Tuesday, April 23
Shadow

रुस भन्छ– नेटोको सदस्य युक्रेनलाई बनाइएमा तेस्रो विश्वयुद्ध हुनेछ


  • -इ
  • इ+

NATO अर्थात् North Atlantic treaty organisation हो जसलाई नेपालीमा उत्तर एटलान्टिक सन्धि सङ्गठन भनिन्छ।

युक्रेनलाई पश्चिमी सैन्य गठबन्धन नेटोको सदस्य बनाइएमा तेस्रो विश्वयुद्ध शुरू हुने  रुसी सुरक्षा परिषद्का उपसचिव अलेक्जेन्डर भेनेडित्कोभले उक्त चेतावनी दिएका हुन् । ‘यस कदमले तेस्रो विश्वयुद्ध गराउने पक्का छ भन्ने कुरा किएभलाई पनि थाहा छ,’ उनले बताए ।

सुरक्षा परिषद्का सचिव निकोलाइ पात्रुशेभमुनिका भेनेडित्कोभ नेटो सदस्य बन्नका लागि युक्रेनले निवेदन दिएको कुरा प्रोपागान्डा मात्र भएको बताए । युक्रेन नेटोको सदस्य भएमा के परिणाम आउँछ भन्ने कुरा पश्चिमले बुझेको उनको भनाइ छ ।

‘हल्लाखल्ला गरेर आफूप्रति ध्यान आकर्षित गर्न युक्रेनीहरूले कोशिश गरेका हुन्,’ उनले बताए, ‘यस्तो आत्मघाती प्रकृतिको कदमका बारेमा नेटो सदस्यहरू जानकार छन् ।’

युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले ा नेटोको सदस्य बन्नका लागि सेप्टेम्बर ३० म शीघ्र प्रक्रिया अपनाउने घोषणा गरेपछि भेनेडित्कोभको चेतावनी आएको हो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares