Friday, April 26
Shadow

मेगा केवलको लाखौं रकम अपचलन गर्ने पौडेल फरार


  • -इ
  • इ+


काठमाण्डौँ, पुष २६
मेगा केवल नेटका सञ्चालक श्याम प्रसाद पौडेल संस्थाबाट लाखौं रकम कुम्ल्याएर सम्पर्कविहीन भएका छन् । संस्थाबाट पटकपटक पेश्की भन्दै ३३ लाख ४१ हजार ८ सय ६६ रुपैयाँ रकम लिई उनी सम्पर्कमा नआएका हुन् ।

पौडेल सम्पर्कमै आउन नचाहेपछि उनीविरुद्ध प्रहरीमा मुद्दा दायर गर्ने तयारीमा मेगा केवलका अन्य सञ्चालकहरु छन् । तर, सोमबार पौडेलविरुद्ध महानगरीय प्रहरी वृत्त बालाजुुमा उजुरी समेत परिसकेको छ ।

संस्थामा रकम फिर्ता गर्न नआएपछि ताकेता स्वरुप केवलको तर्फबाट विभिन्न राष्ट्रिय दैनिक तथा अनलाइनमा समेत पौडेलको नाममा सूचना प्रकाशन भएको छ ।

उनीविरुद्ध परेको उजुरीमा संस्थाको पैसा अनाधिकृत रुपमा लिएर उल्टै कार्यालयका कर्मचारीहरुलाई अनावश्यक रुपमा धम्क्याउने,गालीगलौज गर्ने, आफुले भनेजस्तो गर्न दवाव दिने जस्ता दुस्कर्म गरेको पौडेलका एक पार्टनरले बताए ।

उजुरीमा निज पौडेलले गैरकानूनी रुपमा लिएको रकम फिर्ता गर्नुको सट्टा उल्टै एक प्रतिष्ठित कम्पनीको रुपमा विकसित भइरहेको संस्थालाई डुबाउने खेल खेलेकाले आवश्यक कानूनी कारवाही गर्न माग गर्दै उजुरी परेको बालाजु वृत्तले जनाएको छ ।

पौडेलविरुद्ध अनाधिकृत रुपमा लिएको नगदी भौचरको सक्कल समेत प्रमाणको रुपमा पेश गरिएको कम्पनीको दावी छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares