Friday, March 13
Shadow

आर्थिक

भारतले प्याज निकासी प्रतिबन्ध ताेड्याे

भारतले प्याज निकासी प्रतिबन्ध ताेड्याे

आर्थिक, समाज
काठमाडौं, पुस १४ अंग्रेजी नयाँ वर्ष  बाट लागू हुने गरी भारतीय वाणिज्य तथा उद्योग मन्त्रालयले प्याज निकासीमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले र्दै १ जनवरीदेखि निर्यात खुला गर्ने निर्णय गरेको हो । भारतले गत २९ भदौ (१४ सेप्टेम्बर) बाट  प्याजको विदेश निर्यातमा रोक लगाएको थियो । ...
मंगलबार फेरि घट्यो सुनको भााउ,हेर्नुस कती छ मूल्य?

मंगलबार फेरि घट्यो सुनको भााउ,हेर्नुस कती छ मूल्य?

आर्थिक
  काठमाडौं, पुस १४ साेमबार ८ सय रूपयाँले बढेकाे सुनकाे सुनको मूल्य  मंगलबार तोलामा ८ सय रुपैयाँ घटेको छ । मंगलबार सुन तोलाको ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबारको मूल्यमा आइतबार स्थिर रहँदै सुन तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि मंगलबार तोलामा १५ रुपैयाँ घटेको छ । चाँदी तोलाको १३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।...
बढ्यो सुनको मुल्य

बढ्यो सुनको मुल्य

आर्थिक, मुख्य समाचार, समाचार
काठमाण्डौं, पुष १३ स्थानीय बजारमा सोमबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको छ । शुक्रबार र आइतबार  स्थिर रहेको सुनको धातुको मूल्यमा आज एकैपटक वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार ९४ हजार २ सय रुपैयाँ रहेको छापावाला सुनको मूल्य आज प्रतितोला ९४ हजार ९ सय रुपैयाँ पुगेको छ । यस्तै, आइतबार प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज ९४ हजार ४ सयमा कारोवार भएको छ ।  ...
साउदी सरकारले स्थगित गर्‍यो अन्तरराष्ट्रिय हवाई उडान,कहिलेसम्म बन्द?

साउदी सरकारले स्थगित गर्‍यो अन्तरराष्ट्रिय हवाई उडान,कहिलेसम्म बन्द?

अन्तर्राष्ट्रिय, आर्थिक, समाज
काठमाण्डौँ, पुष १३। साउदी अरेबियाले व्यावसायिक यात्रुबाहक हवाई उडान कम्तीमा एक साताका लागि स्थगित गर्ने घोषणा गरेको छ । कोरोना भाइरस नयाँ स्वरुपमा देखा परेको भन्दै साउदी अरेबियाले अन्तरराष्ट्रिय उडान स्थगित गरेको हो । साउदी अरेबियाली गृह मन्त्रालयका एक अधिकारीले विशेष परिस्थितिमा मात्र हवाई उडानको अनुमति दिइने बताएका छन् । साउदीमा रहेका विदेशी नागरिकलाई देश छाड्न र कार्गो सामान ओसारपसारका लागि हवाई उडान खुला गरिएको साउदी सरकारको भनाइ छ । साउदी अरेबिया, कुवेत र ओमानले गत साता नै यात्रुबाहक हवाई उडान रोकेको घोषणा गरेका थिए । बेलायतमा नयाँ कोरोना भाइरसको संस्करण देखिएको भन्दै यी मुलुकले जमीन र समुद्री मार्ग पनि बन्द गरेका छन् । ओमान र कुवेतले आगामी डिसेम्बर २९ र जनवरी १ अर्थात २ दिन प्रतिबन्धहरु फुकुवा गर्ने बताएका छन् । यसै महीना साउदी अरेबियाले फाइजर–बायोएनटेकले विकास गरेको ख...
 सोमबार फेरी बढ्याे सुनकाे भाउ, हेर्नुस कती पुग्याे?

 सोमबार फेरी बढ्याे सुनकाे भाउ, हेर्नुस कती पुग्याे?

आर्थिक
काठमाण्डौँ, पुष १३ सोमबार  छापावालतोलामा ७०० रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि तोलामा ९४ हजार २०० रुपैयाँ रहेको सुनको भाउ आज बढेर ९४ हजार ९०० रुपैयाँ पुगेको हो । सोही परिमाणको तेजावी सुनलाई भने आज प्रतितोला ९४ हजार ४०० रुपैयाँ पर्नेछ । यता, चाँदीको भाउ समेत बढेको छ । हिजो आइतबार तोलामा एक हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा एक हजार ३१५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।...
वाग्मती प्रदेश लोकसेवा आयोगले माग्यो ११५२ जना कर्मचारी

वाग्मती प्रदेश लोकसेवा आयोगले माग्यो ११५२ जना कर्मचारी

आर्थिक, टिप्स, मुख्य समाचार, स्थानिय तह
काठमाण्डौँ, पुष १३ वाग्मती प्रदेशको प्रदेश लोकसेवा आयोगले एकैपटक एक हजार एक सय ५२ जना कर्मचारी मागेको छ । प्रदेश लोकसेवा कार्यालयले आज विज्ञापन गर्दै एकै पटकमा ठूलो संख्यामा कर्मचारी माग गरेको हो । वाग्मती प्रदेश लोकसेवा आयोगले यसअघि पनि चौथो तहका ४ सय ६९ जना कर्मचारी माग गरेर आवेदनसमेत लिएको छ । आज माग गरिएका कर्मचारीहरु वाग्मती प्रदेशका चार वटा मन्त्रालय र प्रदेशका ६२ वटा पालिकामा रिक्त रहेका पदका लागि रहेको प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेश मान श्रेष्ठले जानकारी दिनुभयो । प्रदेश लोकसेवा आयोगले खुल्लातर्फ ५ सय ३८ जना, ज्येष्ठतातर्फ ४ सय ७ जना, कार्यक्षमतातर्फ एक सय ९६ जना, आन्तरिक प्रतियोगितातर्फ ९ जना, कार्यसम्पादनतर्फ २ जना माग गरेको छ । वाग्मती प्रदेश लोकसेवा आयोग गठन भएपछि कर्मचारी माग गरिएको यो दोस्रो पटक हो ।...
पहिलो चरणमा नौ लाखलाई खोप  , तर किन्न पैसा अपुग

पहिलो चरणमा नौ लाखलाई खोप , तर किन्न पैसा अपुग

आर्थिक, ब्यानर समाचार
काठमाडौं , पुस १३ । सरकारले खोप पाएको खण्डमा तीन चरणमा लगाउने कार्ययोजना बनाएको छ । पहिलो चरणमा कोभ्याक्स सुविधाअन्तर्गत सहुलियत मूल्यमा तीन प्रतिशत अर्थात् नौ लाख ११ हजार तीन सय ४२ जनालाई लगाइनेछ । उनीहरूका लागि १८ लाख ४२ हजार नौ सय ५१ भायल ल्याउन ८९ करोड ९९ लाख ३१ हजार सात सय आठ रुपैयाँ लाग्नेछ । पहिलो चरणमा अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मी र सामाजिक क्षेत्रमा काम गर्ने व्यक्तिलाई लगाइनेछ । दोस्रो चरणमा जसमा रोगको उच्च घातक दरका भएका ५५ वर्षमाथिका सबै ज्येष्ठ नागरिक, ४० देखि ५४ वर्षका दीर्घरोगी र दीर्घरोग भएका प्रवासी कामदार गरी १७ प्रतिशत अर्थात् ५१ लाख ६४ हजार दुई सय ६९ जनालाई खोप लगाइनेछ । उनीहरूका लागि एक करोड चार लाख ४३ हजार एक सय ८५ डोज आवश्यक पर्नेछ । यसका लागि पाँच अर्ब नौ करोड ९६ लाख १२ हजार ६ सय ६१ रुपैयाँ लाग्नेछ । स्वास्थ्य मन्त्रालयका अनुसार पहिलो र दोस्रो चरणमा को...
स्वदेशमै रोजगारी सिर्जना गर्छु: श्रममन्त्री  चौधरी

स्वदेशमै रोजगारी सिर्जना गर्छु: श्रममन्त्री चौधरी

आर्थिक, ब्यानर समाचार 2, राजनिती, समाज
काठमाण्डौं, पुष १२। नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले स्वदेशमै रोजगारी सिर्जना तथा वैदेशिक रोजगारीमा देखिएको बेथिति अन्त्य नै आफ्नो प्राथमिकता रहेको बताएका छन्। मन्त्रालयमा आज पदबहालीपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कोभिड–१९ का कारण वैदेशिक रोजगारीमा आएको सङ्कुचन, आन्तरिक श्रम बजारमा देखिएको बेरोजगारीको समस्यालाई समाधान गर्न आफ्नो ध्यान केन्द्रित हुने बताए। “कोरोनाले व्यापार व्यवसाय नराम्ररी प्रभावित भएका छन्, रोजगारी कटौती भएको अवस्था छ, स्वदेशमै रोजगारीको वातावरण निर्माण गर्नेतर्फ लागि पर्छु”, उनले भने । मन्त्री चौधरीले आन्तरिक श्रम बजारमा प्रवेश गर्ने जनशक्ति बेरोजगार हुनुपर्ने अवस्थालाई अन्त्य गर्दै सामाजिक सुरक्षा योजनालाई प्रभावकारी ढङ्गबाट कार्यान्वयनमा लैजाने बताए । वैदेशिक रोजगारीका क्षेत्रमा देखिएको बेथितिको अन्त्य गर्न आफू क्रि...
मल नपाएर हैरान हुनुहुन्छ? हेर्नुस,कहिले आइपुग्छ मल

मल नपाएर हैरान हुनुहुन्छ? हेर्नुस,कहिले आइपुग्छ मल

आर्थिक, मुख्य समाचार, समाज
काठमाण्डौं, पुष १२। बङ्गलादेशबाट खरिद गरिएको ५० हजार मेट्रिक टन रासायनिक मल पुस अन्तिम साता नेपाल आइपुग्ने भएको छ । यही पुस २ गते सरकार–सरकारबीच जीटुजी मार्फत रासायनिक मल खरिदको सम्झौता भएको थियो । मल खरिदको सम्झौता गरेर फर्किएको नेपाली टोलीले मल ल्याउने तयारीस्वरुप एलसी ९प्रतितपत्र० खोल्ने काम शुरु भएको जनाएको छ । मल खरिदको जिम्मा पाएको कृषि सामग्री कम्पनीले शुक्रबार सिदार्थ बैंङ्कमा एलसी खोल्न पत्र पठाएको जनाएको छ । नेपालमा एलसी खोलेको जानकारी गराएपछि बङ्गलादेशको कम्पनीले एलसी खोलेर मल खरिदको तयारी गर्ने जानकारी आएको कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार दुवै देशले एलसी खोलेको १५ दिनभित्रमा मल खरिद शुरु हुनेछ । “बङ्गलादेशमा गएर सम्झौता गरेपछि मल आउने ढुक्क भएको छ, हामी जतिसक्दो छिटो खरिद गर्ने तयारीमा छौँ, पुस अन्तिमसाता पहिलो लटको मल नेपाल ...
कति छ आज सुनचाँदीको मूल्य?

कति छ आज सुनचाँदीको मूल्य?

आर्थिक
काठमाडौँ ,पौष १२ आज सुनचाँदीको मूल्यमा स्थिर रहेको छ। शुक्रबारकै मुल्यमा छापावाल सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार हुनेछ भने सोही परिमाणको तेजावी सुनलाई ९३ हजार ७०० रुपैयाँ पर्नेछ । त्यस्तै, आज चाँदी प्रतितोला एक हजार २८० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।...