Tuesday, June 2
Shadow

ब्यानर समाचार 2

३६ सिट जितेर निर्णायक बनेको माओवादी  यसपटक भने १८ सिटमा

३६ सिट जितेर निर्णायक बनेको माओवादी यसपटक भने १८ सिटमा

निर्वाचन विशेष, ब्यानर समाचार 2, राजनिती
पाँच वर्ष अघि भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षमा मात्र ३६ सिट जितेर निर्णायक बनेको माओवादी केन्द्र यसपटक भने १८ सिटमा खुम्चिएको छ । माओवादीले सत्ता गठबन्धनसँगको साझेदारीमा ४५ सिटमा उम्मेदवारी दिए पनि हालसम्म १६ सिटमा विजयी हासिल गरेको छ । महोत्तरी(१ मा गिरीराजमणि पोखरेल र सर्लाही(२ मा महिन्द्रराय यादवले अग्रता कायम गरेका छन् । माओवादीले खोटाङ-१ मा जितेको छ । खोटाङ-१ बाट रामकुमार राई निर्वाचित भएका छन् । भोजपुरमा सुदन किँराती, मोरङ-४ बाट अमनलाल मोदी, काभ्रे-१ बाट सूर्यमान तामाङ, नुवाकोट-१ बाट हितबहादुर तामाङ, सिन्धुपाल्चोक-१ बाट माधव सापकोटा र सिन्धुली(२ बाट लेखनाथ दाहाल निर्वाचित भएका छन् । त्यस्तै, गोरखा-२ बाट पुष्पकमल दाहाल ‘प्रचण्ड’, बाग्लुङ-२ बाट देवेन्द्र पौडेल, दाङ-२ बाट रेखा शर्मा, रुकुमपूर्वबाट पूर्णबहादुर घर्तीमगर, रोल्पाबाट वर्षमान पुन, कालीकोटबाट महेन्द्रबहा...
जुम्ला प्रदेशसभा २ मा एमालेका  टेकराज पछाई विजयी

जुम्ला प्रदेशसभा २ मा एमालेका टेकराज पछाई विजयी

निर्वाचन विशेष, ब्यानर समाचार 2, राजनिती
जुम्लाको प्रदेशसभा २ मा नेकपा (एमाले) विजयी भएको छ । आज सम्पन्न मतगणनामा एमालेका उम्मेदवार टेकराज पछाई विजयी हुनुभएको मुख्य निर्वाचन कार्यालय जुम्लाका प्रमुख विष्णुप्रसाद गौतमले बताउनुभयो । पछाईले सात हजार आठ सय २६ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनतर्फका नेकपा (एकीकृत समाजवादी)का कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री पदमबहादुर रोकायाले ६ हजार सात सय १५ मत प्राप्त गर्नुभयो । स्वतन्त्र उम्मेदवार धनबहादुर बस्नेतले चार हजार एक सय ६५ मत प्राप्त गर्नुभएको छ । नेपाल मजदुर किसान पार्टीका विर्षबहादुर रावतले एक हजार दुई सय दुई मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ...
दाङ २:  प्रदेशसभा १ मा कांग्रेसका राजु खनाल विजयी

दाङ २: प्रदेशसभा १ मा कांग्रेसका राजु खनाल विजयी

निर्वाचन विशेष, ब्यानर समाचार 2, राजनिती
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत दाङको निर्वाचन क्षेत्र नं २ (१) मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार राजु खनाल विजयी हुनुभएको छ । खनालले १५ हजार छ सय १६ मत प्राप्त गरि बिजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बलिभद्र रानाले १४ हजार चार सय ४९ मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा बङ्गलाचुली गाउँपालिका र घोराही उपमहानगरपालिका– ४, १३, १४, १५, १७, १८ र १९ नं वडा पर्दछन् । यस क्षेत्रमा ३७ हजार ८६ मत खसेको र एक हजार चार सय ८५ मत बदर भएको मुख्य निर्वाचन अधिकृत कार्कीले जानकारी दिनुभयो । ...
सिन्धुली २ मा माओवादीका लेखनाथ दाहाल विजयी

सिन्धुली २ मा माओवादीका लेखनाथ दाहाल विजयी

निर्वाचन विशेष, ब्यानर समाचार 2, राजनिती
सिन्धुली प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का लेखनाथ दाहाल विजयी हुनुभएको छ । गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार दाहालले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मनोजजङ्ग थापालाई पाँच हजार आठ सय ३० मतान्तारले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिनुभयो । दाहालले २७ हजार पाँच सय १७ र प्रतिस्पर्धी थापाले २१ हजार छ सय ८७ मत प्राप्त गर्नुभएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका अनोजकुमार दाहालले एक हजार पाँच सय ५३, राष्ट्रिय प्रजातन्त्र पार्टीका भीष्मराज श्रेष्ठले एक हजार तीन सय ४० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत गौतमले जानकारी दिनुभयो । ...
कास्की–३ मा  दामोदर पौडेलको अग्रता

कास्की–३ मा दामोदर पौडेलको अग्रता

निर्वाचन विशेष, ब्यानर समाचार 2, राजनिती
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा कास्की क्षेत्र नं ३ मा नेपाल कम्युनिष्ट पार्टी(एमाले)का दामोदर पौडेल (बैरागी) अगाडि हुनुहुन्छ । पोखरा–७ शहीदचोकस्थित जिल्ला समन्वय समितिको सभाकक्षमा जारी मतगणनाको सुरुआतदेखि अग्रता बनाएको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार योगराज पौडेललाई उछिन्दै उहाँले चार हजार आठ सय ५१ मत प्राप्त गर्नुभयो । योगराजले चार हजार चार सय सात मतसहित पछ्याइरहँदा नेकपा (माओवादी केन्द्र)का रामजीप्रसाद बरालले तीन हजार दुई सय सात मत प्राप्त गर्नुभयो । प्रतिनिधिसभातर्फ सो क्षेत्रमा हालसम्म पोखरा महानगरपालिका–१, २, ३, १८ र १९ को गणना सकिएको छ । कूल एक लाख एक हजार सात सय १५ मतदाता रहेकामा ६१ हजार ६ सय १४ मत खसेको थियो । कास्की–३ मा प्रतिनिधिसभा सदस्यका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १५ उम्मेदवार चुनावी मैदानमा छन् । प्रतिनिधिसभाको तीन र...

कांग्रेस ४२, एमाले ३८ र माओवादी १४ स्थानमा अगाडि

निर्वाचन विशेष, ब्यानर समाचार 2, राजनिती
आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार आज मध्याह्न १२ः१५ बजेसम्म कूल एक सय ६५ निर्वाचन क्षेत्रमध्ये एक सय ३५ स्थानको मतगणना जारी छ । अहिलेसम्म नेपाली कांग्रेसका तीन उम्मेदवार विजयी भइसक्नुभएको छ । काठमाडौँ निर्वाचन क्षेत्र नं ४ मा कांग्रेसका गगनकुमार थापा, मनाङ निर्वाचन क्षेत्र नं १ मा टेकबहादुर गुरुङ र मुस्ताङ निर्वाचन क्षेत्र नं १ मा योगेश गौचन थकाली विजयी भइसक्नुभएको छ । जारी मतगणनामा नेपाली कांग्रेस ४२ स्थानमा अगाडि छ । नेकपा (एमाले) ३८, नेकपा (माओवादी केन्द्र) १४, राष्ट्रिय स्वतन्त्र पार्टी ११, राष्ट्रिय प्रजातन्त्र पार्टी पाँच र अन्य दल तथा उम्मेदवार २२ स्थानमा अग्रस्थानमा छन् । समानुपातिकतर्फ एमाले अगाडि समानुपातिकतर्फको मगणनामा एमाले अगाडि छ ।हालसम्म एमालेले ७६ हजार तीन सय २३, कांग्रेसले ६५ हजार सात सय ९२, राष्ट...
मुस्ताङबाट नेपाली कांग्रेसका योगेश गौचन  विजयी

मुस्ताङबाट नेपाली कांग्रेसका योगेश गौचन विजयी

निर्वाचन विशेष, ब्यानर समाचार 2, राजनिती
मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका योगेश गौचन थकाली निर्वाचित हुनुभएको छ । निवर्तमान सांसद नेकपा (एमाले)का केन्द्रीय सदस्य प्रेमप्रसाद तुलाचनलाई नौ सय १४ मतान्तरले पछि पार्दै २९ वर्षीय गौचन प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । मुख्य निर्वाचन अधिकृत ईश्वर पराजुलीले गौचनले तीन हजार नौ सय ९२ र एमालेका तुलाचनले तीन हजार ७८ मत प्राप्त गरेका जानकारी दिनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवीणकुमार शेरचनले १३ मत प्राप्त गर्नुभएको छ । आइतबार भएको चुनावमा मुस्ताङमा १० हजार नौ सय ५७ मतदातामध्ये सात हजार दुई सय ३० अर्थात् ६५ दशमलव ९८ प्रतिशत मत खसेको थियो ।...
काठमाडौं-४ बाट भारी मतले गगन थापा बिजयी

काठमाडौं-४ बाट भारी मतले गगन थापा बिजयी

निर्वाचन विशेष, ब्यानर समाचार 2, राजनिती
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ह्याट्रिक जित निकालेका छन् । काठमाडौं–४ बाट थापाले फराकिलो अन्तरले नेकपा एमालेका राजन भट्टराईलाई हराउँदै ह्याट्रिक जित निकालेका हुन् । भट्टराईलाई थापाले ७,४५७ मतान्तरले पराजित गरे । तर औपचारिक घोषणा हुन भने बाँकी छ । ०७४ मा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए । त्यो चुनावमा वाम गठबन्धनका तर्फबाट एमालेका भट्टराई प्रतिस्पर्धामा थिए । तर ३२ सय मतान्तरले थापाले जितेका थिए । यसपटक थापाले मतान्तरले थप फराकिलो बनाएका छन् । ०७० मा पनि गगनले यही क्षेत्रबाट एमालेका निर्मल कुँइकेललाई पराजित गरेका थिए । ०६४ मा थापा समानुपातिक सांसद थिए ।  ...
नार्पाभूमिको मतपेटिका हेलिकप्टरमार्फत ल्याइँदै

नार्पाभूमिको मतपेटिका हेलिकप्टरमार्फत ल्याइँदै

निर्वाचन विशेष, ब्यानर समाचार 2
हिमाली जिल्ला मनाङको सबैभन्दा उचाइ र विकट क्षेत्रको मतपेटिका आज हेलिकप्टरमार्फत ल्याइने भएको छ । यहाँको मौसम अनुकूल भएपछि हेलिकप्टरमार्फत मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइने भएको हो । हालसम्म सडक पहुँचमा नपुगेको नार्पाभूमि गाउँपालिकाका सबै मतदान केन्द्रबाट मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गरिने जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले बताउनुभयो । “चार हजार दुई सय मिटर उचाइमा रहेको मतदान केन्द्रबाट मतपेटिका ल्याउँदा हिउँमा समस्या हुनसक्छ भनेर हेलिकप्टरको व्यवस्थापन गरिएको हो”, उहाँले भन्नुभयो । “जिल्लाका अन्य मतदान केन्द्रबाट आइतबार नै मतपेटिका आइपुगेको छ । नार्पाभूमि विकट र चिसोका कारण मतपेटिका ल्याउन समस्या भएकाले हेलिकप्टरमार्फत ल्याउने व्यवस्था भएको छ”, उहाँले भन्नुभयो, “मतपेटिका आएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने तयारीमा छौँ ।” जिल्लामा कूल ७१ दशमलव ...
चितवनमा मतगणना गरिँदै

चितवनमा मतगणना गरिँदै

निर्वाचन विशेष, ब्यानर समाचार 2
तीन निर्वाचन क्षेत्र रहेको यस जिल्लाका सबै क्षेत्रमा आज बिहानबाट मत गणनाको तयारी गरिएको छ । आइतबार राति अबेरसम्म मतपेटिका ल्याउन र बुझ्न समय लागेपछि आज बिहान सर्वदलीय बैठक राखिएको छ । मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार सर्वदलीय बैठकपछि मत गणना गरिर्दै छ । क्षेत्र नम्बर १ र २ ले बिहान ८ वजेका लागि सर्बदलिय बैठक बोलाएका छन् । क्षेत्र नम्बर ३ ले बिहान ९ वजे सर्बदलिय बैठक बोलाएको छ । बैठक पछि लगत्तै गणनाको तयारी गरिएको छ । जिल्लाको क्षेत्र नं १ मा ६८.७३ प्रतिशत मत खसेको छ । सो क्षेत्रमा १ लाख ३९ हजार ८४५ मतदाता रहेका छन् । क्षेत्र नम्बर २ मा ६७.३ प्रतिशत मत खसेको छ । यस क्षेत्रमा एक लाख २४ हजार २१४ मतदाता रहेका छन् । क्षेत्र नम्बर ३ मा ६५.४१ प्रतिशत मात्रै मत खसेको यहाँका निर्वाचन अधिकृत हरिसिं धामीले जानकारी दिनुभयो । यस क्षेत्रमा एक लाख ४४ हजार २८३ मतदाता छन् । जिल्ल...