृत रेविका अमात्यले जानकारी दिनुभयो ।
“मतदान केन्द्र र स्थलमा गरी अधिकृतसहित २४ कर्मचारी र सुरक्षाका लागि १४ महिला सुरक्षाकर्मी खटिएनु भएको छ,” उहाँले भन्नुभयो ।
जिल्लामा करिब तीन हजार पाँच सय सुरक्षाकर्मी र झन्डै तीन हजार कर्मचारी खटिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको भनाइ छ । जिल्लामा कूल तीन लाख १५ हजार दुई सय ८४ मतदाता छन् । जिल्लामा एक सय ५४ मतदानस्थल र तीन सय ७६ मतदान केन्द्र छन् ।
...
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा खटिने कर्मचारीलाई कुनै आग्रह, पूर्वाग्रहबाट प्रभावित नभई निष्ठापूर्वक निर्वाचन सम्पन्न गराउन प्रतिबद्ध हुन निर्देशन दिनुभएको छ । उहाँले निर्वाचनको मतदान तथा मतगणनामा खटिने कर्मचारीलाई जिम्मेवारीको गरिमा र मर्यादालाई कायम राखी काम गर्न विशेष निर्देशन दिनुभएको हो । उहाँले मतदान तथा मतगणनाको कार्य मर्यादित र व्यवस्थित बनाउने सङ्कल्प गर्न, संविधान, प्रचलित ऐन, कानून, आचारसंहिता, निर्वाचनसम्बन्धी निर्देशिका, कार्यविधि र निर्देशनको पूर्णरूपमा पालना गर्न निर्देशन दिनुभएको हो ।
व्यक्तिगत, संस्थागत एवं पदीय रूपमा स्वतन्त्र र निष्पक्ष रही कुनै राजनीतिक दल वा उम्मेदवारप्रति झुकाव नराखी कार्य सम्पादन गर्न उहाँको निर्देशन छ । प्रमुख आयुक्त थपलियाले निर्वाचनको कार्य सम्पादन गर्ने सिलसिलामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभाव, दबाब, भनसु...
कैलाली जिल्लाको गोदावरी नगरपालिका ६ बडेहा भन्ने स्थानमा एमालेका वडाध्यक्षका उम्मेदवारसहित उनका सबै परीवार सदस्यमाथि खुकुरी प्रहार भएको छ ।
कैलालीको गोदावरी नगरपालिका – ६ अध्यक्षका लागि नेकपा (एमाले)को तर्फबाट उम्मेदवार उम्मेदवार जग्गु चौधरीले आफूसहित ५ परीवार सदस्यमाथि खुकुरी प्रहार भएको जनाएका छन् ।
बुधबार साँझ खना खाएर बसिरहेको अवस्थामा १५ जनाको समूहमा आएका नेपाली काँग्रेसका कार्यकर्ताले एक्कासी सबै परीवारका सदस्यहरुमाथि खुकुरी प्रहार गरेको नेकपा एमाले कैलालीले जनाएको छ ।
उनीहरु बसिरहेको अवस्थामा घरभित्रै पसेर आक्रमण गरेको वडाध्यक्षका उम्मेदवार स्वयम चौधरीले समेत बताएका छन् ।
खुकरी प्रहारबाट वडाध्यक्षका उम्मेदवार चौधरी जग्गु चौधरीकी छोरी २३ वर्षीया लक्ष्मी चौधरी, भाइ विन्तीराम चौधरी, भाइ बुहारी बसन्ती चौधरी, भतिजा रविन चौधरी र दिपक कठायत घाइते भएका छन् ।
उनीहरुको हाल अत्तर...
आसन्न प्रतिनिधिसभा र प्रदेससभा सदस्य निर्वाचनलाई मध्यनजर गरी बाँकेस्थित नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचनको बेला हुनसक्ने आपराधिक क्रियाकलापलाई रोक्न गए राति १२ बजेदेखि मङ्सिर ४ गते राति १२ बजेसम्म सीमानाका बन्द गरी सीमा क्षेत्रमा दुई देशका सुरक्षाकर्मी परिचालन भएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिनुभयो ।
बाँकेको तीनवटै निर्वाचन क्षेत्रलाई छुने ६५ किलोमिटर क्षेत्र भारतसँग जोडिएको छ । भारतमा चुनाव हुँदा पनि सीमानाका बन्द गर्ने गरिएको छ । खुला सीमानाकाका कारण हुने आपराधिक गतिविधि रोक्न बिहीबार भारतीय सशस्त्र सुरक्षा बल (एसएसबी) र नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलले संयुक्तरूपमा गस्ती गरेको प्रमुख जिल्ला अधिकारी खत्रीले बताउनुभयो ।
उहाँका अनुसार सीमा क्षेत्रमा दुई देशका सुरक्षाकर्मीले नियमितरूपमा संयुक्त गस्ती गर्दै ...
आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि खोटाङका सबै मतदानस्थलमा सुरक्षाकर्मीसहितको निर्वाचन सामग्री पु¥याइएको छ । मङ्सिर ४ गते देशभर एकैसाथ हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय दिक्तेलमार्फत जिल्लाका सबै मतदानस्थलमा मतपत्र, मतपेटिकालगायतका निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मीको टोली पठाइएको हो । निर्वाचनका लागि आवश्यक सामग्रीसहित एक हजार पाँच सय ५८ कर्मचारी र एक हजार आठ सय सुरक्षाकर्मी खटाइएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश शुभाषबाबु गिरीले जानकारी दिनुभयो ।
निर्वाचनमा खटिएका कर्मचारीले मतपत्र, मतपेटिका, मतदाता नामावली, छेकाबारा, रबर म्याट, सुरक्षण सिल, स्वस्तिक छापलगायतका ६२ प्रकारका निर्वाचन सामग्री मतदानस्थल पु¥याएका छन् । दश स्थानीय तह रहेको खोटाङमा एक सय ३६ मतदानस्थल, एक सय ९४ मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्र तो...