Tuesday, April 16
Shadow

दुर्घटना

जीप दुर्घटना :  एकको मृत्यु, सात घाइते

जीप दुर्घटना : एकको मृत्यु, सात घाइते

दुर्घटना, ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २३ । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् । बुधबार साँझ सात बजे निसीखोला गाउँपालिका–२ बाहुनगाउँदेखि वडा नम्बर ३ छापखानीतर्फ जाँदै गरेको ग ३ च २७१३ नम्बरको पिकअप जीप दुर्घटना हुँदा २६ वर्षीय चालक कमरा रोका मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए । दुर्घटनामा घाइते हुनेहरुमा निसीखोला–३ का ५४ वर्षीय प्रेम विक, २७ वर्षीया बिरमला विक, एक वर्षीय सुवास विक, २४ वर्षीया मनि विक, २१ वर्षीया रतना सुनार, छ वर्षीय योजन विक र रुपन्देही देवी नगरका पाँच वर्षीय सत्य लोहार रहेको भण्डारीले बताए । कुलपूजाका लागि बाहुन गाउँ आएका उनीहरु घर फर्किने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घाइते सातै जनालाई उद्दार गरी बुर्तिबाङ प्राथम...
भारतमा सवारी दुर्घटनामा परी कञ्चनपुरका युवकको मृत्यु

भारतमा सवारी दुर्घटनामा परी कञ्चनपुरका युवकको मृत्यु

दुर्घटना, मुख्य समाचार
काठमाडौ,पुस २१ भारतमा सवारी दुर्घटनामा परि कञ्चनपुरका एक युवको मृत्यु भएको छ। दिल्लीमा एक कम्पनीमा कार्यरत बेलडाँडी गाँउपालिका–४ वैवाहका ३२ वर्षीय बीरबहादुर डगौरा(चौधरी)को मुत्यु भएको हो। आफन्तका अनुसार चौधरीलाई कम्पनीले देहरादुन पठाएको थियो।
सडक निर्माणका क्रममा ढुङ्गाले लागेर रसुवामा एक मजदुरको मृत्यु

सडक निर्माणका क्रममा ढुङ्गाले लागेर रसुवामा एक मजदुरको मृत्यु

दुर्घटना, मुख्य समाचार, स्थानिय तह
काठमाण्डौँ, पुष २० रसुवामा सडक निर्माणका क्रममा ढुङ्गाले लागेर एक मजदुरकाे ज्यान गएको छ । ज्यान गुमाउनेमा नौकुण्ड गाउँपालिका १ यार्साका ४५ वर्षीय धनबहादुर तामाङ रहेका छन् । मङ्गलबार बिहान पाैने १० बजे धुन्चे–खाेदल सडक खण्डकाे केबुमा एक्स्काभेटरले सडक खन्ने क्रममा सडककाे तल नाली निर्माण गरिरहेका तामाङकाे ढुङ्गाले लागेर ज्यान गएकाे प्रहरीले जनाएकाे छ । एक्स्काभेटरले नाली निर्माण गर्ने ठाउँभन्दा झण्डै ५० मिटरमाथि काम गरिरहेको थियो । प्रहरीले सिन्धुपाल्चोकको जुगल गाउँपालिका ९ का २७ वर्षीय चालक रविन तामाङलाई एक्स्काभेटरसहित नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
बिहानै सप्तरीमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु

बिहानै सप्तरीमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु

दुर्घटना, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २१ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत् सप्तरीको वीरेन्द्रबजारमा मंगलबार बिहान ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको विष्णुपुर गाउँपालिका–१ का ३५ वर्षीय रामकुमार खत्वे मण्डल रहेकोे प्रहरी उपरीक्षक राजेन्द्र धमलालले जानकारी दिए । ठक्करबाट गम्भीर घाइते भएका मण्डलको स्थानीय अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको हाललाई नम्बर नखुलेको ट्रकले वीरेन्द्रबजारमा उनलाई ठक्कर दिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले जानकारी दिए ।...
काठमाण्डौँ जान्छु भनेर हिडेका ककनीका तामाङ मृत अवस्थामा फेला

काठमाण्डौँ जान्छु भनेर हिडेका ककनीका तामाङ मृत अवस्थामा फेला

दुर्घटना, मुख्य समाचार, स्थानिय तह
काठमाण्डौँ, पुष १९ नुवाकोटको ककनी गाउँपालिका ५ थानसिङ बस्ने ४५ वर्षीय श्याम तामाङ घरदेखि करिब ४ किमि टाढा बाटोमा शनिवार साँझ मृत अवस्थामा फेला परेका छन् । पुस १५ गते काठमाडौं जान भनेर हिँडेका उनी शनिवार घर फर्कने क्रममा मृत फेला परेका हुन् । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।...
मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु

मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु

दुर्घटना, समाचार
काठमाण्डौं, पुष १९ चितवनको खैरहनी नगरपालिका-१ बहेरा चोकमा गएराति दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। गएराति  ११ बजे ना ३९ प १०२१ र ना २४ प ४१० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए। दुर्घटनामा गम्भीर घाइते भएका ४१० नम्बरको मोटरसाइकलमा पछाडि सवार स्थानीय ५५ वर्षीय प्रेमकुमार चौधरीको उपचारका क्रममा मनकामना अस्पताल भरतपुरमा मृत्यु भएको हो। ...
पर्सा राष्ट्रिय निकुञ्जमा कारको ठक्करबाट पाटे बाघको मृत्यु

पर्सा राष्ट्रिय निकुञ्जमा कारको ठक्करबाट पाटे बाघको मृत्यु

दुर्घटना, समाचार
काठमाण्डौं, पुष १८ बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१ आधारभार जंगल क्षेत्रमा निजी कारको ठक्करबाट एउटा पाटे बाघको ज्यान गएकोे छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको पर्सा राष्ट्रिय निकुञ्जमा पर्ने आधारभार जंगल क्षेत्रमा हेटौंडाबाट सर्लाही जाँदै गरेको बा १६ च ८११ नम्बरको कारले बाटो काट्दै गरेको बाघलाई शनिवार बिहान ठक्कर दिएको हो । कारको ठक्करबाट बाघको राजमार्ग मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरीले कार चालक सर्लाहीका ५० वर्षीय अजय मिश्र र मृत बाघलाई नियन्त्रणमा लिएर राष्ट्रिय निकुञ्जको जिम्मा लगाएको छ । ठक्कर दिने सवारी र चालकलाई निकुन्जको ऐन अनुसार कारावाही गरिने बताईएको छ । बाघको पोष्टमार्टम चितवन राष्ट्रिय निकुन्जको टोली आएपछि मात्र गरिने छ । पथलैया देखि अमलेखगंज सम्मको सडकखण्डको राजमार्गमा बन्यजन्तुले सडक वारपार गर्ने क्रममा सडक दुर्घटनामा पर...
टिपरको ठक्करबाट दुई जना पैदल यात्रुको घटना स्थलमै मृत्यु

टिपरको ठक्करबाट दुई जना पैदल यात्रुको घटना स्थलमै मृत्यु

दुर्घटना, मुख्य समाचार, समाचार, समाज
काठमाडौं , पुस १६ । काठमाडौंको चन्द्रागिरि नगरपालिका-१२, गुर्जुधारामा टिपरको ठक्करबाट दुई जनाको घटना स्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको गल्छी घर भइ थापथली बस्ने २७ वर्षीय अभय लामा र चितवन घर भइ गुर्जुधारा बस्ने २५ सुभास गमाल छन् । महानगरीय प्रहरी बृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठ अनुसार बुधबार राति १० तिर बा ४ ख २५७७ नम्बरको टिपरले काठमाडौं आयल स्टोर नजिकै बाटो काट्दै गरेका लामा र गमाललाई ठक्कर दिएको थियो । दुवैको घटनास्थलमै मृत्यु भएको श्रेष्ठले बताए ।उनीहरु एक होटल व्यवसायीको पार्टीमा गएर फर्किएका थिए । टिपर र चालक रामचन्द्र थापा प्रहरीको नियन्त्रणमा छन् ।...
बल्खुमा भ्यानको ठक्करबाट पैदलयात्री मृत्यु , ट्राफिक प्रहरी घाइते

बल्खुमा भ्यानको ठक्करबाट पैदलयात्री मृत्यु , ट्राफिक प्रहरी घाइते

दुर्घटना, मुख्य समाचार, समाचार, समाज
काठमाण्डौ , पुस ११ । बल्खुमा भ्यानको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने प्रहरी जवान घाइते भएका छन् । गएराति ट्राफिक जाँचका क्रममा भ्यान भाग्न खोज्दा बल्खु चोकमा दुर्घटना भएको हो । भ्यानको ठक्करबाट पैदलयात्री काठमाण्डौको कीर्तिपुर बस्ने गोरखाका ५४ वर्षका काले आलेमगरको उपचारका क्रममा गएराति ज्यान गएको प्रहरीले जनाएको छ । बा १६ च २९१५ नम्बरको भ्यानले ट्राफिक जाँचमा रहेका ट्राफिक जवानलाई ठक्कर दिएर भाग्ने क्रममा पैदलयात्रीलाई ठक्कर दिन पुगेको थियो । भ्यानको ठक्करबाट बल्खुमा कार्यरत प्रहरी जवान २३ वर्षका मानबहादुर साउद घाइते भएका छन्। उनको बयोधा अस्पतालमा उपचार भइरहेको छ । फरार भ्यान चालकको खोजी भइरहेको छ ।  ...
भक्तपुरमा ट्रक दुर्घटना, चालकको मृत्यु

भक्तपुरमा ट्रक दुर्घटना, चालकको मृत्यु

दुर्घटना, मुख्य समाचार, समाचार, समाज
काठमाडौं पुस १० । भक्तपुरमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गएराति सवा २ बजेतिर जगातीबाट सूर्यविनायक आइरहेको ना६ख ३९८२ नम्बरको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार वीरगन्ज महानगरपालिका १२ का ३० वर्षीय अजमदिन अन्सारीको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीका अनुसार अनियन्त्रित भएर पल्टिएको ट्रकले च्यापेर उनको मृत्यु भएको हो ।...