Friday, March 29
Shadow

अध्यक्ष पुष्पकमल दाहालले शिवनगरबाट गरे मतदान


  • -इ
  • इ+

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवन निर्वाचन क्षेत्र नम्बर-३ अन्तर्गतको शिवनगरस्थित मतदान केन्द्रमा मतदान गरेका छन् । दाहालले भरतपुर-१४ शान्तिपुर नेपाल प्रहरी विद्यालयकाे ‘क’ केन्द्रबाट पहिलाे मतदान गरेका हुन् ।

माओवादी अध्यक्ष दाहाल आफू गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार भए पनि चितवनका मतदाता हुन् ।

चितवन जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार चितवनमा १६२ मतदान स्थलमा ४६० मतदान केन्द्र रहेका छन् ।

चितवनमा कुल मतदाता ४ लाख ८ हजार ३ सय ४२ छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares