Friday, April 26
Shadow

जाडोमा कोरोना बढ्ने सम्भावना कति ? यसो भन्छन् विज्ञ


  • -इ
  • इ+

काठमाडौ,मंसिर १८

मंसिर महिना लागेसँगै जाडो शुरू भएको छ । अघिल्लो वर्षको जाडो महिनामा चीनबाट शुरू भएको कोरोना भाइरस संक्रमणको महामारीले नेपालमा १ हजार ४५४ जनाको ज्यान गइसकेको छ ।

हालसम्म नेपालमा २ लाख ३६ हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यसमा २ लाख १८ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किसकेका छन् । विहिबार सम्मको तथ्याङ्क अनुशार देशभर १५ हजार ७ सय ६६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

कोरोना भाइरस संक्रमण जाडो मौसममा शुरू भएकाले नेपालमा जाडो महिना चलिरहँदा संक्रमण बढ्दै जाने अनुमान गर्न थालिएको छ । लकडाउन अन्त्य भइसकेकाले बजारमा हुने भीडभाड तथा जनस्वास्थ्यका मापदण्डको पालना नगर्दा कोरोना भाइरस संक्रमण फैलिने मन्त्रालयले जनाएको छ। तर जनस्वास्थ्य विज्ञहरू भने जाडोकै कारण कोरोना भाइरसको संक्रमण तीव्ररूपमा नफैलिने तर्क गर्छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार जाडो वा गर्मीले गर्दा कोरोना भाइरसको संक्रमण फैलिने होइन । ‘जनस्वास्थ्यका मापदण्ड नअपनाउँदा कोरोना धेरै फैलिने डर हुन्छ,’ प्रा.डा. गौतमले  भने, ‘हामी बजारमा हिँड्दा मास्क अनिवार्य प्रयोग गर्नुपर्‍यो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares