Tuesday, June 2
Shadow

ब्यानर समाचार 2

काभ्रेपलाञ्चोकमा ३२ हजार चार सय ५५ मत बदर

काभ्रेपलाञ्चोकमा ३२ हजार चार सय ५५ मत बदर

निर्वाचन विशेष, ब्यानर समाचार 2, राजनिती
यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोकमा ३२ हजार चार सय ५५ मत बदर भएको छ । प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ तीन दशमलव सात प्रतिशत मत बदर भएको हो । जिल्लामा एक लाख ८७ हजार तीन सय ३० जनाले मतदान गरेका थिए । जिल्लामा तीन लाख १० हजार ६३ मतदाता रहेका थिए । जिल्ला निर्वाचन अधिकारी उमेशकुमार राईका अनुसार ८६ हजार चार सय ६२ महिला तथा एक लाख आठ हजार ६८ पुरुष मतदाता मतदानमा सहभागी भएका थिए । क्षेत्र नं १ मा कुल खसेको मतमा प्रत्यक्षतर्फ चार हजार चार सय २६ तथा समानुपातिकतर्फ तीन हजार सात सय २२ मत बदर भएको छ । क्षेत्र नं १ प्रदेशसभा (१) मा प्रत्यक्षतर्फ एक हजार पाँच सय ८४, प्रदेशसभा (२) मा प्रत्यक्षतर्फ एक हजार चार सय ६३ तथा प्रदेशसभा (१) र (२) मा समानुपातिकतर्फ चार हजार आठ सय ७२ मत बदर भएका थिए । क्षेत्र नं २ मा प्रत्यक्षतर्फ तीन हजार आठ सय ३७...
गगन थापा र रबि लामिछाने बिचको साँठगाठ पुष्टि ! कति सत्य !

गगन थापा र रबि लामिछाने बिचको साँठगाठ पुष्टि ! कति सत्य !

ब्यानर समाचार 2, विचार
लेखक - रामप्रकाश पुरी यो कुरा प्रायशः उठ्ने गरेको छ कि रवि लामिछाने एउटा रहस्यमय पात्र हुन् । सबभन्दा पहिले नयाँ पार्टीको गठन गरेर चुनावमा त्यसको उल्लेखनीय सफलता पनि एउटा रहस्यमय नै कुरा हो । उनी वा उनले नेतृत्व गरेको पार्टी र त्यसको सफलताको रहस्य के हो ? यी प्रश्नहरु प्रायशः उठ्ने गरेकोे पाइन्छ । विभिन्न पत्र–पत्रिका वा अनलाइनहरूमा प्रकाशित समाचार वा टिका–टिप्पणीहरूले त्यो रहस्य के हो ? त्यसबारे केही सङ्केत दिन्छन् । तर त्यो कुराको तहमा पुग्न सायद अरू थप छानबिन वा तथ्यहरुको आवश्यकता पर्नेछ । “रातो पाटी”मा प्रकाशित एउटा वक्तव्यमा ओलीले अमेरिकामा “फ्रिडम पार्टी” (स्वतन्त्र पार्टी) भन्ने एउटा राजनीतिक पार्टी भएको र त्यसको चुनावचिन्ह “घण्टी” भएको बताएका छन् । अमेरिकाको (स्वतन्त्र पार्टी) र त्यसको चुनावचिन्ह घण्टीसित रवि लामिछानेको पनि नाम मिल्नु खालि संयोग मात्र हो वा त्यसका पछाड...
साम्राज्यवादीको रणनीति “घण्टी ” !

सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीको अग्रता कायमै

निर्वाचन विशेष, ब्यानर समाचार 2, राजनिती
सुनसरी क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै राख्नुभएको छ । उहाँले हालसम्म तीन सय २८ मतको अग्रता कायम राख्नुभएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार कांग्रेस उम्मेदवार कार्कीले २६ हजार पाँच सय ६३ तथा उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार जगदीश कुसियैतले २६ हजार दुई सय ३५ मत प्राप्त गर्नुभएको छ । उक्त क्षेत्रमा मतगणना दुई दिनसम्म रोकिएर मङ्गलबारदेखि पुनः सुरु भएको हो । ...
सप्तरीमा राउतको हत्या

सप्तरीमा राउतको हत्या

दुर्घटना, ब्यानर समाचार 2
सोमबार राति बेपत्ता भएका सप्तरीको कञ्चनरुप नगरपालिका–१ बैरवाका ५० वर्षीय सञ्जय राउतको हत्या भएको छ । उहाँको शव घरदेखि डेढ सय मिटर उत्तरतर्फको पोखरीमा घाँटी रेटिएको अवस्थामा मङ्गलबार फेला परेको हो । हत्यामा संलग्न व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताउनुभयो । बेपत्ता भएपछि राउतको खोजी गरिदिन उनका परिवारका सदस्यले प्रहरीलाई अनुरोध गरेका थिए । “तालिमप्राप्त कुकुरको घटनाको अनुसन्धान अघि बढाएका छौँ”, उहाँले भन्नुभयो । ...
सस्तियो सुन

सस्तियो सुन

आर्थिक, ब्यानर समाचार 2
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु एक सयले घटेर रु ९७ हजार चार सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार पाँच सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार नौ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार दुई सय ८५ कायम रहेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ । ...
निर्वाचनको परिणामले माओवादीलाई चुनौती दियो – पोलिटब्युरो सदस्य दाहाल

निर्वाचनको परिणामले माओवादीलाई चुनौती दियो – पोलिटब्युरो सदस्य दाहाल

ब्यानर समाचार 2, राजनिती, विचार
लेखक -  महेश्वर दाहाल    केही अनपेक्षित नतिजा दिदैं आमनिर्वाचन सकिएको छ । नेपाली कांग्रेस केही ठूलो, माओवादी केन्द्र प्रत्यक्षमा कमसेकम ३० सिट र समाजवादीको संख्या यो भन्दा बढी हुन्छ भन्ने प्रारम्भिक अनुमान सरकार गठबन्धनभित्र थियो । अहिले ल्याएको सिटभन्दा एमालेको कम हुन्छ भन्ने थियो । रवि लामिछानेले नेतृत्व गरेको पार्टीले यति ठूलो संख्यामा जित्दैन भन्ने नै थियो । मुलतः यो निर्वाचनमा दुइटा गठबन्धन लडेका थिए । नेका, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा सहितको गठबन्धनले संविधानको रक्षाको कुरा गरेका थिए, लोकतन्त्र रक्षाको कुरा गरेका थिए भने एमाले–राप्रपासहितको गठबन्धनले राष्ट्रवादलाई जोड दिएका थिए । तर, दुवै गठबन्धनले अपेक्षाकृत जीत हासिल गर्न सकेनन् । नागरिकको चाहना भने यथास्थितिको विपक्षमा स्पष्ट देखियो । रवि लामिछानेको राष्ट्रिय स्वत...
मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु

मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु

दुर्घटना, ब्यानर समाचार 2
तेह्रथुममा गए राति भएको मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । फेदाप गाउँपालिका–२ ओयाक्जुङका ४२ वर्षीय चन्द्रबहादुर लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रवक्ता छिपिन्जो भोटेले जानकारी दिनुभयो । सदरमुकाम म्याङ्लुङबाट ओयाक्जुङ फर्किने क्रममा को२१प ४२२८ नंको मोटरसाइकल दुर्घटना परेको थियो । म्याङलुङस्थित दशगते उद्यानमा मोटरसाइकल अनियन्त्रित भई सडकको पिलरमा ठोक्किएपछि घाइते भएका लिम्बूको उपचारका लागि धरान लाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । ...

नवनिर्वाचित प्रतिनिधिलाई प्रमाणपत्र वितरण

निर्वाचन विशेष, ब्यानर समाचार 2
कैलाली क्षेत्र नं ४ बाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यलाई निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं ४ ले प्रमाणपत्र वितरण गरेको छ । निर्वाचन अधिकृत इन्द्रबहादुर कठायतले प्रतिनिधिसभामा निर्वाचित नेपाली कांग्रेसका वीरबहादुर बलायर, प्रदेशसभा (१)मा निर्वाचित नेकपा (एकीकृृत समाजवादी)का दीर्घबहादुर सोडारी र प्रदेशसभा (२)मा निर्वाचित प्रकाश बमलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरेका हुन् । नव निर्वाचित सांसद बलायरले निर्वाचन सम्पन्न गराउनमा सहयोग गर्ने सम्पूर्ण निर्वाचन अधिकृतको कार्यालयका कर्मचारी र सुरक्षाकर्मीलगायत सम्पूर्णलाई धन्यावाद ज्ञापन गर्नुभयो । ...