Saturday, April 20
Shadow

महासचिव शंकर पोख्रेलद्वारा मतदान


  • -इ
  • इ+

नेकपा एमालेका महासचिव शंकर पोख्रेलले दाङको तुलसीपुर उपमहानगरपालिका–१९ स्थित बिजौरी मतदान केन्द्रबाट मतदान गरेका छन् ।

दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका पोख्रेलले बिजौरी मतदान केन्द्रबाट मतदान गरेका हुन् । दाङ २ मा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी रेखा शर्मा पनि प्रतिस्पर्धामा छिन् । उनले घोराही उपमहानगरपालिका १८ रझेना मतदान केन्द्रबाट मतदान गरिन् ।

महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘विहानीको घमाइलोमा तुल्सीपुर उपमहानगर पालिका वडा नम्बर १९ को जनता विद्यापीठ बिजौरी मतदान केन्द्रमा मतदान गरियो।’

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares