Friday, March 13
Shadow

आर्थिक

बुधसिंघाट कृषि  सहकारी संस्थाको ९औं बार्षिक साधारण सभा सम्पन्न

बुधसिंघाट कृषि सहकारी संस्थाको ९औं बार्षिक साधारण सभा सम्पन्न

आर्थिक, समाचार, स्थानिय तह
काठमाण्डौँ, मंसिर २२ नुवाकोटको विदुर नगरपालिका वडा नं ३ मैरिटर स्थित बर्तमानमा बचत भबिस्यमा सुरक्षा उद्देश्यको साथ शनिवार श्री बुधसिंघाट कृषि सहकारी सं लि को ९ औं बार्षिक साधारणसभामा वडा अध्यक्ष बद्री प्र रिमालको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । कार्यक्रममा सहकारीका कोषाध्यक्ष बिष्णुलाल श्रेष्ठले आ.ब २०७७र७८ को आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । गत बर्ष रु १२,६९,०६६.३३ बर्तमान पुजीं रु १७,५९,४२७.६८ रहेको यो बर्ष रु ४,९०,३६१.३३ मुनाफा गर्न सफल रहेको छ । जुन मासिक रु ५०० बचत रकमलाई आफ्नो सदस्यहरुलाई ऋण प्रवाह गर्दै व्याज र यन्त्र उपकरण ,मल को सानो सानो रकमलाई संकलन गर्दै आएको अध्यक्ष हरि प्रसाद वस्तीले बताउनु भएको छ । कार्यक्रममा वडा नं ३ सदस्य प्रदिप घिमिरे,कृस्न प्रसाद धिताल, शुसिला वस्ती नारायण प्र वस्ती,दीपक ठकुरी ,ज्ञान ब. राई तारेकेश्वर भेटफर्माका दीपक अधिकारीले स...
नयाँ परराष्ट्र नीतिका १३ चुनौती, १५ अवसर

नयाँ परराष्ट्र नीतिका १३ चुनौती, १५ अवसर

आर्थिक, ब्यानर समाचार, राजनिती
  काठमाडौ,मंसिर २२ आइतवार सार्वजनिक गरिएको परराष्ट्र नीतिमा नेपालका चुनौती र अवसरहरु पहिल्याइएको छ । सो नीतिका अनुसार नेपालको वाह्य मामिलामा अवसर र चुनौतीहरु केलाइएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आइतबार सार्वजनिक गरेको नयाँ परराष्ट्र नीतिमा नेपालको विदेश सम्बन्धबारे विभिन्न १३ वटा चुनौतीहरु रहेको उल्लेख छ ।त्यसैगरी नेपालको परराष्ट्र सम्बन्धमा विभिन्न १५ वटा अवसरहरु रहेको नयाँ परराष्ट्र नीतिमा उल्लेख छ । सरकारले तयार पारेको नयाँ नीतिमा उल्लेख गरिएका चुनौती र अवसरहरु यस्ता छन्– चुनौतीहरु परिवर्तनशील र तरल क्षेत्रीय एवं विश्व परिवेशमा निरन्तरता र परिवर्तनको मर्म अनुसार वृहत्तर राष्ट्रिय हितको रक्षा र प्रवद्र्धन गर्ने नेपालको अन्तराष्ट्रिय सिमानाको रक्षा गर्ने परराष्ट्र सम्बन्ध सन्चालनमा सबै पक्षसँग प्रभावकारी समन्वय, सहकार्य, सहयोग लिई एकीकृत राष...
घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

आर्थिक, समाचार
  काठमाडौ,मंसिर २२ सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ  सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा एक सयले घटेर प्रतितोला ९२ हजार ६ सयमा कारोबार भइरहेको छ ।यसअघि आइतबार छापावाला सुन तोलाको ९२ हजार ७ सयमा कारोबार भएको थियो । त्यस्तै सोमबार तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार १५० कायम भएको छ ।त्यसैगरी सोमबार चाँदीको मुल्य तोलामा ५ रुपैयाले घटेर प्रतितोला १२ सय ५ रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।...
सिटिजन्स बैंकको चौधौं वार्षिक साधारण सभा सम्पन्न, ८ प्रतिशत बोनस पारित

सिटिजन्स बैंकको चौधौं वार्षिक साधारण सभा सम्पन्न, ८ प्रतिशत बोनस पारित

आर्थिक, समाचार
काठमाण्डौँ, मंसिर २१ सिटिजन्स बैंक इन्टरनेसनलको चौधौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीको अध्यक्षतामा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । वार्षिक साधारणसभाले आव २०७६/७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरेको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित आव २०७६÷७७ को नाफा नोक्सानको हिसाब तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरण पनि छलफल गरी स्वीकृत भएको छ । साधारण सभाले गत आर्थिक वर्ष २०७६/७७ को वितरण योग्य मुनाफाबाट ८ प्रतिशतका दरले ७२ करोड ७१ लाद ८५ हजार ३ सय ८३ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने र ३ प्रतिशतका दरले हुन आउने २७ करोड २६ लाख ९४ हजार ५ सय १८ रुपैयाँ बराबरको नगद लाभांश (लाभांश कर समेत) दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।...
एनआईसी एशिया बैंकद्वारा १ प्रतिशत नगद लाभांश, १९ प्रतिशत बोनस सेयर प्रस्ताव

एनआईसी एशिया बैंकद्वारा १ प्रतिशत नगद लाभांश, १९ प्रतिशत बोनस सेयर प्रस्ताव

आर्थिक, ब्यानर समाचार 2, समाचार
काठमाण्डौँ, मंसिर २१ एन आई सी एशिया बैंक लिमिटेडको २३ औं वार्षिक साधारण सभा काठमाडौंको थापाथलीस्थित बैंकको रजिष्टर्ड कार्यालयमा सम्पन्न भएको छ। सो सभाले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट १९ प्रतिशत बोनश सेयर (रू. १ अर्ब ८४ करोड ६३ लाख) र कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश (रू. ९ करोड ७२ लाख) समेत वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ। बैंकले १९ प्रतिशत बोनश शेयर पारित गरेपश्चात् बैंकको चुक्ता पूँजी रू. ११ अर्ब ५६ करोड ४० लाख ५ हजार ३ सय ६६ पुगेको छ। बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ। विश्वव्य...
जोरविजोर प्रणाली हटाउने तयारीमा यातायात व्यवसायी

जोरविजोर प्रणाली हटाउने तयारीमा यातायात व्यवसायी

आर्थिक, ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, मंसिर २१ मंसिर २५ गतेदेखि यातायात व्यवसायीहरुले सवारी साधनमा लगाइएको जोरविजोर प्रणाली हटाउने तयारी गरेका छन्। कोभिड १९ का कारण गत चैत ११ देखि बन्द भएको सार्वजनिक यातायात भदौं एक गतेदेखि जोरविजोर प्रणाली लागूगरी सञ्चालन हुँदै आएको थियो। सार्वजनिक यातायात प्रति सरकार गैरजिम्मेवार भएको भन्दै मजदुर र व्यवसायी मिलेर मंसिर २५ गतेबाट जोरविजोर प्रणाली हटाउन लागेको यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य बताउँछन। ‘सिएमसीलाई सार्वजनिक यातायातहरुको समस्याबारे छिटै निर्णय गर्न प्रत्र पठाएको छौं,’उनले भने। उनका अनुसार सार्वजनिक यातायातमा यात्रुको चाप बढेकोले यात्रु र व्यवसायीलाई सहज बनाउन जोरविजोर प्रणाली हटाउन लागिएको हो। ‘सरकारले कम व्याजमा ऋण, अनुदान, किस्तामा सहज वातावरण दिन नसकेपछि पटक पटक दवाव दिदै आएका छौं,’ उनी भन्छन्।...
सिद्धार्थ बैंकले शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश दिने घोषणा

सिद्धार्थ बैंकले शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश दिने घोषणा

आर्थिक, समाचार
काठमाण्डौँ, मंसिर २१ सिद्धार्थ बैंकले शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको हाल कायम चुक्ता पूँजी ९ अर्ब ७८ करोड ७७ लाख ६७ हजार १ सय ३८ रुपियाँ छ । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आव २०७६र७७ को नाफा र संचित रकमबाट हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश (बोनस शेयर र नगद लाभांशको करसमेत) प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव लक्ष्मण घिमिरेले जानकारी दिनुभएको छ । सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि वितरण गरिने कम्पनी सचिव घिमिरेले बताउनुभयो ।...
अमरगढीमा बन्यो सुन्तला र जुनार प्रशोधन उद्योग

अमरगढीमा बन्यो सुन्तला र जुनार प्रशोधन उद्योग

आर्थिक, समाचार
  काठमाडौ,मंसिर २० डडेल्धुराको अमरगढी नगरपालिकाको वडा– ३ आइतमा पहिलो पटक सुन्तला र जुनार प्रशोधन उद्योग स्थापना गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको ५० लाख र व्यक्तिगत ५० लाख गरी १ करोड रुपैयाँको लागतमा प्रशोधन उद्योग स्थापना गरिएको हो । प्रशोधन उद्योगमा सुन्तला, जुनारको जुस उत्पादन गरिने कृषि ज्ञानकेन्द्र डडेल्धुराका सूचना अधिकारी भक्तबहादुर पानले बताए । ‘यो प्रशोधन केन्द्र गत आर्थिक वर्षमै सञ्चालनमा आउनुपर्ने भए पनि कोरोनाका केही समय ढिलो भएको हो । अबको एक महिनाभित्रै सञ्चालनमा ल्याइनेछ’, पानले भने । प्रशोधन केन्द्र सञ्चालनमा आएपछि डडेल्धुरासहित सुदूरपश्चिमका अन्य पहाडी जिल्लाका जुनार, सुन्तला उत्पादक किसानलाई सहज हुनेछ । जुनार सुन्तला उत्पादनका लागि पकेट क्षेत्र डडेल्धुराको भागेश्वर गाउँपालिकाका किसानले प्रशोधन केन्द्र अभावले सस्तो मूल्यमा बिक्री गर्नुपर्ने अवस्...
आठ महिनापछि सुरु हुँदै पर्वतीय उडान

आठ महिनापछि सुरु हुँदै पर्वतीय उडान

आर्थिक, मुख्य समाचार
काठमाडौ,मंसिर १९ बन्दाबन्दीको करिब आठ महिनापछि आजदेखि नियमित पर्वतीय उडान  शुरुआत भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण बन्द रहेको मुलुकको पर्वतीय उडान औपचारिकरुपमा खुलेको हो । महामारीका कारण विदेशी पर्यटक नभए पनि आन्तरिक पर्यटकलाई लक्षित गर्दै निजी क्षेत्रका ठूला वायुसेवा कम्पनी बुद्ध एयर र यती एयरलाइन्सले पर्वतीय उडान शुरु गरेका हुन् । बुद्ध एयरले आज एक एटिआर–७२ र दुई थान एटिआर–४२ जहाजमार्फत तीन उडान ग¥यो । जम्मा १५० यात्रु पर्वतीय उडानमा सहभागी थिए...
सुनको भाउ प्रतितोला ३ सय बढ्यो

सुनको भाउ प्रतितोला ३ सय बढ्यो

आर्थिक, समाचार
  काठमाडौ,१९मंसिर शुक्रबार सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९२ हजार ९ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९२ हजार ४५० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला १२ सय १० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार छापावाल सुनको भाउ तोलाको ९२ हजार ६ सय रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९२ हजार १५० सय रुपैयाँ निर्धारण भएको थियो । चाँदीको भाउ प्रतितोला १२ सय ५ रुपैयाँ कायम भएको थियो ।...