Sunday, May 5
Shadow

टिप्स

आजदेखि कोरोना विरुद्धको फाइजर खोप लगाउन सुरु, हेर्नुहोस् खोप केन्द्र

आजदेखि कोरोना विरुद्धको फाइजर खोप लगाउन सुरु, हेर्नुहोस् खोप केन्द्र

टिप्स, ब्यानर समाचार, समाचार, समाज, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक २८ कोरोना भाइरसविरुद्धको फाइजर खोप आजदेखि लगाउन सुरु गरिएको छ । आजदेखि मंसिर ४ गतेसम्म फाइजर खोपको पहिलो मात्रा लगाउन लागिएको हो । यसको दोस्रो मात्रा मंसिर २७ गतेदेखि दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । विश्वका १३२ देशका नागरिकहरुले लगाइसकेको फाइजर खोप नेपालमा पहिलोपटक लगाउन थालिएको हो । यो खोप १२ वर्षमाथिका बालबालिकालाई लगाउन मिल्छ । खोप पाउने १२ वर्षमाथिका दीर्घ रोगीको समूह निर्धारण गरेर देशभर खोप अभियान सञ्चालन गर्न लागेको मन्त्रालयले जनाएको छ । खोप लगाउन जाँदा अस्पताल वा चिकित्सकले जारी गरेको उपचार सम्बन्धी पूर्जा अनिवार्य लिएर तोकिएको अस्पतालमा जान मन्त्रालयले अनुरोध गरेको छ ।अमेरिकी सरकारले अनुदानमा उपलब्ध गराएको १ लाख ६२० डोज फाइजर खोप गत कात्तिक ८ गते नेपाल आइपुगेको थियो । कहाँ–कहाँ छन् खोप केन्द्र ? स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ...
टिकटक रियालिटी शो हुदैँ

टिकटक रियालिटी शो हुदैँ

जिवनसैली, टिप्स, मनोरञ्जन, समाचार, समाज
काठमाण्डौँ, कार्तिक २६ टिकटकमा केन्द्रित टेलिभिजन रियालिटी शोको घोषणा गरिएको छ। शिखर नेपाल प्रालिले टिकटक स्टार नेपाल रियालिटी शो–२०७८ प्रसारणमा ल्याउने भएको हो। शोमा अभिनय, गायन, नृत्य तथा कलात्मक प्रस्तुतिको माध्यमबाट सहभागी हुन सकिने बुधबार राजधानीमा आयोजिक पत्रकार सम्मेलनमा आयोजकले जानकारी गराएका छन्। शोमा गौरी मल्ल, रमेश उप्रेती र वर्षा शिवाकोटी निर्णायक रहनेछन्। शोको प्रतिस्पर्धामा प्रथम हुनेलाई कार, द्वितीयलाई मोटरसाइकल र तृतीयलाई स्कुटर उपहारसँगै उत्कृष्टभित्र पर्ने प्रतिस्पर्धीलाई कम्प्युटर, क्यामेरा, टीभी, फ्रिज, मोबाइल, घडीलगायतका उपहार प्रदान गरिने शोका निर्देशक हरि शर्माले जानकारी गराए। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्ण कुमार श्रेष्ठ ‘किसान’ को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा फिल्कर्मीहरू भुवन केसी, सरोज खनाल, उद्धव पौड्याल, पुकार भट्टराई, सन्दीप अर्याल, ...
सामलिङ्ग पावरको आईपीओ बाँडफाँट

सामलिङ्ग पावरको आईपीओ बाँडफाँट

आर्थिक, टिप्स, ब्यानर समाचार, समाज
काठमाण्डौँ, कार्तिक १६ सामलिङ्ग पावर कम्पनी लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको प्राथमिक शेयर आईपीओ बाडँफाड भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको कार्यलयमा आज बिहान ८ः३० बजे शेयर बाडँफाडँ भएको हो । सर्वसाधारणका लागि छुट्याइएको ६ लाख ७८ हजार ९ सय कित्ता शेयर ६७ हजार ८९० जनाले १० कित्ताका दरले पाएका छन् । आवेदन दिएका २१ लाख बढीको हात खाली भएको छ । कम्पनीले कात्तिक ४ गते बिहिबारदेखि ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता साधारण शेयर निष्काशन तथा विक्री खुल्ला गरेको थियो । कम्पनीको आईपीओ बाँढफाँढ सम्पन्न भएकाले रिजल्ट हेर्न विभिन्न ४ तरिकाबाट सकिन्छ । सामलिङ्ग पावर कम्पनी लिमिटेडको वेबसाइट http://samling-power-company-ipo-result-published-today-iporesult-cdsc-com-np-ipo-result/बिकी प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ...
कात्तिक २८ गतेदेखि १२ वर्षमाथिकालाई फाइजर खोप लगाइने

कात्तिक २८ गतेदेखि १२ वर्षमाथिकालाई फाइजर खोप लगाइने

जिवनसैली, टिप्स, ब्यानर समाचार, समाचार, समाज, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक ५ नेपालमा कातिक २८ गतेदेखि १२ वर्षभन्दा माथिका किशोर किशोरीलाई कोभिड-१९ विरुद्धको फाइजर खोप लगाइने भएको छ । फाइजरको एक लाख डोज खोप सोमबार गाभीले नेपाल ल्याउने तयारी गरिरहेको छ । उक्त खोप माइनस ७० डिग्रीमा भण्डारण गर्नुपर्ने भएकाले तत्काल लगाउन लागिएको हो । मुलुकका २४ वटा अस्पतालबाट फाइजर खोप लगाइने भएको छ । परिवार कल्याण महाशाखाका अनुसार १२ वर्षमाथिका दीर्घ रोगका बिरामीलाई खोप दिइनेछ । महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालका अनुसार अस्पतालमा उपचाररत क्यान्सर, मुटु, मधुमेह, दम, एचआईभी लगायतका रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरुलाई खोपको पहिलो प्राथमिकतामा राखिएको छ । यसैबीच, अमेरिकी खोप उत्पादक कम्पनी फाइजर बायोएनेटकले फाइजर खोपको बुस्टर डोज (तेस्रो मात्रा) लगाउँदा कोभिड–१९ संक्रमणबाट बच्ने सम्भावना ९५ प्रतिशत रहेको जनाएको छ । कम्पनी...
न्यादी हाइड्रोपावरको आईपीओ हेर्नुहोस्

न्यादी हाइड्रोपावरको आईपीओ हेर्नुहोस्

आर्थिक, टिप्स, ब्यानर समाचार, समाचार
काठमाण्डौँ कार्तिक ५ न्यादी हाइड्रोपावरको प्राथमिक शेयर (आईपीओ) बाँडफाँड भएको छ । आज बिहान ९ बजे बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यलयमा हाइड्रोपावरको आइपीओ बाँडफाँड भएको हो । कम्पनीले असोज १५ गते शुक्रबारदेखि प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा कुल २२ लाख कित्ता शेयर निष्काशन गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो । कम्पनिको आईपीओमा २२ लाख ५५ हजार ८४ जनाले आवेदन दिएका थिए । जसमा१३ हजार ९४६ जनाको आवेदकबाट प्राप्त १ लाख ८४ हजार ७० कित्ताको आवेदन रद्द भएको छ । २२ लाख ४१ हजार १३८ वटा योग्य आवेदकको गोलाप्रथाबाट २ लाख ९ हजार २५० जनाले १० कित्ताका दरले पाएका छन् । भने आईपीओमा आवेदन दि...
सामलिङ्ग पावर कम्पनीको आइपिओ खुल्यो

सामलिङ्ग पावर कम्पनीको आइपिओ खुल्यो

आर्थिक, टिप्स, ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौँ, कार्तिक ४ सामलिङ्ग पावर कम्पनीको प्राथमिक सेयर (आइपिओ) बिहीबारदेखि बिक्री खुल्ला भएको छ । अंकित मूल्य १ सयका दरले कम्पनीले कुल ७ लाख ३० हजार कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो । जसमध्ये कर्मचारीलाई २ प्रतिशत र सामुहिक लगानी कोषलाई ५ प्रतिशत छुट्याइएको छ । बााकी ६ लाख ७८ हजार ९ सय कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड हुनेछ । कम्पनीको आइपिओमा न्यूनतम १० कित्ता आवेदन दिन पाइनेछ । मेरो सेयर अनलाइन प्रणाली तथा खाता रहेको बैंकको शाखाबाट आवेदन दिन सकिनेछ । कात्तिक ८ गतेसम्म यसमा आवेदन दिने मिति तोकिएको छ । कम्पनीले ९.५ मेगावाटको माइ बेनी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजनाको लागत प्रतिमेगावाट २१ करोड ३ लाख अनुमान छ । आर्थिक वर्ष २०७९/८० मा कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ३२ पैसा रहने अनुमान छ ।...
मध्य भोटेकोशीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

मध्य भोटेकोशीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

आर्थिक, टिप्स, मुख्य समाचार
काठमाण्डौँ, असोज २५ मध्य भोटेकोसी जलविद्युत कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । असोज २० गते मङ्गलवार देखी सर्वसाधारणका लागि आइपिओ निष्कासन तथा बिक्री खुला गरेको कम्पनीको आईपीओमा आज कार्यालय समयसम्म मात्र आवेदन दिन पाइन्छ । कम्पनीले ९० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यका ९० लाख कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको हो । जसमध्ये ४ प्रतिशत अर्थात् ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरूका लागि, ५ प्रतिशत अर्थात् ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी ८१ लाख ९० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुटाइएको छ । कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्कासन तथा बिक्री प्रबन्धकहरूमा एनआईबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सानिमा ...
सपनामा महिलालाई देख्नुहुन्छ ? यसो भन्छ ज्योतिष शास्त्र

सपनामा महिलालाई देख्नुहुन्छ ? यसो भन्छ ज्योतिष शास्त्र

अचम्मका कुरा, जिवनसैली, टिप्स, ब्यानर समाचार 2, समाचार, समाज
ज्योतिष शास्त्रका अनुसार सपनाको वास्तविक जीवनसँग सम्बन्ध हुन्छ । तपाईलाई सपनाले कहिले केही भन्न खोजिरहेको हुन्छ । तर, तपाईले त्यसको मतलव बुझ्न सक्नु हुन्न । यदी तपाईले सपनामा महिलालाई विभिन्न रुपमा देख्नुभयो भने के हुन्छ र त्यसको अर्थ के लाग्छ त ? नाचिरहेको युवती देखेमा : नाचिरहेको युवती सपनामा देखिएमा तपाईंको आफ्नी प्रेमिकासँग सम्बन्ध टुट्ने वाला छ । दुलही रुपी महिला : जब कोही मानिसले सपनामा सजिएकी दुलही देख्छ भने त्यस्ता मानिसले अनेकौं सुख प्राप्त गर्ने संकेत गर्दछ । सपनामा धेरै परीहरु एकसाथ देख्दा अचानक धनसम्पत्ति प्राप्त गर्ने संकेत हो । सुनौलो कपाल भएकी महिला : कोही व्यक्तिले सपनामा सुनौलो कपाल भएको महिला देख्छ भने उसको विवाह कुनै धनी परिवारको महिलासँग हुनेछ । बुर्का लगाएकी महिला : बुर्का लगाएकी महिला सपनामा आउँछिन् भने कुनै साथी, आफन्त र बिजनेस पार्टनरबाट धोका मिल्...
मध्य भोटेकोशीको आईपीओ भोलिदेखि बिक्री खुला

मध्य भोटेकोशीको आईपीओ भोलिदेखि बिक्री खुला

आर्थिक, टिप्स, ब्यानर समाचार, समाचार
काठमाण्डौँ, असोज १९ मध्य भोटेकोशी जलविद्युत कम्पनीले भोलि (असोज २० गते, मंगलबार) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले ९० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ९० लाख कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । जसमध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी ८१ लाख ९० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको छ । कम्पनीको आईपीओमा असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा पूर्ण आवेदन नपरेमा कात्र्तिक ३ गतेसम्म आवेदन दिन सकिनेछ । कमपनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ता शेयरका लागि आवेदन दिन पाइनेछ ।...
साहस उर्जाको आईपीओ नतिजा हेर्नुहोस

साहस उर्जाको आईपीओ नतिजा हेर्नुहोस

आर्थिक, टिप्स, ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौँ, असोज १७ साहस उर्जा लिमिटेडको आईपीओ आज आइतबार बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा सम्पन्न भएको हो । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार साहस उर्जाको आइपीओमा कुल २३ लाख ९५ हजार ४५६ जनाले ओदन दिएका थिए । जसमा २३ लाख ८३ हजार ४६० जनाको मात्र सदर भएको छ भने ११ हजार ९९६ जनाको आवेदन रद्द भएको छ । रितपूर्वक आवेदन दिएका २३ लाख ८३ हजार ४६० जना मध्येबाट ६ लाख ४४ हजारले १० कित्ता सेयर पाएका छन् । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँड गर्दा ६ लाख ४४ हजार आवदेकले मात्रै आईपीओ पाएका हुन् । साहस उर्जा लिमिटेडले असोज ६ गतेदेखि असोज १० गतेसम्म सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको थियो । कम्पनीको आईपीओ बाँडफाँड सम्पन्न भईसकेक...